धरान÷नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत असोज ९ गते शनिवार हुने धरान उपमहानगर समितिको नगर अधिवेशन नजिकिएसँगै मतदाता र उमेद्वारको दौडधूप बाक्लिएको छ ।
मतदाताका रुपमा रहेका धरान उपमहानगरभित्रका ४९६ जना क्षेत्रीय प्रतिनिधिहरु आगामी ५ बर्षका लागि सभापति चयनलाई लिएर आपसी छलफल र अन्तरक्रियामा जुटेका छन् । विगतका बर्षहरुमा नेपाली काँग्रेसको दब्रिलो र भरपर्दो नेतृत्व नहुँदा संगठन मजबुत बन्न नसकेको तीतो यथार्थलाई मनन गर्दै यस पटक धरान उपमहानगर समितिको सभापतिका लागि कुशल सँगठनकर्ता एवम् युवा नेता किशोर
राई र उहाँको समूहलाई जिताउने अभियानमा क्षेत्रीय प्रतिनिधिहरु जुटेका छन् । सभापतिका सशक्त प्रत्यासी किशोर राईले असोज १ गते एक भव्य क्षेत्रीय प्रतिनिधि, अग्रज काँग्रेसका नेता, बुद्धिजीवि, प्राध्यापकहरुको बीचमा आफ्नो उमेद्वारीसँगै आफ्नो समूहका उपसभापति, सचिव, सह सचिवहरुको उमेद्वारी घोषणा गरेपछि नगर समितिको निर्वाचनको माहोल थप तातिन पुगेको हो ।
‘सामुहिक नेतृत्व मजबुत संगठन र पारदर्शिता–अनुशासन, शुशासन र विकास हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ उमेद्वारी घोषणा गर्नुभएका राईले आफ्नो आगामी ५ बर्षे कार्यकालका लागि नीति तथा कार्यक्रम, प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ । प्रतिज्ञापत्रमा उहाँले भन्नुभएको छ, नेपाली काँग्रेले अंगीकार गरेको मूल्य मान्यता एवम् आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात गर्दै नेपाली काँग्रेस धरान नगरको पार्टी संगठनलाई बलियो बनाउन र सिँगो पार्टीलाई धराने काँग्रसीजन तथा धरान बासीको दैनिक जनजीवनसँग प्रत्यक्ष जोड्नको लागि सामूहिक नेतृत्व, मजबुत संगठन, पारदर्शिता र सुनिश्चित सुशासन स्थापित गरी हाम्रो पार्टीमा आवद्ध सबैलाई पूर्ण व्यवसायिक र स्थायी रोजगारसँग जोड्दै आर्थिक रुपमा आत्मनिर्भर एवम् स्वावलम्बी बनाउने प्रतिबद्धता भन्ने मूल नारा, दृढ विश्वास र अठोटका साथ तपसिल अनुसारका नीति तथा कार्यक्रम हाम्रा प्रतिबद्धताहरु प्रस्तुत गर्दछु ।
१. धराने जनतामाझ नेपाली काँग्रेस पार्टीप्रतिको विश्वास र भरोसालाई बढाउँदै उन्नत र उदार राजनैतिक चरित्रले पार्टीका गतिविधि सञ्चालन गर्ने ।
२. नेपाली काँग्रेस नगर समितिको आवश्यकता अनुसारको बृहत कार्यालय निर्माण गर्ने साथै २० वटै वडा कार्यालय व्यवस्थित र स्थायी रुपमा सञ्चालन गर्ने र वडा कार्यालयहरुको आफ्नै भवन निर्माण गर्ने अभियान शुरु गर्ने (एक कार्यकालमा) ।
३.पार्टीका हरेक आर्थिक क्रियाकलाप चलायमानका साथसाथै पारदर्शी बनाउन राज्यको नीति अनुरुपको अर्धबार्षिक एवम् बार्षिक लेखा परीक्षण रिपोर्ट तयार गरी सार्वजनिक गर्ने ।
४. पार्टीको प्रत्येक अधिवेशनमा वृहत छलफल गरी नीति तथा कार्यक्रम तर्जुमा, साँगठानिक प्रतिवेदन, अन्तरपार्टी शुभकामना आदानप्रदान, सार्वजनिक लेखा परीक्षण प्रस्तुतिकरणका साथ अन्य कार्यक्रमहरु तीन दिवसीय रुपमा गर्ने प्रचलन शुरुवात गर्ने ।
५. नगर एवम् वडामा ६ महिनामा विशेष सम्मेलन गर्ने, बार्षिक साधारणसभा गर्ने र आन्तरिक नीति तथा कार्यक्रमलाई सम्मेलनबाट औपचारिक वैधानिकता दिने लोकतान्त्रिक पद्धतिको विकास गर्ने ।
६. प्रत्येक महिना राजनैतिक, सामाजिक, सीपमुखी, रोजगारमुखी र व्यवसायिक तथा अन्य तालिमको लागि विभिन्न कार्यशाला गोष्ठी प्रशिक्षण, अन्तरक्रिया, सेमिनार इत्यादि सञ्चालन गर्न दक्ष कार्यकर्ता, जनशक्ति एवम् कुशल नेतृत्व निर्माण गर्ने ।

७.आपत, विपत्त तथा दैवी प्रकोपबाट पीडित नेपाली काँग्रेसमा आवद्ध एवम् आम धरानबासीहरुको तत्काल सहयोगको लागि नगर समिति र प्रत्येक वडा समितिहरुमा ‘दीगो कल्याणकारी कोष’ स्थापना गरी सञ्चालन गर्ने ।
८. पार्टीका विभिन्न तह र तप्कामा रहनु भएका जिम्मेवार व्यक्तिहरुको र क्रियाशील सदस्यहरुको राजनैतिक कार्य विवरण अनिवार्यरुपमा अभिलेखीकरण गरिने र यस अभिलखको विवरणलाई मुख्य आधार मानी कसैलाई सिफारिस, नियुक्ति र निर्णय गर्न गराउनको लागि मूल्यांकन तथा सिफारिस समिति अनिवार्य रुपमा निर्माण गर्ने ।
९. पार्टीको मेरुदण्डको रुपमा रहेका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई चुस्त दुरुस्त बनाउन अभिभावकको भूमिका निर्वाह गर्दे सो संस्थाहरुलाई मजबुत र क्रियाशील बनाउन भातृ तथा शुभेच्छुक समन्वय समिति अनिवार्य रुपमा गठन गर्ने ।
१०. नेपाली काँग्रेसका तहगत नेतृत्वमा रहेका र नेपाली काँग्रेसमा आवद्ध सम्पूर्ण क्रियाशील सदस्यहरुलाई अनुशासित, मर्यादित, उत्तरदायी र प्रशिक्षित बनाउनका साथै पार्टीलाई शुद्धीकरण र रुपान्तरतर्फ लैजान आन्तरिक अनुशासन समिति बनाउने ।

११. नेपाली काँग्रेसमा आवद्ध हुनु भएका सम्पूर्ण पेशा तथा व्यवसायीहरुको पहिचान गरी उहाँहरुको व्यवसायलाई प्रवद्र्धन, सम्बद्र्धन र संरक्षण गर्न रणनीतिक तरिकाले वातावरण निर्माण गरी सहयोग गर्ने ।
१२. आगामी हुन लागेका तीन तहको निर्वाचनमा नेपाली काँग्रेसका सम्पूर्ण उमेद्वारहरुलाई सतप्रतिशत विजयी गराउन सिंगो संगठनलाई एकताबद्ध बनाई ठोस रणनीतिक योजना तथा कार्यक्रम तयार गरी अगाडि बढ्ने ।
१३. धरानको समग्र विकास र दैनिक जीवनसँग जोडिएका मुख्य योजना र मुद्दाहरु जस्तै खानेपानी, बसपार्क, एयरपोर्ट, सर्दु सेउती
कोरिडोर, बी.पी. को. स्वा.वि. प्रतिष्ठान, अव्वस्थित बसोबास (सुकुम्बासी), बृहत्तर विजयपुर र विष्णुपादुका युवा तथा रोजगार कार्यक्रम, कृषि तथा उब्जनी प्रवद्र्धन, कोशी राजमार्ग वाइपास, प्रदेश नं. १ को नामाकरण लगायत अन्य शिक्षा, खेलकुद तथा पर्यटनसँग जोडिएका सबै विषयहरुमा देखा परेका समस्याहरुको दीगो हल दिने किसिमका रणनीति तथा अन्य भूमिका निर्वाह गर्दै योजना तथा कार्यक्रम बनाउने साथै बराह नगरपालिकासँग समन्वय गरी दुवै नगरपालिकाको सहमतिमा धरानलाई महानगरपालिकाको रुपमा स्तरउन्नति गर्ने ।
१४. धरानको विकास निर्माणमा अतुलनीय योगदान पु¥याउनु हुने शिक्षक÷प्राध्यापक, भूपू सैनिक, थिङ्क ट्याङ्क, मजदुर, उद्योग वाणिज्य संघ, सहकारी संस्थान, शैक्षिक संस्थाहरु, सरकारी तथा गैर सरकारी संस्थासँग आवद्ध विकासप्रति प्रतिबद्ध व्यक्तिहरुसँग निरन्तर सहकार्य, समन्वय गरी अघि बढ्ने ।
१५. नेपाली काँग्रेसको स्थापना दिवसको दिनमा सप्ताव्यापी कार्यक्रम अन्तर्गत राजनीतिक वैचारिक विमर्सका साथै विभिन्न क्षेत्रमा योगदान गर्नुभएका व्यक्तित्व तथा संघ संस्थाहरु अभिनन्दन तथा सम्मान कार्यक्रम गरिनेछ ।
१६. नेपाली राजनीतिमा देखिएको व्यापक भ्रष्टाचार, अराजकता र अनियमितताले जनताको विश्वास गुमिरहेको अवस्थामा आम नागरिकको भावनालाई आत्मसात गर्दै राजनैतिक नेतृत्व वर्गले स्पष्टरुपमा आफनो छविलाई स्वच्छ र पारदर्शी बनाउन आर्थिक पक्ष जस्तो संवेदनशील विषयलाई सार्वजनिक गर्न आवश्यक भएकोले नगर समितिमा रहेका सबैले आ–आÏनो सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियम लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
माथि उल्लेखित बुँदाहरुमा म र मेरो टिम प्रतिज्ञाका साथ अघि बढ्ने दृढ संकल्प लिएर यहाँहरुको अमूल्य मतको अपेक्षा राखी सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
