भारत सरकारको सहमतिमा आचार्य महामण्लेश्वर स्वामी कैलाशानन्द गिरीको निमन्त्रणमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको कुम्भमेला हरिद्वारमा भव्य स्वागत

–श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको हैसियतमा आमन्त्रण
–भारतका प्रभावशाली मन्त्री अमित शाह लगायतका मन्त्रीद्वारा भेटघाट
–भारतीय सेनाद्वारा हेलिकोप्टरबाट पुष्प वृष्टि
–श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवको आरती उतारियो
–शाही स्नानमा रथ यात्रा सहित अति विशिष्ट सम्मान

धरान÷बाह्र बर्षमा भारतको हरिद्वारमा भएका महाकुभ्ममा भारत सरकारको सहमतिमा आयोजक आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्द गिरीको आमन्त्रणमा भारतको हरिद्वार पुग्नु भएका श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको अति विशिष्ट स्वागत एवम् सम्मान भएको छ ।
स्वामी कैलाशानन्द गिरीले मार्च २३ अर्थात चैत्र १० गते नेपाल नरेशको हैसियतमा वैद्धिक सनातन धर्म हिन्दुहरुका हिन्दु सम्राटलाई पवित्र भूमि हरिद्वारमा महाकुम्भ २०२१ को हार्दिक निमन्त्रण गरि पठाइएको पत्रमा भनिएको छ वर्तमानमा म निरन्जन पीठाधीशश्वर आचार्य महामण्डलेश्वर पदमा आशिन व्यक्ति हुँ । जुन सन्यास परम्परामा सर्वोच्च पद हो । महाकुम्भ २०२१ हरिद्वार सनातन परम्पराको सर्वोच्च एवम् सर्वोत्तम महापर्व महाकुम्भ हो । तपाई हिन्दु सम्राट एवम् हिन्दु राजा भएका कारणल मेरो पंवल इच्छा छ चैत्र ३० गते सोमबार अर्थात २०२१–४–१२ मा हुने शाही स्नानमा सहभागी भएर पुनित सलिला माँ गंगामा स्नाान गरेर भारत बर्षका उत्कष्ट ऋषि महार्षिबाट आर्शिवाद ग्रहण गरेर आफ्नो राज्यको कुशलताका निमित आशिष प्राप्त गर्नुस् । किनकि राजा स्वयम देव स्वरुप हुन्छन त्यसमाथि तपार्यमा देवाधीदेव महादेव पशुपति नाथ भगवानको अपार कृपा प्राप्त छ । मेरा अत्यन्तै प्रिय श्री यशवन्त सिीह नेगीको माध्यमबाट तपाईलाई यो सादर महाकुम्भ २०२१ आमन्त्रण प्रेषित गरेको हुँ ।
राजा ज्ञानेन्द्रलाई यस प्रकारले आमन्त्रण गरिएपछि २६ गते विहीबारै उहाँ पत्नी कोमल सहित सहयोगी सागर तिमिल्सेना, शिव सेनाका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत लगायतको टोलीका साथ दिल्ली पुग्नु भएको थियो । दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रभावशाली मन्त्री तथा गृहमन्त्री अमित शाह लगायतसँग भेटघाट भएको स्रोतले जानकरी दिएको छ । आइतबार राजा ज्ञाोन्द हरिद्वार पुग्नु हुँदा भारतीयसेनाद्वारा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । आयोजकले उहाँको अति विशष्टि सम्मान गर्दे आरती उतार्नुका साथै उत्तराखण्ड सरकारको भव्य आयोजनामा सबै मन्त्रीहरुले उहाँलाई स्वागत गरेका थिए । शाही स्नान गर्ने स्थल भन्दा तीन किमीको दूरीमा बस्नु भएका राजा ज्ञानेन्द्रलाई नेपालको झण्डा, शाही झण्डा र दरबार अंकित भव्यरथमा शाही स्नान स्थलसम्म जय–जयकार गर्दै पु¥याइएको थियो ।

सो अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा कुम्भ मेलामा गरिएको सम्बोधनको पूर्ण पाठ यस्तो थियो (पूर्ण पाठको विवरण शिव सेनाका केन्द्रीय अध्यक्ष अनिलबाब बस्नेतबाट प्राप्त )
यो विशाल, यो पुष्य कार्य कृत्य र यो पवित्र धामिक सनातनिक एवम साँस्कृतिक समारोहको आयोजक, यहाँ पाल्नु भएका आचार्य महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, ऋषि मनिषी एवम् समस्त सन्त, महन्त, साधकहरु, म सबैलाई नमन गर्दछु, दुई कर जोडी बन्दन गर्दछु ।
गंगा तटमा अवस्थित यो पवित्र धाम, यो देव स्थल, हरिद्वाराको यो विशेष पुण्य कार्य र यो विशाल समारोहमा म यहाँहरुको निकटमा रही, दर्शन, अर्चन, बन्दनामा सरिक छु । यहाँहरुको श्रद्धायुक्त आमन्त्रण पाएर उपस्थित छु । यस निम्ति म गौरावान्वित छु । यहाँहरु सबैप्रति साधुवाद छ । हाम्रा वेद र शास्त्रहरुको मन र मान्यता मुताविक मैले सुने बुझे अनुसार कम्भघडा अमृ तत्वले भरिपूर्ण घडा हो । सत्य युगमा समुन्द्र मन्थनबाट उत्पादन अमृतका ३८ घडाहरु पहिले दानहरुद्वारा लुटिएका थिए । ती घडाहरु पछि गरुढद्वारा खोजी गरी ल्यायएको र प्रयाग, हरिद्वार नाशिक र आवन्तिक स्थलहरुमा खडा गरिएको थियो । सोही परम्परा अनुरुप हरेक बाह्र बर्षमा लाग्ने कुम्भ मेलाको विशिष्ट महत्व रहन गएको देखिन्छ ।
अमृतका तिनै कुम्भ घडाहरुबाट थोपा–थोपा गरी विभिन्न नदनदीमा प्रभाहित भएकोले नै पूर्वीय दर्शनमा हाम्रा नद नदीहरुको, हाम्रा पर्वतीय घाँटीहरुकोे तथा विभिन्न वन वाटिकाहरुको धार्मिक र शास्त्रीय मान्यता रहन गएको हो । प्रकृति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनुराग राखेर काम गरेको एक प्रकति पुजक पात्र भएकोले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु । जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइँदै लगिएको आजको प्रदुषणयुक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टथकोणले हेर्दा यता कुम्भ भेलाको आजको समयमा पनि अर्थतपूर्ण ढंगले बुझ्न सकिन्छ । हराभरा स्वच्छ प्रकृति निर्मल नद नदी तथा ताल तलैया एवम् समस्त वातावरण्लाई प्रदुषणमुक्त बनाउने आजको विश्वायापी अभियानमा कुम्भ मेला जस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगीर प्रेरणादाी हुन्छन भन्ने मेरो दृष्टिकोण छ ।
उहाँले अन्तमा भन्नुभयो हामीले हाम्रो धर्म बचाउनुछ, हाम्रो संस्कृतिको रक्षा गर्नुछ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरुको विकास गर्नुछ । हाम्रा गंगा नदनदीहरुको प्रवाह स्वच्छ पार्नु छ । भगवान रामले भन्नुभएको थियो अपि स्वर्ण मणि लंका । न मे लक्ष्मण रोचति जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी’ भन्ने सधुुक्तिको ख्याल हामीले राख्नै पर्छ ।

तपाईको प्रतिक्रिया