धरान÷पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चुनाव खर्च व्यहोरेको पुरस्कार स्वरुप उपकुलपति पदमा नियुक्त भएका, नक्कली प्राध्यापकको आरोप लागेका डा. ज्ञानेन्द्र गिरी गत हप्ता सर्वोच्च अदालतले डा राजकुमार रौनियारको मुद्दा खारेज गरेपछि कानूनत पद मुक्त भइसकेका छन ।
ठूला–ठूला गफ मात्र गर्ने, व्यवस्थापनमा कुनै ज्ञान नभएका, कमिशनमा मात्र ध्यान दिने, हरेक दिन प्रतिष्ठानको हुर्मत लिन मात्र उद्यत उपकुलपति डा. गिरी र कार्यालयमा कहिल्यै नबस्ने, विभिन्न दलका नेताहरुसँग सम्पर्क बनाउने, छेपारे प्रवृत्तिका दल बदलु राजनीतिमा लिप्त रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका कारण प्रतिष्ठान लगभग बन्द हुने स्थितिमा पुगेको प्रतिष्ठानका शिक्षक र कर्मचारीहरुले महिनौदेखि सम्बन्धित निकायको ध्यानकर्षण गर्दै आएका छन् । बढेको तलब दिने कुरै छाडौ नियमित तलब पनि दुई महिना पछि पाउन मुस्किल पर्न थालेको शिक्षक, कर्मचारीहरुले बताएका छन् ।
घोटालामा मात्र ध्यान
कहिले कुकुर विरालो जस्तो झगडा गर्ने त कहिले लैला मझ्नु जस्तो प्रेम आलिंगन देखाउने उपकुलपति डा. ज्ञानेन्द्र गिरी र रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले नियुक्ति भएको दिनदेखि एक पटक पनि अस्पताल र कलेजहरुको अवलोकन भ्रमण नगरेको एक कासले बताए । शिक्षा र अनुसन्धानमा दुवैलाई कुनै चासो छैन । विगत एक बर्षको अवधि दुवैले कुन व्यापारीको सिटिस्क्यान खरिद गरेर कति कमिशन खाने, मातृ शिशु भवनबाट कस्ले कति कमिशन खाने, अस्पताल फर्मेसीको औषधि, उपकरण खरिद गरेर कति कमिशन खाने आदिमा विवाद गरेर समय विताए । प्रतिष्ठानको फार्मेसीको औषधिको टेन्डर दुई पटक निकाल्दै कशिनमा बार्गेनिङ नमिलेर रद्ध गरेको, यिनको ध्यान नै कमिशनमा छ ती कासले बताए ।
उपकुलपतिको रंगरंगिला व्यवहार, रजिष्ट्रारको कमिशन मोह
आर्थिक अभावको कारण देखाएर एकातिर प्रतिष्ठानका शिक्षक तथा कर्मचारीले विगत १५ महिनादेखिको बढेको तलब पाएका छैनन् भने अर्कोतिर उपकुलपति र रजिष्ट्रारको खर्च दिनानुदिन बढ्दो छ लेखा शाखाका कर्मचारीले भने ।
सुरापानमा सौखिन उपकुलपति डा. गिरीले आफ्नो निवासमा लाखौ खर्च गरेर सुरापान गृह बनाएका छन् । सोही स्थानमा उपकुलपति, रजिष्ट्रार एक मदिरा व्यवासायीको दैनिक जसो वैठक हुने गरेको प्रतिष्ठानका अर्का एक पदाधिकारीले बताए । उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. रेग्मीले आफ्नो निवास सजाउन र काठमाण्डौदेखि
धरानसम्मका अनेक होटलहरुमा सुरा बैठक गर्न मात्र विगत एक बर्षमा करिब अढाई करोड खर्च गरिसकेको प्रतिष्ठानका लेखा शाखाका अर्का एक कर्मचारीले बताए । पद र पैसाको निमित्त मात्र काम गर्ने प्रवृत्तिले संस्था लगभग सिद्धिने अवस्थामा पुग्यो, प्रतिष्ठानका एक पुराना कर्मचारीले बताए ।
गिरी पदमुक्त भइके, तत्काल प्रतिष्ठान छोडुन–पूर्व शिक्षाध्यक्ष प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष

धरानका प्रभावशाली स्थानीयबासी समेत रहनु भएका प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले सर्वोच्च अदालतले निवर्तमान उपकुलपति प्रा.डा. राजकुमार रौनियार विरुद्धको मुद्दा खारेज गरिसकेपछि डा. गिरी स्वत ः पदमुक्त भइसकेकोले उनले तत्काल आर्थिक तथा प्रशानिक कार्य गर्न रोकेर प्रतिष्ठान छोड्नुपर्ने सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । डा. गिरी र डा. रेग्मी जस्ता भ्रष्टहरु बसिरहे भने प्रतिष्ठान निकट भविष्यमै बन्द हुने देखिएको हुँदा भोलिको मितिदेखि नै दुर्वैलाई विदा गर्नु संस्थाको हितमा हुने अर्का एक कासले बताए ।
पूर्व शिक्षाध्यक्ष प्रा.डा विक्रमप्रसाद श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नु भएको छ डा. गिरीले अझै खरिद विक्री कमाउ धन्दा चलाइरहे आकस्मिक तालाबन्दी र गिरीको विदाईमा आम शिक्षक, कर्मचारी लाग्नुपर्ने अवस्था आयो ।
काठमाण्डौ पुगेर कासको बैठक आवहान
उपकुलपति डा. गिरी र रजिष्ट्रारले गत हप्ता काठमाण्डौ गएर आकस्मिक कासको बैठक बोलाए । सात सदस्यीय कासबाट विश्व विद्यालय, सुन्दर हरैचाको जग्गा, धरानको छाताचौकको जग्गा, काठमाण्डौ बासबारीस्थित घर जग्गा, भक्तपुरको जग्गा विक्री, लिज आदिका सम्बन्धमा निर्णय गर्न कासको बैठक बोलाइएको थाहा पाएपछि चारजना कास सदस्यहरु काठमाण्डौ नै गएनन् । कोरम नपुगेपछि कासको बैठक नै बस्न सकेन प्रतिष्ठानका एक कास सदस्यले भने । अल इण्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सको अवधारणा अन्तर्गत भारत सरकारको सहयोगमा निर्माण भएको प्रतिष्ठानलाई विश्व विद्यालय बनाई झापाको विर्तामोडस्थित विएण्डसी लगायतलाई सम्बन्धन दिएर करोडौ कमाउने योजना उपकुलपति गिरी र
रजिष्टा«रको तत्काल पुरा नहुने भएको छ ।
विश्व विद्यालय बनाउन राय सुझाव माग्ने क्रममा धरानका उद्योगी, प्रवुद्ध वर्गहरुले विश्व विद्यालय बनाउनको औचित्य पुष्टि गर्न चुनौति दिएका छन् । उद्योगी एवम् बौद्धिक व्यक्तित्व कृष्णकुमार अग्रवालले धरान साप्ताहिकसँग भन्नुभयो लिखित सुझाव मागेका थिए मैले असहमति जनाई दिएँ । विश्व विद्यालय किन बनाउनु प¥यो ? सम्बन्धन दिएर पदाधिकारीले पैसा कमाउन ? प्रतिष्ठानको आफ्नै करिकुलम छ, आफ्नै विधान छ, नन् प्राक्टिसिङ्ग मेडिकल कलेज हो । भ्रष्टाचार, कमिशन नियन्त्रणमात्र गर्दा प्रतिष्ठान आफैमा विश्वविद्यालय सरह हो, विश्व विद्यालय बनाउनु हुँदैन, अग्रवालले भन्नुभयो ।
