‘आजादीका अमृत महोत्सव’ पाक्षिक हिन्दी कार्यक्रमको आयोजना

काठमाण्डौ÷नेपालस्थित भारतीय राजदूतावासले भाद्र २९ गतेखि असोज १२ गतेसम्म ‘आजादीका अमृत महोत्सव’ कार्यक्रमको रुपमा आयोजना गर्दै आएको छ ।
भाद्र २९ गते आयोजना गरिएको भारत स्वतन्त्र भएको ७५ बर्षमा हिन्दी भाषाले गरेको प्रगति विषयक वेविनारसँगै आजादीका अमृत महोत्सव कार्यक्रम शुभारम्भ भएको हो ।
पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाइन्छ । वेविनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता रहेको थियो । कार्यक्रममा भारतको
आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिको रुपमा सरिक हुनुभएको थियो । भारतका हिन्दी भाषा विज्ञ डा. विजयकुमार मलहोत्रा वेविनारमा सहभागी हुनु भएको थियो । यसै गरी नेपालबाट त्रिभुवन विश्व विद्यालय हिन्दी विभागका प्रमुख डा. सञ्जित बर्मा र दिग्गज हिन्दी साहित्यकार डा. रामदयाल राकेशको सो वेविनारमा सहभागिता रहेको थियो ।
बेविनारमा सहभाीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापीरुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने बारेमा आ–आफ्नो धारणा राखेका थिए । सँस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुको साँस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएका यी भाषाहरुबीच अन्योयाश्रित सम्बन्ध रहेको चर्चा गरेका थिए । सो अवरमा भारतका गृहमन्त्री अमित साह, विदेशमन्त्री डा. एसज जयशशंकरले दिनुभएको सन्देश सुनाइएको थियो ।


पाक्षिक हिन्दी उत्सव अन्तर्गत नेपालस्थित भारतीय राजदुतावासले २०७८ भाद्र २९ गते देखि असोज १२ गतेसम्म श्रृंखलारुपमा विभिन्न कार्यक्रम र प्रतियोगताको आयोजना गर्ने भएको छ ।
दुतावासमा कार्यरत भारतीय अधिकारीहरुले ‘राजभाषा प्रतिज्ञा’ लिई हिन्दीलाई आधिकारिक भाषाकै रुपमा संरक्षण र प्रवद्र्धन गर्ने प्रतिद्धता जनाएका थिए । सन् १०४९ सेप्टेम्बर १ मा
भारतको संविधानसभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक बर्ष भारतभरि र
विदेशस्थित कुटनीतिक नियोगहरुमा हिन्दी दिवस मनाइदै आएको छ ।

तपाईको प्रतिक्रिया