प्रतिष्ठान सुद्धिकरणको माग राखी आन्दोलरतहरुमाथि धम्की सँगै फुट ल्याउन भित्री र बाहिरी शक्ति सक्रिय स्वास्थ्य मन्त्रालयबाट आएका समन्वयकारीहरुसँग नभएर अधिकार सम्पन्न वार्ता टोलीसँग वार्ता गर्ने अडान

धरान÷कम्युनिटी वेश करिकुलम भएको नेपाल भारतको मैत्रीको प्रतीक अन्तर्राष्ट्रय स्तरको नन् प्राक्टिसिङ्ग मेडिकल कलेज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनैतिक निकटतासँगै आर्थिक बुझ बुझारत गरेर नियुक्ति लिएर आएका पदाधिकारीहरुको चरम आर्थिक अनियमिताका कारण विघटनको सघारमा पुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धिकरण अभियानमा रहेकाहरु माथि यतिबेला धम्कीसँगै फुट ल्याउन भित्री र बाहिरी शक्तिहरु सक्रिय भएका छन् ।
विगत लामो समयदेखि प्रतिष्ठानमा राजनैतिक हस्तक्षेप भएकोले यहाँ आउने पदाधिकारीहरु प्र्रतिष्ठानप्रति भन्दा पनि राजनैतिक दलहरुप्रति जवाफदेही हुँदा प्रतिष्ठान विघटनको संघारमा पुगेको छ । संयुक्त संघर्ष समितिका एक प्राध्यापकका अनुसार प्राज्ञिक क्षेत्रमा संलग्न नभएका, प्राज्ञिक क्षेत्रसँग कुनै नाता नभएका, कुनै जानकारी नै नभएका, प्रोफेसरको पद प्रति नै प्रश्नचिन्ह उठिरहेको, प्रशासनिक र आर्थिक ज्ञान नभएकालाई राजनैतिक निकटता र आर्थिक बुझबुझारतकै भरमा नियुक्ति गरेर पठाउँदा लामो समयदेखि प्रतिष्ठान तहसनहस भएको छ ।
ती प्राध्यापकले भने असार १ गतेदेखि आन्दोलनरत सयुक्त संघर्ष समितिले १५ गते मंगलबार बोलाइएको वार्तामा जाँदा उपकुलपति डा. ज्ञानेन्द्र गिरी टन्न मातिनु, उनीसँगै बसेका अन्य पदाधिकारीहरु मुकदर्शक भएर बस्नु प्रतिष्ठानका लागि दुर्भाग्य हो । संयुक्त संघर्ष समितिले पदाधिकारी छनौट गर्दा निश्चित काइट एरिया बनाउनुपर्ने, सोही काइट एरिया अनुसार विज्ञहरुले पदाधिकारी नियुक्ति गर्नुपर्ने, नेपाल सरकारको प्रधानमन्त्री अन्तर्गतको अधिकार सम्पन्न टोलीसँग वार्ता गर्नुपर्नै र चारैजना पदाधिकारीलाई बर्खास्त गर्नुपनै पहिलो माग राखेको छ । यसैगरी फ्याकल्टी कर्मचारीहरु पनि स्टे होल्डर हुन अब प्रत्येक महिना अडिट गर्नपनै कुन समान कतिमा किनेको हो त्यो कुरा पारदर्शी हुनुपर्ने, कति विरामी आए ? कतिको मृत्यु भयो ? कति रिफर भए ? सबै पारदर्शी हुनुपर्ने, पदाधिकारीले मात्र नभएर विभागीय प्रमुखहरुले पनि फ्याकल्टीहरुले पनि अडिट गर्नुपर्ने र स्वास्थ्य र शिक्षामा भ्रष्टाचारको कुरा धेरै उठ्नु सम्बेदनशील कुरा हो । अरु मुद्धामा भन्दा यो मुद्धालाई अख्तियार अदालतले फास्ट ट्रयाकबाट निर्णय दिनुपर्ने जसले गर्दा भोलिका दिनमा भ्रष्टाचार, अनियमतिता गर्ने दुस्साहस अरुले गर्न नसक्ने लगायतका माग संयुक्त संघर्ष समितिले राखेको छ ।
समन्वयकर्तासँग वार्ता हुँदैन
असार १ गतेदेखि अन्दोलनमा उत्रिएका संयुक्त संघर्ष समिति र पदाधिकारीबीच समन्वय गर्न स्वास्थ्य मन्त्रालयले सोमबार दुई जनालाई पठाएको छ । मन्त्रायले रोशन पाख्रेल र मदनकुमार उपाध्यायलाई पठाए पनि उनीहरुले आन्दोलनकारीसँग कुनै समन्वय नै गरेनन् । संयुक्त संघर्ष समितिमा रहनु भएका एक चिकित्सकका अनुसार हामीले समन्वयकर्ता खोजेका होइनौं अधिकार सम्पन्न वार्ता टोली चाहेका हौं ।


प्रतिष्ठानका एचओडी, फयाकल्टी, वार्ड इन्चार्ज, सुपरभाइजर, उपकुलपतिका सल्लाहकार लगायत १५० जनाले वर्तमान चारै पदाधिकारीलाई असहयोग गर्छौ भन्दै हस्ताक्षर समेत गरिसकेका छन् । संयुक्त संघर्ष समितिका डा. विष्णु पोख्रेलले भन्नुभयो हाम्रो आन्दोलन भाँडन केहीले राजनीति गर्न थालेका छन्, अघोषित धम्की दिन थालेका छन् । उहाँले भन्नुभयो हामीले बीपी प्रतिष्ठानलाई विघटन हुनबाट जोगाउन अभियान चलाएका हौं । सानो तिनो इस्यू ल्याएर भाँड्ने प्रयास भइरहेको छ, उनीहरुले आफ्ना सबै हतकण्डा प्रयोग गरिरहेका छन् । उहाँले भन्नुभयो प्रतिष्ठान एक्जाम्पलसेट गर्ने संस्था हो, भ्रष्टाचार शून्य शहनशीलता हुनपर्छ, यहाँ आउने पदाधिकारी राजनीतिबाट माथि उठेर आउनुपर्छ ।
प्रतिष्ठानको सबै विकृतिको जड नै रजिष्ट्रार
विराट मेडिकलका व्यापारी तथा नक्कली प्राध्यापको पगरी गुथेको आरोप लागेका डा. ज्ञानेन्द्र गिरीले तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नजराना बुझाएर नियुक्ति भएपछि हरेक दिन जस्तो प्रतिष्ठान विवादमा फँस्दै गएको छ ।
आफनो नियुक्तिको भोलिपल्टै तमाम प्राध्यापकहरुका अगाडि हालका राजिष्ट्रार तत्कालीन स्त्री रोग विभाग प्रमुख डा. मोहनचन्द्र रेग्मीलाई आफ्नी कान्छी श्रीमति घोषणा गरेका र प्रारम्भिक समयमा प्रतिष्ठानका सबै काम कारबाही रेग्मीकै योजना मुताविक सञ्चालन गरेका डा. गिरीले तत्कालीन स्वास्थ्य मन्त्रीलाई मिलाएर डा. रेग्मीलाई रजिष्ट्रारमा सिफरिस गरी नियुक्ति गराए । उक्त नियुक्तिमा मन्त्री ढकालले सात करोड लिएको उपकुलपति डा. गिरीका तत्कालीन सल्लाहकार दिलिप भट्टराईले सर्वाजनिक रुपमा कवुल गरिसकेका छन् ।
सात करोडको चलखेलको आशंकामा पुष्टि
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावलीले चारवटै पदाधिकारीहरुको नियुक्ति सम्बन्धी आवश्यक शैक्षिक योग्यता र अनुभव सम्बन्धमा स्पष्ट किटानी गरेको छ ।
प्रतिष्ठान अन्य प्रतिष्ठानहरु भन्दा फरक रहको छ । नियमावली अनुसार उपकुलपति र शिक्षाध्यक्षको शैक्षिक योग्यता चिकित्सा विज्ञान अध्ययन गरेको व्यक्ति नियुक्ति हुुनुपर्ने किटानी छ भने अस्पताल प्रमुखको नियक्तिमा अस्पताल प्रशासन वा चिकित्सा विज्ञान अध्ययन गरेको व्यक्ति हुनुपर्ने जनाइएको छ । रजिष्ट्रारको शैक्षिक योग्यतामा भने स्वास्थ्य प्रशासन, व्यवस्थापन, कानून लगायतका प्रशासनिक र व्यवस्थापकीय विषयहरुमध्ये अध्ययन गरेको व्यक्तिको नियुक्तिको परिकल्पना गरिएको छ ।
हाल रजिष्ट्रारमा नियुक्त डा. मोहनचन्द्र रेग्मीको नियुक्ति नियमावलीले अन्य विषय समेत भनेको सन्दर्भ मिलाएर स्वास्थ्य मन्त्रीले गरेता पनि निजको नियुक्ति नियमावलीको भावना विरुद्ध र गैरकानूनी रही अन्य पेशाका दक्ष र योग्य नेपाली नागरिकहरुको अधिकार हनन गर्ने नियतको समेत भएको भनी सर्वोच्च अदालतमा रिट तामेलीमा छ । यसैगरी नियमावलीले प्रशासनमा अनुभव भएको व्यक्तिको नियुक्ति हुनुपर्ने किटानी गरे पनि हाल नियुक्ति पाएका डा रेग्मीको नियमावलीले परिकल्पना गरे अनुरुप कुनै पनि प्रशासनिक अनुभव नभएको र उनको छोटो समयको विभागीय प्रमुखको अनुभव भनेको प्रशासनिक नभई शिक्षण अनुभव मात्र रहने भन्ने प्रस्टोक्ति सोही नियमावलीले समेत गरेको मुद्दामा दाबी गरिएको छ । यस तथ्यबाट पनि रजिष्ट्रार डा. रेग्मीले वालुवाटारको घर बेचेर आएको पैसा र रक्सी, मोडिकल माफियाको लगानीसमेत जोडेर सात करोड बुझाएको दिलिप भट्टराइको आरोप पुष्टि हुने आधार खडा हुन्छ ।
जुन प्रक्रियाले बनाए त्यही प्रक्रियाले निकाल्छु
यसैबीच उपकुलपति डा. ज्ञानेन्द्र गिरीका तत्कालीन सल्लाहकार दिलिप भट्टराईले सामजिक सञ्जालमा रजिष्ट्रार रेग्मीलाई चुनाँैति दिँदै उनको नियुक्ति जुन प्रक्रियाले भएको त्यही प्रक्रियाले उनलाई पदबाट निकाल्ने बताएका छन् । भट्टराईले हाल प्रतिष्ठानका जारी आन्दोलनका मागहरु पूरा र्ने उपकुलपतिको सबै योजना रजिष्ट्रारले नै रोकेर राखेकोले हाल यो अवस्था सिर्जना भएको समेत बुँदागत रुपमा लखेका छन् ।
हामी चारैजना मिल्यौ–रजिष्ट्रार
संयुक्त संघर्ष समितिले प्रतिष्ठानका चारैजना पदाधिकारीको बर्खास्तीको माग गर्दे कार्यकक्षमा तालाबन्दी गरिदिएपछि आफ्नै क्वार्टरमा झोक्राएर बसेका रजिष्ट्रार रेग्मी हिजोआज प्रतिष्ठानका वैठकहरुमा, आफना आसेपासेका अगाडि हामी चारैजना पदाधिकरी मिलिसकेको र विगतमा भएको गल्ति सच्याउने दलिल पेश गर्ने गरेका छन् ।
प्रतिष्ठानका एक चिकित्सकले भने यो हामी मिलीसक्यौ भनेको के हो ? पहिला किन नमिलेको छ ? अब के कुराले मिलायो ? मिल्ने र नमिल्ने आधार के हो ? मिल्ने र नमिल्ने अवस्था सिर्जना गरेर प्रतिष्ठान ध्वस्त गर्न पाइन्छ ? कि अब चारैजना मिलेर भागबण्डा गरेर खाने भनेको हो । प्रतिष्ठानको नियमावलीको कुन नियममा यो मिल्ने र नमिल्ने अवस्थाको व्याख्या गरिएको छ ? आन्दोलनमा सहभभागी अर्का चिकिन्त्सकले भने अब प्रतिष्ठानमा सुद्धिकरण हुनैपर्छ, चारैजनाको बर्खास्ती हुनैपर्छ ।
अस्पताल निर्देशकको कमाउ धन्दा
जनकपुर स्थायी घर भएका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह स्कुले जीवनमा पढाइ लेखाइमा साह«ै कमजोर थिए । प्रतिष्ठानका एक पध्यापकले भने सोर्सफोर्सको आधारमा एमविविएस पढ्न पाएका उनी एमडी बच्चा विभागमा बंगलादेशमा पनि सोर्स फोर्सकै आधारमा भर्ना भएका थिए । ती प्राध्यापकले भने बंगलादेशमा बर्षाैसम्म पास गर्न नसकेर प्रोफेसरलाई महँगो गिÏट, काठमाण्डौसम्मको भ्रमण र नगद नारायण चाएर पास भएका थिए । अन्तर्राष्ट्रिय होस्टलमा बस्दा एकजना डाक्टरबाट नराम्रोसँग धुलाई समेत खाएका थिए ।
उनले भने बंगलादेशबाट जेहेन तेहेन पास गरेर आएपछि निर्देशक डा. साह तत्कालीन आफनो भेन्टरमार्फत प्रतिष्ठान जोइन्ट गर्न सफल भएका थिए । तर पछि डा. बीपी दाश उपकुलपति भएर आएपछि डा. साहको चुरीफुरी बढ्दै गयो । उनको कामै डा. दाशको चाकडी बजाएवापत उनीभन्दा सिनियर प्रोफेसर हुँदा हुँदै विभागीय प्रमुख बनाइयो ।
विशेषज्ञको रुपमा काम
प्रतिष्ठानको शिशु विभागमा विशेषज्ञको रुपमा काम गर्न थालेपछि प्राय ः ओपीडीमा नबस्ने, विरामी नेहेर्ने वा हेर्न नआउने र आफै नहेरी जुनियर रेजिडेन्टद्वारा सबै विरामी हेर्न लगाउने, ओपिडीको समयमा गेट बाहिरको पसलमा चुरोट खादै बस्ने गरको ती प्राध्यापकले बताए ।
प्रतिष्ठानका अर्का प्राध्यापकका अनुसार डा. साह दक्षताका आधारमा कमजोर चिकित्सक मानिन्छन् । विभागीय प्रमुख हुँँदा तत्कालीन उपकुलपति र अस्पताल निर्देशकको चाकडी गरेर आफूभन्दा सिनियरलाई उछिन्दै विभागी प्रमुख भएका उनी प्रशासनिक रुपमा पनि कमजोर मानिन्छन् । विभागमा भाँडभैलो मच्चाउने, सक्षम डाक्टरहरुलाई विभागबाट भगाउने, विभागीय खरिद विक्रीकमा कमिशन खाने गर्दथे । शिशु सम्बन्धी विषयमा विशेषज्ञ तालिम गरेका डा. मनोज श्रीवास्तावलाई विभागमा काम गर्न नदिएर, अनेकौ दुःख दिएर भगाएको कुरा विभागकै फ्याकल्टीहरु बताउँछन् । विभागीय प्रमुखकै रुपमा कार्यरत रहँदा डा. साहले अस्पतालको ्िरफ्रज घरमा लगेको भन्दै प्रतिष्ठानको सम्पत्ति चोरी गरेको आरोपमा तत्कालीन म्यानेजमेन्टबाट स्पस्टीकरण समेत खाएका थिए ।
अस्पताल निर्देशकमा नियुक्ति
तत्कालीन उपकुलपति डा. दाशको कार्यकालको अन्तिम एक बर्षै समयमा उपकुलपति डा. दाशलाई सोशल मिडियामा गाली गलौज गर्दै, तथानाम अशोभनीय शब्द प्रयोग गर्दै उपकुलपतिका सम्भावित उमेद्वार डा. राजकुमार रौयिननयारको नजिक भएका थिए ।
बालरोग विभागका एक चिकित्सकका अनुसार डा. रौनियारको चाकडी गरेर रिजाई विभिन्न शक्ति केन्द्रलाई अढाइ करोड बुझाएर अस्पताल निर्देशकको पद हत्याउन सफल भएका हुन् । सोको लागि उनी पशुपतिनाथ मन्दिरमा गएर रौनियारको अगाडि कसम खाएको उनी बताउँछन् । अस्पताल निर्देशकको रुपमा काम गर्न थालेपछि डा. साहको अस्पताल निर्देशक हुने बेलामा नगद नारायण लिएका व्यापारीसँग उठबस शुरु भयो । विभागीय प्रमुख फ्याकल्टीहरु र कर्मचारीहरु अफिसियल कामले जाँदा समय नहुने तर व्यापारीहरुको सहज पहुँच हुने कर्मचारीहरु बताउँछन् । उनले भने केही विभागीय प्रमुख, शिक्षक र कर्मचारीलाई व्यापारीको इन्ट्रेस्टमा अपमानजनक ढंगले निकाल्ने काम समेत गरे ।
अर्का एक चिकित्सकले भने उपकुलपति प्रा.डा. रौनियारको पालामा डा. साहको काम शिक्षक र कर्मचरीहरुलाई दुःखदिने, स्पष्टीकरण काट्न उकास्ने, कमिशनमा ध्यान दिने, अस्पताल सुधारका काम केही नगर्ने, दुःख पाएका पाएका एक कर्मचरीले सुनाए । प्रा.डा. गुरु खनाल कार्यवाहक उपकुलपतिका रुपमा आएपछि डा. साहले पशुपतिनाथमा खाएको कसम विर्सदै रौनियारको फोन समेत ब्लक गरे । त्यसपछि उनी प्रा.डा. गुरु खानालको शरणमा पुगे । रसियादखि नै निर्देशक साहलाई चिन्दै आएका कार्यवाहक उपकुलपति खनालले उनलाई आउनै दिएनन् । निर्द ेशक साहको कमाउ धन्दासँग राम्रोसँग परिचित कार्यवाहक उपकुलपति डा. खनालले डेपुटी डाइरेक्टर मनर्फत असप्तालतर्फको काम सञ्चालन गरेको अकर्न एक चिकित्सकले बताए । कार्यवाहक उपकुलपति खनाले आर्थिक अधिकार सबै आफैसँग राखेपछि छटपटाएका निर्देशक साहले खनाल विरुद्ध आफ्नो पदीय मर्यादा बिर्सिएर गाली गलौज र असिष्ट, अभद्र व्यवहार देखाएका थिए । उता डा गिरी उपकुलपतिको रुपमा आएपछि निर्देशक डा. गैरी शंकर साह डा. गिरीकोको अस्पताल निर्देशकको बारेमा भष्ट्राचारा कमिशनतन्त्रमा लिप्त रहेको भन्दै शुरु शुरुमा उनलाई कुनै भाउ नै नदिएको, कार्य क्षमताको अभाव, असक्षमताको रुपमा स्पष्टीकरण समेत काटिएको कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले बताए । पछि साहले चाकडी गरेरै उपकुलपति गिरीलाई प्रभावमा पार्न सफल भएको र आफनो कमाउधन्दालाई जारी राखेका छन् । अमुक व्यापारीसँग खटपट भएपछि निज व्यापारीकी श्रीमतिले निर्देशक साहको क्वाटरमा धर्ना दिँदा अर्का व्यापारीसँग काम गरिदिने शर्तमा पैतालीस लाख रुपैया लिएर तिरेका थिए ।
उपकुलपति गिरीलाई उक्साउने धन्दा
प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई उक्साएर डा. विष्णु पोख्रेललाई स्पष्टीकरणको पत्र काट्न लगाउने डा. साह नै भएको कर्मचरीहरु बताउँछन् । डा. साहको दिनचर्या उपकुपतिलाई उक्साउने, पदाधिकारीबीच झगडा लगाउने, शिक्षक र कर्मचारी बीचमा वैममनस्याता कायम गर्ने, व्यापारीसँग सेटिङ गर्ने, कमिशनतन्त्र र भ्रष्टाचारमा लिप्त रहने, प्रतिष्ठानको दोहन गर्ने उनको दिनचर्या नै भएको कर्मचारीहरु बताउँछन् । प्रतिष्ठानको पटके खरिद, रिएजेन्ट, मेडिकल सामाग्रीहरु, स्प्रिट खरिद, मास्क र ग्लोब्स समान खरिद,अक्सिजन प्लान्टको मर्मत, एचडियु, कोरोना अस्पतालको सामान खरिद, प्रतिष्ठानको खर्चमा ल्यापटक खरिद, व्यापारीसँग सबै सामान खरिदमा सेटिङ गरी प्रतिष्ठानलाई ध्वस्त बनाउन डा. साहको ठूलो हात रहेको कर्मचारीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया