आदरणीय, सिद्धान्त निष्ठा, निडर सम्पादक रहेनन्

भारतका अत्यन्तै आदरणीय, सिद्धान्त निष्ठा, निडर तथा पत्रकारिताका सवालमा कसैसाग कुनै सम्झौता नगर्ने सम्पादक विनोद मेहता अब रहनु भएन । उहााको ७४ वर्षको उमेरमा आइतबार दिल्लीस्थित अल इण्डिया इस्टिच्यूट अफ मेडिकल साइन्समा निधन भएको छ ।
लामो समयदेखि फोक्सो र अन्य रोगबाट सम्पादक मेहताको उपचारकै क्रममा निधन भएको हो । पत्रकारिताको जगतमा उहाालाई ‘क्रुर’ सम्पादकका रुपमा समेत चिनिन्थ्यो । जीवनमा उहाा विरुद्ध खनिने असंख्यौ व्यक्तिहरु थिए । तर उहााले ती कसैको वास्ता गर्नुभएन । उल्टै कठोरवाणी र शब्दबाट मर्माहत तुल्याइदिनुभयो ।
उहाले जीवनमा आफूलाई
राजनीतिसाग जोड्न कहिल्यै रुचाउनु भएन । सन् १९७० मा इन्दिरा गान्धीका सुपुत्र सञ्जय गान्धी र भारतकी लोकप्रिय नायिक मिना कुमारीका बारेमा पुस्तक नै लेखेर प्रकाशित गर्नुभयो । नग्नतासाग जोडिएको ‘डेरोनियर’ मा सम्पादकको दायित्व उहााले सफलतापूर्वक निर्वाह गर्नुभयो भने उक्त पत्रिकालाई नयाा उचाईमा समेत पुर्‍याउनुभयो । आउट लुक पत्रिकाको क्रेज उहााकै कारण उचाईमा पुगेको मानिन्छ । सन् १९९५ को अक्टोरबाट शुरु गरिएको आउट लुककको पहिलो अंकमै उहााले राष्ट्रकै लागि विवादास्पद मुद्दा उठाइदिनुभयो । उक्त अंकमा उहााले कस्मिरका ७० प्रतिशत जनता जनमत संग्रह चाहन्छन् भनेर कभर स्टोरी छापिदिनुभएको थियो । उक्त समाचारले भारतको संस्थापन पक्षलाई आक्रोसित तुल्याएको थियो । आक्रोसित हुनेहरुलाई उहााको जवाफ हुन्थ्यो, मुलुकको ठेक्का तिमीले लिएका छौं ? कतिपयलाई उहाा जवाफ दिन आवश्यक नै ठान्नु हुार्दैनथ्यो । म सार्वजनिक व्यक्ति हुा मेरो विषयमा आलोचना हुादैन भन्नेहरु मेहताका आलोचनाको शिकार हुन्थे । विकाउ, भ्रष्ट, चाकडीवाज सम्पादकहरुलाई व्यङ्ग्य गर्नकै लागि उहााले आफ्नो ककुरको नाम एडिटर राख्नुभएको थियो ।
विनोद मेहता चार बर्षको हुादा उहााको बाबा आमा पाकिस्तानबाट दिल्ली आउनु भएको थियो । उहााले ६० बर्षको उमेरमा आफ्नो सहकर्मी सुमिता मेहतासाग विवाह गर्नुभएको थियो । आजका पत्रकार तथा सम्पादकहरु जस्तो आफ्नो बारेमा कहिल्यै मपाइत्व प्रदर्शन गर्नुभएन । उहाा सन् २०१२ मा पुस्तक मेला प्रदर्शनीका प्रवक्ता बनेर एकपटक नेपाल आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया