गोरखा डिपार्टमेन्ट स्टोरद्वारा तीज लक्षित दश प्रतिशत छुट

इटहरी । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) लाई लक्षित गरेर गोरखा डिपार्टमेन्ट स्टोरले हरेक सामानमा १० प्रतिशत छुट दिने भएको छ ।


पूर्वाञ्चलको पहिलो डिपाटमेन्ट स्टोर र पूर्वेली ग्राहकहरुबीचमा ब्राण्ड बनेको गोरखाले आफ्ना चारवटै शाखाबाट तीजलाई लक्षित गरी हरेक सामान खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।
स्टोरका प्रवन्ध निर्देशक बलराम आचार्यका अनुसार हामीले विगतका बर्षहरुमा पनि यस प्रकारको छुटको व्यवस्था गरेका थियौं । यसपटक पनि त्यसैलाई निरन्तरता दिएका हौं । स्टोरका म्यानेजर श्रीप्रसाद गौतम भन्नुहुन्छ छुटको व्यवस्थासँगै महिला ग्राहकहरुको सख्यामा अत्याधिक भीड भएको छ । छुटको व्यवस्था सबैको लागि हो महिला ग्राहकहरुका लागि मात्र होइन उहाँले भन्नुभयो । तीजकै कारण होला अत्याधिक भीड ग्रोसरी आइटम, पेय पदार्थ, बेकरी, मिठाई, लत्ता कपडा, विदेशी तथा विदशी ब्राण्डका जुत्ता चप्पल, किनेच वायरमा देखिएको म्यानेजर गौतमले बताउनुभयो । गोरखा डिपार्टमेन्ट स्टोरमा हाल ६ लाख ५० हजार भन्दा बढी आइटम रहेका छन् । तीजको किनमेल गर्न यतिबेला स्थानीयँगै मोरङ, झापा, धनकुटा, उदयपर, तेह्रथुम र भोजपुरसम्मका ग्राहक आएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया