सरकार बनाउने र गिराउने खेलभन्दा निर्वाचन उत्तम विकल्प

यतिबेला मुलुकमा सत्ता खेलको राजनीतिले चर्चा पाएको छ । दुई तिहाई निकटको तत्कालीन नेकपाको आन्तरिक कलहबाट शुरु भएको सत्ता खेल पछिल्लो पटक फागुन २३ गते सर्वोच्च अदालतको निर्णय पश्चात थप उत्कर्षमा पुगेको छ ।
सत्ता खेलमा तीनै पात्र, तिनै चरित्र, प्रवत्ति कहिले डल्लु, कहिले भैसेपार्टी, कहिले कोटेश्वर, कहिले बुढानिलकण्ठ, कहिले कार्की वैंक्वेट त कहिले होटलका कोठाहरुमा वार्तामा तल्लिन छन् ।
सर्वोच्च अदालले फरक पृष्ठभूमिबाट आएका नेकपालाइ डिभोर्स गरी दिएपछि अर्काको टाउकोमा टेकेर बन्दुक पड्काउने बानी परेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, आफ्नै सरकार ढाल्न उद्यत र पछिल्लो पटक
साधारण सदस्यमै नरहने गरी कार्वाहीमा परेका माधवकुमार नेपाल, झलनाथ खनाल र राजापाका उपेन्द्र यादव र अर्का नेता बाबुराम भट्टराई जुनसुकै हालतमा प्रधानमन्त्री ओलीको बर्हिगमन चाहन्छन् । यसका लागि उनीहरुले बारम्बार प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब बढाएका छन् । नेपाली काँग्रेस र राजपालाई फकाउन उनीहरुले सम्पूर्ण शक्ति लगाएका छन् । उनीहको एउटै ध्येय छ जसरी भएपनि ओलीको बहिर्गमन ।
सांसद संख्या जोडने हो भने अहिले पनि प्रधानमन्त्री ओली गणितीय हिसाबसले अगाडि छन् । जसमा राजपा भित्रको महन्त ठाकुर र राजेन्द्र महतो समूहको समर्थन ओलीलाई नै छ । यस हिसाबले कँग्रेस, माओवादी केन्द्र र
राजपाको एउटा समूह मिल्दा पनि ओलीको बहिर्गमन पश्चात सरकार बनाउन सक्ने अवस्थामा हुँदैनन् । गठबन्धनले वहुमतको स्पष्ट खाका तयार नपारी प्रधानमन्त्री ओलीको राजीनामा माग्नु हाँस्यास्पद हो । माधव–झलनाथ पार्टी छोडेरै गएको अवस्थामा पनि ओलील नै सबैभन्दा ठूलो दलको हैसियतमा रहने छन् । काम गर्नैै नसक्ने वातावरण सिर्जना गरेर, बारम्बार राजीनामाको दबाब दिँदा प्रधानमन्त्री ओलीले राजनीनामा दिए पनि त्यसबाट राजनैतिक निकास निस्कन सक्दैन ।
ठूलो दलको नेतृत्व गरेको हैसियतले राष्ट्रपतिले पुनः ओलीलाई नै प्रधानमन्त्रीको जिम्मेवारी दिने निश्चित छ । त्यसो भएमा उनले ३० दिनभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । काँग्रेसले चाहेर पनि सरकारको नेतृत्व लिन सक्ने अवस्था रहँदैन । त्यसपछिको विकल्प पुनः संसद विघटन नै हो । मध्यावधि निर्वाचनमा नयाँ जनादेशका लागि जानैपर्छ । अन्तिम वास्तविकता मध्यवधी निर्वाचन नै हो भन्ने कुरा सबैले स्विकारी सकेका छन् । तर निर्वाचनमा जान उनीहरुले खुट्टा कमाएका हुन् या आफ्नो अस्तित्व जोगाउन नसक्ने आंकलन गरेर निर्वाचनबाट भाग्न थालेका हुन् ? निर्वाचन हुँदा पनि नहुँदा पनि सबैभन्दा घाटा माओवादी केन्द्रलाई नै हुने देखिएको छ । त्यसैले यत्तिका दिन बितिसक्दा, आम सर्वसाधारणले अनेकौ नकरात्मक टिकाटिप्पणी गर्दा समेत उसले समर्थन फिर्ता लिन सकेको छैन ।
राजनीतिक रुपमै सिद्धिदै गएको नेकपा माओवादी केन्द्र यतिबेला धरमरको अवस्थामा पुगेको छ । अपाmूसँग रहेका प्रभावशाली नेताहरुले प्रचण्डको साथ छोडेर ओलीलाई साथ दिइरहेका छन् । आप्mनो उपस्थिति देखाउन मात्र माधव नेपाल झलनाथ खनाल समूह समानान्तर कमिटी गठन गर्दै हिडेका छन् । तर त्यस्ता समानन्तर कमिटीमा समेत विवाद देखिसकिएको छ । त्यसैे अबको उत्तम विकल्प राजनीनितिक रुपमा मुलुकलाई मार्ग देखाउन निर्वाचन भन्दा अरु हुनै सक्दैन । यो वास्तविकलाई नेपाली काँग्रेससका सभापति शेरबहादुर देउवाले राम्रोसँग मनन गरेका छन् । वेटिङ्ग प्रधानमत्री भएपनि उनले सरकार बनाउने, गिराउने भन्दा पनि निर्वाचनमै जोड दिन थालेका छन् ।

तपाईको प्रतिक्रिया