फन्टलाइनमा काम गर्नेलाई मास्क र सेनिटाइजर

धरान, कोरोनाको दोस्रो लहरसंगै संक्रमण तिब्र रुपमा बढ्दै गएपछि फन्ट लाइनम काम गर्ने सबैभन्दा बढी जोखिम भएको भन्दै भगवान परशुराम समाज नेपालले माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।
भगवान पशुरामको जन्मोत्सवको अवसर पारेर भगावन पशुराम समाजले अग्र भागमा रहेर काम गर्ने सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण गरेको हो ।

समाजका सदस्य रामस्वरुप शर्माका अनुसार भगवान पर्शुरामकोे जन्मोत्सवको अवसर पारेर ईलाका प्रहरी कार्यालय ,वडा प्रहरी कार्यालय,सुनसरी जिल्ला ट्राफिक कार्यालय एवम् पत्रकारहरुलाई मास्क र सेनेटाईजर वितरण गरिएको हो ।
जोखिमका समयमा प्रँप्त गरेको मास्क र सेनिटाइजरले केही हदसम्म स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने सुरक्षाकर्मी एवम् सञ्चारकर्मीहरुल बताएक छन् ।

तपाईको प्रतिक्रिया