झल्लाझलुको घोषणा
सर्पनाथ आच्या झालेमालेका नेताले गज्जबको घोषना गरेछन् । घोषना पनि लत्तरो ठामबाट हो र ? दिल्लीको ओपोलो अस्पतालको बेडबाट । राज्यले उपचार खर्च द्या ३० लाख नसिद्धिउन्ज्याल ओपोलो अस्प्पतालमा आराम गरेर बस्या झल्लाझलुले माकुन्याउले गठन ग¥या पार्टीमा आफू रहेको भनेर घोषना गरेछन् । माकुन्याउको पार्टीमा गएपछि ठूलै पद पाउलान् भन्या त आखिरी उही तल्कुरे कु † माने जता गए नि झल्ला झलुले पाउने भन्या उही बरिष्ठ नेता । जाबो बरिष्ठा नेता नै पाउनु थियो भने खप्रओकैमा बसे भैहाल्यो नि । जाने बेलाम के गति छाड्या होला ?
जोरिपारि किन हँसाएका होला ?
माकुनेलाई सुरक्षाकर्मी थप

अस्तिका दिन पर्धानमन्तरीले गतिलै काम गरेछन् । महाकुलंघार नेता आच्या माकुन्याउलाई सुरक्षेकर्मी थप्देछन् । हुन त माकुन्याउकै हैँसेमा बुढालिनकण्ठबाट बाल्वाटार छि¥या स्यालबहादुरले माकुन्याउको गुन ति¥या होलान् । आफ्नो घर खरानी बनाएर स्यालबहादुर पछि त्यसै कोही लाग्छ ? हुन त माकुन्याउलाई कम्ता टेन्सिन छैन । आफ्नै मान्छेहरु नि जोरीपारि भा’छन् । ज्यानलाई खतरा त हुने भयो । तिनै माकुनेको वैसाखी टेकेर स्यालबहादुर अर्थोक के के गरम्ला भन्ने छ । अनि तिन्लाई सुरक्षेकर्मी थप्नु परेन त ? नुन खाएसी गुन त गर्नैप¥यो । माकुने नभए स्यालबहादुर बुढानिलकण्ठमा बा बा र उ उ गरेर फलाकेर बस्या हुन्थे । फेरि माकुन्याउलाई सुरक्षेकर्मी थप्देकोमा अरुको कन्पारो किन चड्केको होला ? त्यत्रा महान मान्छेलाई कसैले प्लाट्ट केही गर्दिए भने सबैको नाक काटिन्छ । आखिरी यहाँ नाकको सवाल जो छ ।
हाइ हाइ रे गनतन्त्र
गनतन्त्र ल्याएसी के के न जाति पाइएला भनेर सडकमा हिजो उफ्रनेहरु यतिबेला पुर्पुरोमा हात राखेर झोक्र्याउन थाल्या छन् । किन नझोक्र्याउन त गनतन्त्रले चिल्लै र नाँगै बनाइदिएसी पञ्चायत कालमा देशमा नयाँ नयाँ उद्योग धन्दा खुल्थे, युवाहरुलाई स्वदेशमै रोजगारी दिन्थे । गनतन्त्र आएसी उद्योगधन्दा गोलीमारा खाली नयाँ नयाँ पार्टीमात्र खुल्या छन् । नेपालमा गनतन्त्र भन्या नै नयाँ नयाँ पार्टी खोल्ने १०–१२ जना कुण्डलेमुंग्रे भेला गर्ने, धम्क्याउने, असुल गर्ने त हो । वित्थामा किन चाहियो उद्योग धन्दा ? पाखुरी खियाएर मेहनत किन गर्ने ? विना लगानीको पार्टी खोल्ने छन्टै साफ । त्यसैले हिजोआज गनतन्त्रबाट वाक्क दिक्क भएकाहरु हाइ रे गनतन्त्र भन्न थाल्या छन् ।
झाक्रीलाई चाहियो रे
नाम रामकुमारी भएर के गर्नु ? व्यहोराचाहिँ रावणकुमारीको भएसी । अब हेरम न खप्रओसँग बसुन्ज्याल कसैको बाल मतबल नदिएसी माकुन्याउको पछि लागेर थुुनो चलाउँदै आएकी झाक्रीलाई मन्तरी चाहियो रे । हुन त झाक्रीलाई मन्तरी दिनैपर्छ । झालेमाले चीरा पार्न उनले कम्ता काम ग¥या छिन् ? अन्तेमा पार्टी दर्ता गर्न त झन तिन्ले माकुनेलाई क¥याप्प नाडीमा अँठ्याएर डोहो¥याउँदै निर्वाचन आयोगमा पु¥याएकी छन् । जोरी पारिहरुले माकुनेको नाडी समातेर डोहो¥याउँदा कम्ता खिल्ली उडाएनन् । नाटक भने । तर तिन्ले यस्ता कुराको वास्तै गरिनन् । अहिले आएर विचरीले जाबो एउटा मन्तरी त माग्या छिन् । मह काढ्नेले हात चाट्छ । तर झक्रीलाई कुन मन्त्रालय दिने भनेर माकुने र स्यालबहादुर नै अन्यौलमा प¥या छन् । नेपालाँ झाँक्री मन्त्रालय छँदैछैन अरु मन्त्रालय तिन्लाई सुहाउँदैन । लौन देउवा वा † एउटा झाक्री मन्त्रालय बनाम र रामुकुमरी कि रावणकुमारी हो तिन्को व्यवस्थापन गरम् ।
झण्डै झण्डै बजाएछन्
उपेन्दर जादवलाई अस्तिका दिन आफ्नैले झण्डै झण्डै बजाएछन् । जसपा भन्या मै हुँ, म जसपाको बादसाह हुँ भनेर जथाभावि मच्चिन खोज्दा उपिन्दर जादवको करङ धन्न दायाँ बायाँ भएन छ । निर्वाचन आयोग र सर्वोच्च अदालतले जादवलाई आधिकारिकता दिएसी ती कम्ता पुलिएका थिएनन् । आफ्नै दलभित्रका नेताहरुलाई पनि गन्दै नगन्ने । अस्तिको बैठकमा तिनले आफनो चरित्र देखएसी जुर्मरिएर बजाउन उठेकालाई बाउरामले रोकेछन् । लंगौटीको जुम्रा टाउकोमा पुगेसी बढी सक्सकाउँछ भन्या यही हो । करङले दुःख नपाओस भन्ने चाहना भए जादवले थान्कैमा बसेको बेस । रिसको झोकमा कसैले रामायण पढ्दैन भन्ने कुरा जादवलाई अब त हेक्का भयो कि ?
माकुनेको पार्टी र चुनावचिन्ह
यो दुनियाँ पनि अचम्मको छ । यहाँ सुल्टो त केही पनि छैन । सबै कुरा उल्टै उल्टो छ । अब हेरम न माकुन्याउको पार्टीको नाम नेकपा एमाले समाजवादी रे । हाँस्दा नि कति हाँस्नु ? एउटा साम्यवादीले दुनियालाई बेकुब बनाउन व्राइकेटमा समाजवादी हालेछन् । छुट्टिएरै गएसी नेकपा एमाले किन झुण्ड्याएको होला माकुनेले । फेरि चुनावचिन्ह पनि खुल्ला किताब रे । कति हाँस्नु ? के को किताव हो ? सिधै वाइबलको किताव हो भन्ने त भैगयो । फुइøयाँको खुल्ला किताब ? नामै नक्कली ? पार्टीको नाम साम्यवाद तर पुच्छरमा समाजवादी । बकुल्ला, काग र चिललाई मयुरको प्वाँख लगाइदिँदा के बन्ला ?
धमाधम हटाउदै
अक्टोपस जस्तो सरकारले आफ्नो तुरुप देखाउन थालेछ । पहिलाको सरकाले गरेका नियुक्ति धमाधम बदर गर्दै आफ्ना मान्छे भटाभट जाक्न थालेछन् । हुन त जुन जोगी आए नि कानै चिरेको त्यसै भन्या होइन । पहिला कार्यालय प्रमुखको भित्ताहरुमा खप्रओको फोटो थियो अब स्यालबहादुरको झुण्डिन थालेछन् । फोटा झुण्ड्याउने होडबाजी किन चल्या होला ? भित्तामा जसकासुकै फोटा झुण्डिए पनि जन्तालाई बाल मतलब । धमाधम विकासका काम गर्नु नि । कताबाट कमिशन झर्छ, निर्माता पृथ्वीनाराण शाहको फोटो झुण्ड्यइ दिनु नि । लण्ठै साफ । न ६÷६महिनामा फेर्नुपथ्र्यो । के गर्ने ध्वाँसेहरुलाई अर्ति दियो आफ्नै थुतुनो बांगो ।
अन्तेमा
नेपालाँ अब कति पार्टी बन्ने भए भए । पार्टीको संख्या बढाउन अध्यादेश ल्याइदिएर पर्धानमन्तरीले साह«ै गज्जब गर्दिए । २० पतिशतलाई आफ्ना पकडमा पा¥यो दल दर्ता ग¥यो अध्यक्ष पड्कायो । अब कसैले म ठूलो पार्टी हुँ भनेर नखोके हुने भएको छ । ्कि त आफ्नो पार्टीमा भएकाहरुलाई ज्वाई जस्तै मौन सम्मान गर्नुप¥यो नत्र गेल भैस पानीमा पर्रु सहित । हुँदा हुँदा अब तत माउवादीका
लारायणकाजी पनि २० प्रतिशत अंश लिएर छुट्टिने रे । उपिन्दरको पार्टीमा पनि चीरा पर्ने रे । जे होस् यसका लागि पर्धानमन्तरीलाई साधुवादचाहिँ दिनै पर्छ ।
