किरातीहरु संस्कृति खुवालुङ बचाउन जुटे

धरान÷ सप्तकोशी नदी बन्नु अघि अरुण र तमोर नदि जोडिने त्रिवेणी नजिकै नदीको वीचभागमा ठुलो ढुंगा छ, जसलाई किरात धर्मावलम्बीहरुले खुवालुङं भन्दछन् । किराती समुदायले त्यसलाई इतिहास र संस्कृतिको धरोहरको रुपमा पूजा गर्दै आएको छ । सोही ढुंगालाई प्रधानमन्त्री केपी ओलीले आफ्नो पानी जहाज चलाउने सपनामा बाधक भएको भन्दै फुटाएर हटाईदिने बताए पछि किराती धर्मावलम्बीहरु आन्दोलित बनेका छन् ।
केही समय अघी प्रधानमन्त्री केपी ओलीले बोलेको कुराले आफ्नो समुदायको आस्थामा नै चोट पु¥याएको भन्दै सम्पूर्ण किराती समुदाय तथा धर्मावलम्बीहरु आन्दोलित बनेका छन् । आदिवासी किराती समुदायले मान्दै आएको संस्कृति र सभ्यताको प्रतीकको रुपमा रहेको खुलालुङलाई नै प्रधानमन्त्रीले क्रेनले फुटाएर हटाइदिने बताएपछि उनीहरु आन्दोलित बनेका हुन । स–सानो स्वरुपमा हुँदै आएको विरोध अहिले भुसको आगो झै फैलिएँदै गएर ठुलो जंगल नै जलाउने अवस्थामा पुग्दै गएको देखिन्छ ।
सुनसरी, धनकुटा र उदयपुरको सिमा हुँदै बग्ने तमोर र अरुण नदी एक आपसमा मिसिने ठाउँलाई त्रिवेणी भनिन्छ । त्रिवेणीपछि ती नदीहरु सप्तकोशी भएर बग्ने गर्छ । सोही त्रिवेणी नजिकै नदीको वीचभागमा एउटा ठुलो ढुंगा रहेको छ । जसलाई सम्पूर्ण किराती धर्मावलम्बीहरुले खुवालुङ भनि पूजाआजा गर्दै आएका छन् । आफ्नो जातिय सभ्यताको इतिहासको रुपमा लिने गरेको छ ।

केहीबर्ष देखी सप्तकोशी नदीमा मोटर बोट चल्ने गरेको छ । प्रधानमन्त्रीले बाँडेको पानीजहाजलाई यही मोटर बोटको रुपमा व्याख्या पनि गर्ने गरेका छन् । यो मोटरबोट सञ्चालनका लागि नदीको वीच भागमा अवस्थित ढुंगाले अप्ठ्यारो भएको भन्दै बोट सञ्चालकहरुले झिकेर फाल्नु पर्ने माग गर्दै आएका थिए । मोटरबोट सञ्चालक व्यवसायीहरुको मागमा समर्थन गर्दै उत्साहित हुनु भएका प्रधानमन्त्रीले विराटनगरमा आएर क्रेन लगाएर फुटाएर फालिदिने अभिव्यक्ति दिनुभएको थियो ।
प्रधानमन्त्रीको यही अभिव्यक्तिपछि सप्तकोशी नदीमा रहेको ढुंगा जोगाउन किराती समुदायहरु आन्दोलित भएका हुन । गएको फागुन २३ गते नागरिक अभियन्ताहरुको उपस्थितमा कवि कलाकार तथा साहित्यकारहरुले पनि यसको विरोध गरेका थिए । किरातीहरुको संस्कृति मेट्न पाईदैन भन्दै उनीहरुले प्रर्दशन गरेका थिए ।
सानो आवाजबाट सुरु भएको खुवालुङ जोगाउने अभियान वृहत बन्दै गएको छ । यसको तत्काल सम्बोधन गरिनु पर्छ भन्नुहुन्छ पत्रकार भिषण राई । खुलालुङ संरक्षण अभियन्ताहरुले प्रधानमन्त्री केपी ओलीले बोेलेका कुराहरु गल्ति भएको भन्दै माफि माग्नुपर्ने बताउनुहुन्छ दिनेस कामदुगंखम्बु । प्रधानमन्त्रीले माफी नमागे यो आन्दोलन अझ कडा भएर जाने उहाँ बताउनुहुन्छ । किरात समुदायको आस्थाको धरोहरको रुपमा रहेको खुलालुङ अन्यको लागी यो ढुंगा मात्र रहे पनि किरातीहरुको सभ्यता हो यसको संरक्षण गर्न आवस्यक रहेको खुलालुङ संरक्षणका संयोजक बलराम राई बताउनु हुन्छ ।
सांस्कृतिक पहिचानको मागसँग जोडिएको खुवालुङ जोगाउने अहिलेको आन्दोलनको माग तत्काल सम्बोधन गर्न आवश्यक देखिन्छ । सबै जातजातिको संस्कृति उसको पहिचान हो । यसलाई बचाउन त्यो जातिको भूमिका अहम् हुन्छ । इतिहास नेपालको सम्पत्ति हो, यसलाई बचाउन किरातीमात्र हैन सबै लाग्न जरुरी छ ।

तपाईको प्रतिक्रिया