मोरङ ÷मोरङको बेलबारीबाट गाजसहित एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ । बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ
गरिएको हो । सोमबार दिउसो ११ बजे बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको घरबाट गाँजा ७ केजी ४४५ ग्राम बरामद गरेको हो । सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

