धरान÷नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन उत्सवको रुपमा लिएर मजबुत पार्टी बनाउने दिशामा लाग्न नेपाली कँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक भरिका सम्पूर्ण कार्यकर्ताहरुलाई एक विज्ञप्तीमार्फत आग्रह गर्नुभएको छ ।
नेपाली कँग्रेसको प्रारम्भ विन्दु मनिएको वडास्तरीय अधिवेशनको पूर्व सन्ध्यामा नेता डा. कोइरालाले एक विज्ञप्ती प्रकाशित मार्फत मुलुकभरिका तमाम कार्यकर्ताहरुलाई सो आग्रह गर्नुभएको हो । नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियामार्फत प्राप्त विज्ञप्तीमा भनिएको छ नेपाली काँग्रेसको चाधोै महधिेशन उत्सवका रुपमा आएको छ । काँग्रेस पार्टीसँग आवद्ध हामी विधानले व्यवस्था गरेका सबै तहका निर्वाचनको माध्यमबाट पार्टीको नयाँ नेतृत्व र प्रतिनिधि चयन गर्न गइरहेका छौं । यसले काँग्रेस अन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँछ । हामी आफ्नो आन्तरिक लोकतान्त्रिक अभ्यासका निम्ति अनुकरणीय नजिर स्थापित गर्दैछौं ।
आगामी महाधिवेशनमा सभापतिका सशक्त प्रत्यासी समेत रहनु भएका कोइरालाले विज्ञप्तीमा भन्नुभएको छ काँग्रेस चौधौ महाधिवेशन उत्सवको रुपमा मात्र हाम्रो समू आएको छैन । महाधिवेशनले हामी लोकतन्त्रवादीहरुलाई जिम्मेवार र विवेकपूर्ण रुपमा अन्तरआत्माको आवाज सुन्न पनि घच्घचाइरहेको छ ।
महाधिवेशनसँगै नेपाली काँग्रेसले नयाँ विचार, नयाँ नेतृत्व र नयाँ सांगठनिक ढाँचा निर्माण गर्नुपरेको छ । चरणवद्ध रुपमा हुने निर्वाचनहरुमा यसतर्फ साथीहरुले गम्भीरतापूर्वक मनन गर्नु नै हुने छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका लोकप्रिय नेता डा. कोइरलाले आफ्नो विज्ञप्तीमा भन्नुभएको छ विभिन्न कारणले गर्दा काँगेसको महाधवेशन समयमा सम्पन्न हुन सकेन । अन्यथा हामी यतिखेर आम निर्वाचनको तयारीमा जुटिसकेका हुन्थ्यौं । काँगे्रसको महाधिवेशन किन समयमा हुन सकेन, म कसैलाई दोष दिन चाहन्नँ । यतिमात्र भन्छु काँग्रेसको महाधिवेशन विधान र संविधान बाहिर गएर हुने परिस्थिति भविष्यमा आउन नदिने जिम्मेवारी अब हामी सबैको हो, काँग्रेसजनको हो ।
काँग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान आफ्नै इतिहास सुहाउँदो छैन । यसले पार्टीलाई पुनः गौरवशाली बनाउने दृढ संकल्पका साथ हामी सबै महाधिवेशनमा सरिक हुनुपर्नेछ ।
आन्तरिक लोकतन्त्रलाई सवल बनाउन स्वास्थ्य प्रतिष्पर्धा अनिवार्य हुन्छ । यसले पार्टीभित्र ताजा अक्जिनको सञ्चार हुन्छ, पार्टीलाई चलयमान बनाउँछ ।
विज्ञप्तीमा उहाँले अगाडि भन्नुभएको छ पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दा माथि राख्न सक्दा नेपाली काँग्रेसको छवि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि उचाइमा पुग्ने छ ।
हामीले विगतमा पार्टीभित्र गुट र विभाजनके स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हँटाउन सकेनौं । यही कारण आम निर्वचनमा हामी कम्युनिस्ट भन्दा कमजोर हुन पुगेका हौं । काँग्रेसलाई विश्वासनीय, भरोसायुक्त, एक नम्बरको पार्र्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टीभित्र नयाँ संस्कार र पद्धति निर्माणका लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको चौधौ महाधिवेशनलाई हामी गुट र गिरोह समाप्त गर्न सफलीभूत हुनुपर्नेछ ।
विज्ञप्तीको अन्त्यमा नेता कोइरालाले भन्नुभएको छ चौधौ महाधिवेशनमा हामी हाम्रा श्रद्धेय नेताहरु, लोकतान्त्रिक अन्दोलनमा जीवन उत्सर्ग गर्ने ती शहीदहरु, द्वन्द्वपीडित साथै संघर्षको प्रत्येक मोर्चामा संलग्न भएका साथीहरुको गरिमा र भावना अनुरुप आफूलाई प्रस्तुत गर्नुपर्न जिम्मेवारी छ । हाम्रो समान्य गल्ति र कमजोरीले पनि हामी काँगेसको इतिहासप्रति न्याय गर्न सक्दैनौं भविष्यका पुस्ताकालागि काँग्रेस असान्दर्भक हुनसक्छ । काँग्रेस पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक बृद्धि भएको छ । पार्टीको संठनात्मक ढाँचाको विस्तारसँगै आशन्न महाधिवेशन सम्पन्न गर्ने काम पनि चानचुने छैन । यस कार्यमा खटिएका सबैलाई सहयोग गर्नुपर्नेै दायित्व हामी सबै कँग्रेस कार्यकर्ताको हो । अबको झण्डै डेढसय दिन मुलुकको राजनीति काँग्रेसको महाधिवेशनतर्फ सोझिने छ । मुलुकबासीमात्र होइन अन्तर्राष्ट्रिय रुपमा पनि हाम्रा मित्र राष्ट्रहरुले हामीतर्फ हेर्नेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा हामी सबैको मन जित्न सक्षम हुन सकौ, अहिलेको प्रारम्भ भएको काँग्रेसको महाधिवेशन सफल पारौं ।

