धरान÷खोपकेन्द्रहरु व्यवस्थित नहुदा खोपकेन्द्रमा नै कोरोनाको जोखिमम बढेर गएको छ । खोप लगाउन आएका सर्वसाधारणले सरकारले तोकेको स्वास्थ्य मापदण्ड समेत पालना नगरिदिँदा र खोप केन्द्र सञ्चालन गर्ने स्थानीय सरकारको फितलो व्यवस्थापनका कारण पछिल्लो समय खोपकेन्द्रबाट नै कोरोना जोखिम बढ्ने सम्भावना बढेर गएको हो ।
केही समय अगाडिष् धरानको विभिन्न ७ वटा खोप केन्द्रमा ५५ बर्ष वा सो भन्दा माथिको उमेर समुहका नागरिकहरुले खोप लगाए् । खोपकेन्द्रमा खोपलगाउनेको भीड हेर्ने हो भने कुनै बेला हाडबजारमा मेला लागेजस्तो भान हुन्थ्यो । तीन दिनको अवधिमा धरानमा त्यसबेला धरानमा मात्रै खोप ११ हजारले भेरोसेल खोप लगाएका थिए ।

खोप केन्द्र व्यवस्थित हुन नसकेको स्थानीय तहका जिम्मेवार व्यक्तिहरुले बताउने गरेका छन् । खोपका बारेमा व्यापक गुनासो आएपछि धरान उपमहानगरपालिकाले समीक्षा वैठक समेत राखेको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले खोप केन्द्र व्यवस्थित नभएको र आगामी दिनमा खोपलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो ।
बैठकमा अब भने सबै वडामा आलोपालो गरेरकोरोना विरुद्धको खोप लगाईने निर्णय भएको धरान उपमहानगरपालिककाका मेयर प्रस संयोजक पारस राईले जानकारी दिनुभयो ।
आईतबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको उहाले जानकारी दिनुभयो । धरानमा सात स्थानमा खोपकेन्द्र तोकिएको छ । सात वटा खोप केन्द्रलाई नै लक्षित गरेर त्यहाँ परिचालन गरिएका स्वास्थ्यकर्मीबाट दिन बिराएर वडागत रुपमा खोप लगाउन व्यवस्था गरिने निर्णय भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार कार्यपालिकाको बैठकमा कोभिड १९ खोपसँग सम्बन्धित विषयहरु निर्णय गरेको, जस अन्र्तगत विगतमा सञ्चालन भएका खोप कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा खोप कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा समिक्षा भएको थियो । ‘खोपकेन्द्र चाँहि वडा वडामा हुँदैन, विगतमा सञ्चालन गरिएकै सात स्थानमा खोपकेन्द्र हुन्छ, आगामी दिनमा खोपकेन्द्र अन्र्तगत रहेका वडा वडामा आलोपालो गरेर खोप लगाईन्छ,’ उहाँले भन्नुभयो ।
कोरोना संक्रमण दरसंगै मृत्यु दर बढ्न थालेपछि यसबाट बच्नकै लागि सर्वसाधारणले स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुका साथै कोरोना विरुद्धको खोप लगाउन समेत उत्साहित देखिएका छन् तर अव्यवस्थित रुपमा खोप लगाउदा कारोनाको जोखिम अझ बढेर गएको सर्वसाधारणको भनाई छ । खोप लगाउन धरान १ पुरानो अस्पताल पुग्नु भएकी धरान १२ की शुभेच्छा अधिकारी श्रेष्ठले खोप लगाउनेलाई कोरोना संक्रमण भइहाले पनि जटिल अवस्थामा पुग्ने नगरेको पाइएकोले पनि कोरोना विरुद्ध लड्नको लागि खोप अत्यावश्यक भएको बताउनुभयो । उनले खोप केन्द्रहरुमा सरकारले सार्वजनिक गरेको सामान्य मापदण्ड समेत पालना नहुदा भने जोखिम बढेर गएको बताउनुभयो ।
