धरान÷गोधुली क्लबले गोधुली फुटबल रनिङ कपको २१ औं संस्करणको आम्दानी तथा खर्च विवरण मंगलबार सार्वजनिक गरेको छ ।
वि.सं. २०५८ सालमा स्थापना भएको क्लबले २०५० साल भाद्र २० गतेदखि निरन्तर रुपमा अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको आयोजनासँगै धरानको फुटबल खेलको विकासका साथै दुव्यसनीमुक्त समाज निर्माण र नव प्रतिभाशाली खेलाडीहरुलाई निरन्तर प्रोत्साहन, हौसला प्रदान गदै आएका छ ।
यस पक सम्पन्न २१ औ टुबोग गोधुली फुटबल रनिङ प्रतियोगितामा क्लबले ३ लाख ९० हजार ५ सय ६९ रुपैया खुद बचत गरेको छ । प्रतियोगतामा विभिन्न शीर्षकमा गरी १५ लाख ९८ हजार १९ रुपैया खर्च गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । कोरोना भाइरसको संक्रमण दर तिब्र रुपमा फैलिरहेको अवस्थामा पत्रकार सम्मेलन गरी आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्नु उचित नहुने ठहर गदै क्लबले विज्ञप्तीमार्फत नै आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो ।
क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ क्लबको अभियान सफल बनाउनका लागि निरन्तर रुपमा देश विदेशमा रही सहयोग पु¥याउनुहुने सम्पूर्ण संघ, संस्था एवम् व्यक्तिहरुमा हार्दिक आभार व्यक्त गर्दछौं । फागुन २२ देखि चैत्र ७ गतेसम्म सञ्चालन भएको पतियोगिताको आम्दनी तथा खर्च विरण् हामीसँग हातेमालो गर्नुने संयोजक, मुख्य प्रयाोजक, प्रायोजक, विभिन्न संघ संस्था तथा व्यक्तिहरु, सुरक्षा प्रदान गर्नुहुने सुरक्षाकर्मी, प्राथमिक उपचार गर्नुहुने नेपाल रेडक्र सोसाइटी सबैप्रति आभार व्यक्त गरिएको छ ।
