धरान÷‘रोम जलिरहयो निरोले बाँसुरी बजाइरहे’ भन्ने उक्ति अहिले बीपी कोइराला प्रतिष्ठानका उपकुलपति तथा ओम्नी मन्त्री भानुभक्त ढकालका चुनावी खर्च व्यवस्थापक डा. ज्ञानेन्द्र गिरीमा चरितार्थ भएको छ । डा. गिरीले प्रतिष्ठानको अस्पताल सेवा, पठनपाठन र स्वास्थ्य अनुसन्धान सम्बन्धी तीनवटै क्षेत्रमा सुधार गर्नु त कता हो कता विगत २७ बर्षदेखिको जग नै भत्काइदिएको प्रतिष्ठानमा स्थापनाकालदेखि काम गर्दे आएका शिक्षक कर्मचारीहरुले बताएका छन् ।
खरिदमा मात्र ध्यान, लेखा अधिकृतको साथ
उपकुलपतिको कुर्सी सम्हालेको भोलिपल्टदेखि तत्कालीन मूल्यांकन समितिका अध्यक्ष तथा वर्तमान रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीसँग मिलेर उपकरण खरिद र निर्माण खरिदमा कमिशनको खेल शुरु गरेका उपकुलपति डा. गिरीले नियुक्ति भएको एक बर्ष पूरा हुँदा समेत प्रतिष्ठानको अस्पताल र विभिन्न शिक्षा शंकायहरुको अवलोकन गरेका छैनन् । डा. गिरीको अधिकांश समय मेडिकल उपकरण, व्यापारी र निर्माण व्यवसायीहरुसँग मोलमोलाई गर्नमै वित्ने
गरेको छ । ‘उपकुलपति ज्यू र उहाँका भाइ अजय गिरीको काम नै कमिशन मोलमोलाई गर्ने हो, उहाँ उपकुलपति होइन खरिद अधिकारी भएर आएजस्तो छ ’ एक प्राध्यापकले भने , अनियमिता खरिद र भुक्तानी गर्न उपकुलपति ज्यूले प्रतिष्ठानमा मिटर व्याजर र कमिशन खोरी भनेर चिनिने व्यक्तिलाई लेखाको चाबी दिनु भएको छ । निजकै सल्लाहमा ठेकेदारलाई भुक्तानी दिन बैंकसँग १० करोड ऋण प्रतिष्ठानले लिन लागेको छ । प्रतिष्ठान सदाकोलागि डुब्ने भयो, स्थापनाकालदेखि सेवारत एक प्राध्यापकले भने ।
प्रतिष्ठान अस्तव्यस्त –उपकुलपति मस्त
उपकुलपति डा. गिरीको एक बर्षे कार्यकालको सबैभन्दा ठूलो उपलब्धी भनेको निजको आवासमा बनेको मदिरापान गृह नै हो । उनको कार्यकालमा प्रतिष्ठानको स्थापनाको लक्ष्य र उद्देश्य अनुरुपको कुनै पनि उपलब्धी हुन सकेको देखिएन । प्रतिष्ठानभित्र बस्दा प्रतिष्ठानको खर्चले आवासमा मस्ती गर्ने र प्रतिष्ठानको मस्ती अमिलो लाग्न थालेपछि विराटनगर वा काठमाण्डौ गएर सुरापान गर्नु नै उपकुलपतिको दिनचर्या देखिन्छ, प्रष्ठिानका एक कर्मचारीले भने । उपकुलति ज्यूको आरामदायी जीवनको व्यवस्थापन गर्न भने प्रतिष्ठानका रजिष्ट्रार र एक व्यापारी अहोरात्र खटिने गरेको एक कासले बताए ।
युनियनका नेताहरु उपकुलपतिसँग हप्ता असुल्छन्

प्रतिष्ठानमा अस्तव्यस्थताको डँडेलो लागेको अवस्थामा विज्ञप्तीको झाडा टारेर शिक्षक र कर्मचारी युनियनका नेताहरु भने शिक्षक र कर्मचारीहरुका अनेकौ मागहरु छाडेर पदाधिकारीहरुसँग सेटिङ गरेर आÏनो व्यक्तिगत स्वार्थ पूरा गर्न लागेका छन् ।
कर्मचारी कल्याण समाजका अधयक्ष उमेश थापाले गत हप्ता एक हप्ते अल्टमेटम दिएर माग पूरा नभए तालाबन्दी गर्ने विज्ञप्ती जारी गरे । एक हप्त ा सिद्धियो उनी भने प्रतिष्ठानमा कर्मचारीमाझ देखा पर्नै छाडे एक कर्मचारीले भने । प्रतिष्ठानमा कर्मचारी युनियनका नेताहरुको काम भनेको कर्मचारी भर्ना र विद्यार्थी भर्नामा विचौलियाको काम गर्ने अनि मेडकल माफियाको एजेन्ट भएर बस्ने मात्र देखियो ती कर्मचारीको गुनासो थियो । शिक्षक युनियनका नेताहरु समेत आफ्नो स्वार्थमा केन्द्रित छन् । आम शिक्षकको तलब भत्ता सुविधा भन्दा आफ्नै बढुवा र भत्तामा बढी केन्द्रित छन, अका प्राध्यापकले भने । वास्तवमा दुवै युनियनका नेताहरु उपकुलपतिसँग हप्ता असुलीमा लागेजस्तो देखियो, सुविसुले गर्ने इन्टरनेट सप्लाई सम्बन्धमा यति धेरै गलफती हुनुको मुख्य कारण नै हालका उपकुलपति र युनियनका नेताहरुसँग सुविसुको ३५ लाखको सेटिङविरुद्ध रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको धरानको एक स्थानीय इन्टरनेट वितरकसँग २५ लाख कमिशनको सेटिङ हो, कम्युटर शाखाका एक कर्मचारीले भने ।
