धरान÷नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार धरानमा १९ वडाहरुको वडा अधिवेशन सम्पन्न भएको छ ।
धरानका २० वटा वडाहरुमध्ये वडा नं. १२ को निर्वाचनमा सोमबार सहमति नजुटेपछि २२ गते मंगलबार निर्वाचन भएको छ । अधिकांश वडामा वडा समितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधि आपसी सहमतिमा निर्वाचित भएका थिए भने केही वडाहरुमा मतदानबाटै वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधिहरु चयन भएको सम्बन्धित वडामा खटिएका निर्वाचन अधिकृतहरुले बताएका छन् ।
यसपटक क्षेत्रीय प्रतिनिधिहरुबाटै गाउँ, नगर, क्षेत्र, प्रदेश र जिल्ला नेतृत्व चयन हुने भएपछि वडाका पदाधिकारी भन्दा पनि क्षेत्रीय प्रतिनिधिका लागि नपाली कँग्रेसका कार्यकर्ताहरु बढी लालायित देखिएका थिए । सोमबार धरानमा भएको वडा अधिवेशनबाट वडा नं. १ मा यज्ञमणि आचार्य, २ मा सुधिर लिम्बु, ३ मा उमेश श्रेष्ठ, ४ बाट तिलक राई (साम्पाङ), ६ बाट कुमार देवान, ६ बाट पदमप्रसाद पौड्याल, ७ बाट सुवर्ण पलिखे, ८ बाट उत्तम राई, ९ बाट रुपेश आचार्य, १० बाट तावेल राई, ११ बाट लोकेन्द्र फागो, वडा नं १३ बाट डम्बर तामाङ, वडा नं. १४ बाट श्याम श्रेष्ठ, वडा नं. १५ बाट डम्बर गुरुङ्ग, १६ बाट किरण आचार्य, १७ बाट सुरज कार्की, वडा न. १८ बाट गणेश लामा, १९ बाट देउमान तापमादेन र वडा नं. २० बाट इन्द्र राई निर्वाचित हुनु भएको छ ।
