धरान÷नक्कली प्राध्यापक तथा ओम्नी समूहका पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई कुष्त नराजाना बुझाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद हत्याउन सफल भएका डा. ज्ञानेन्द्र गिरीले प्रा.डा पारस पोख्रेललाई भाद्र २४ गते बीपी जयन्ति किन मनाएको भन्दै स्पष्टीकरण सोधेपछि प्रतिष्ठानमा सुद्धीकरणको आन्दोलन चप चर्किने भएको छ ।
हिजो मंगलबार प्रतिष्ठानको सिनेट हल अगाडि प्राध्यापक, चिकित्सक, नर्स, कर्मचारी, धरानका नागरिक समाजहरुको वृहत भेलाले बीपीको जन्मजयन्ति मनाएकै आधारमा प्रतिष्ठानका बरिष्ठ चिकित्सक प्रा.डा. पारस पोख्रेललाई स्पटीकरण सोधेकोमा आक्रोश व्यक्त गर्दै आन्दोलन थप कर्काउने निर्णय गरेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान सुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले सबैमा गम्भीर ध्यनाकर्षण गराउँदै भनेको छ पैषिठनका पदाधिकारीहरुको अदुरदर्शिता, अयोग्यता, व्यक्तिगत तुष्टी केन्द्रित कार्य स्वेच्छाारिताले पतिष्ठान लगभग बन्द हुने स्थितसम्म आइपुग्दा पनि प्रतिष्ठानको समग्र हितको बारेमा सोच्न छाडेर व्यक्ति केन्द्रित कार्वाहीमा उधत प्रतिष्ठानको हालको नेतृत्वले प्रतिष्ठान सम्हाल्न सक्दैन भन्ने प्रमाणित गरेको छ ।
ध्यानाकर्षणपत्रमा संयुक्त संघर्ष समितिले भनेको छ प्रतिष्ठानका अनुभवि एवम्् बरिष्ठ प्राध्यापकमध्ये एक प्रा.डा. पारसकुमार पोखे्रललाई पूर्वाग्रहपूर्ण स्पष्टीकरण काटिएकोपछि आफूहरुको गम्भीर ध्यानाकर्षण भएको छ । बीपी जयन्ति प्रतिष्ठानको अत्यन्तै महत्वपूर्ण कार्य भएपनि विगतमा बीपीकै फोटो कार्यकक्षबाट हँटाउन उधत व्यवस्थापनले यसपटक बीपी जयन्ती मनाउने कुनै कार्यक्रम घोषणा गरेको थिएन । प्रतिष्ठानमा रहेका हरेक शिक्षक, कर्मचारी, नर्सिङ्ग, विद्यार्थीको मनमस्तिस्कमा बीपी जयन्ति अत्यन्तै महत्वपूर्ण रहेकोले र सबैको सहभागितमा हुने गरी प्रतिष्ठानको छवि सुधार्ने अभिप्रायले सरसफाई, दीर्घ सेवा सम्मान जस्ता सबैको मनमा सधैका लागि रहने कार्यक्रमहरु बीपी कोइराला सुद्धिकरण अभियान संयुक्त संघर्ष समितिको पहलमा भएको थियो ।
ध्यानाकर्षणपत्रमा अगाडि भनिएको छ प्रतिष्ठानमा एकता मजबुत गराउँदै, प्रतिष्ठानप्रतिको अपनत्वल रहेको र सम्मानले दीर्घ सेवा गर्नेहरुमा नयाँ ऊर्जा थपिएको प्रष्ट पारिएको छ । बीपी जयन्तिमा व्यापक सहभागिता देखेर र लाचार भएर लोकलाजका लागि मात्र अन्तिम घडीमा झण्डोेतोलन गर्ने र बीपीको शालिकमा माल्यर्पण गर्ने उण्पकुलपति डा. ज्ञानेन्द्र गिरीको कर्मकाण्डी कार्यलाई सम्पूर्ण शिक्षक, कर्मचारी, नर्सिङ्ग विद्यार्थी लगायतले बहिष्कार समेत गरेका थिए ।

व्यवस्थापनले बीपी जयन्ति मनाउने कार्यक्रमको नेतृत्व लिएकोमा पतिठानको छविमा आँच आउने काम ग¥यो भन्दै तपाईलाई कार्वाही किन नगर्ने भनी स्पस्टीकरण काटिएकोप्रति संयुक्त संघर्ष समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बर्षौदेखि चलिआएको परम्परालाई निरन्तरता दिन नसक्ने प्रशासनले फ्याकल्टी तथा कर्मचारीहरुले स्वतः स्फूर्त रुपमा प्रतिष्ठानको बार्षिक उत्सव मनाउनुलाई सहज ढंगले लिनु त कता हो कता अझ किन राम्रो गरिस् भन्दै कार्वाही गर्न तम्सिने प्रशासन अब प्रतिष्ठानमा एक मिनेट पनि रहनु भनेको प्रतिष्ठान बन्द हुनु सरह हो भन्ने पुनः प्रमाणति भएको छ ।
एकातिर हुँदै नभएको प्राध्यापक पगरी गुथेको, कार्यालय समयमै असार १५ गतेको घट्ना घटाउने तथा पदीय जिम्मेवारी वहन गर्न नसकेका विभिन्न प्रतिवेदनद्वारा प्रमाणित यस्ता प्रोपाइटरले यो प्राज्ञिक मन्दिरको सम्मानित प्रोपेसर तथा बहालवाला विभागीय प्रमुखलाई स्पष्टीकरण सोध्नु कदाचित सैह्य हुन सकदैन । संयुक्त संघर्ष समितिले यसलाई आफूहरु सबैमाथि गरिएको प्रहारका रुपमा लिएको छ । सरकारले समयमा कार्वाही नगरेर यस्ता कार्यलाई एवम् यस्ता कार्य गर्नेलाई थप उदण्ड हुन प्रोत्साहन गर्नु थप दुःख एवम् लज्जास्पद हो ध्यानाकर्षण पत्रमा भनिएको छ बीपी कोइरालाको नाममा राजनीति गर्ने व्यक्त अहिले प्रधानमन्त्री हुनुहुन्छ ।
यसरी सही कामलाई सजाय र गलत कामालाई सम्मान दिने प्रवृत्तिलाई आज हामीले स्विकार ग¥यौ भने भोलि प्राज्ञिक सर्वोच्चताको मानक यो संस्था कुलपतिको नाममा यस्तै उदण्डताको अड्डा बन्ने अवस्यम्भावी छ । असल मानिसहरु बस्ने कुनै आधार
रहने छैन । त्यसैले यो घटनाको घोर भत्सर्ना गर्दै यसको प्रतिकार गर्नुको विकल्प अब हामीसँग छैन । ध्यानाकर्षण पत्रको अन्तिमामा भनिएको छ २०७८ भाद्र १७ गतेको च. नं. १९४ को मन्त्रालयबाट प्रेसित पत्र अनुसार नियमित एवम् दैनिक कार्यहरु र तलब भत्ता काममा मात्र केन्द्रित रहन र व्यक्तिगत तृष्टमन गर्ने कुत्सित मनसायको उक्त स्पष्टीकरण तत्काल फिर्ना लिन सूचित गरिएको छ । अन्यथा यसबाट हुन जाने असरको जिम्मेवार उपकुलपति एवम् र उनलाई सात दिनेहरुको हुनेछ ।
