धरान÷ शनिवार धरान १६ स्थित रंगशाला खचाखच दर्शकले भरिएको थियो । कोरोना कहरका कारण लामो समयपछि भएको वडास्तरी गोधुली फुटबल प्रतियोगिता हेर्नकै लागि दर्शकको उपस्थिति बाक्लो रहेको हो ।
धरान फुटबल क्लवले २२ वर्षयता निरन्तर आयोजना गदै आएको बुढासुब्बा गोल्डकपको २३ औं संस्करण यसपटक आयोजना नगर्ने घोषणा गरेसँगै निराश बनेका दर्शक तथा खेलप्रेमीहरुले वडास्तरीय आयोजना हुँदै आएको गोधुली फुटबल प्रतियोगिताबाट बुढासुब्बा गोल्डकपको तृसना मेट्न मेटाएको बताएका थिए ।
प्रत्येकवर्ष यो सिजन धरान फुटबलमय बन्थ्यो । देश तथाविदेशबाट प्रतियोगिताकालागि आएका खेलाडी तथादर्शक र खेलप्रमीहरुले धरान रंगशाला खचखच भरिन्थ्यो । तर यसपटक बुढासुब्बा गोल्डकको २३ औ सस्करण नहुने भएको छ । कोडिका कारण चरम आर्थिक संकट झेलेको धरान फुटबल क्लबले गोल्डकप आयोजना नगर्ने घोषणा गरेसंगै निराश बनेका दर्शक तथा खेलप्रेमीहरुले वडास्तरीय गोधुली फुटबल प्रतियोगिताबाट तृसना मेटाएको दर्शक मनोज राई बताउँछन् ।
फुटबल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आएको बुढासुब्बा गोल्डकप आयोजना नभए पनि वडास्तरीय प्रतियोगितामा दर्शकहरुको उत्साहजनक सहभागिताले धरानमा फुटबल खेलको क्रेज बढेको यसले प्रमाणित गरेको सञ्चारकर्मी सन्तोष काफ्ले बताउछन् ।
बुढासुब्बा गोल्डकप नहुँदा सबै भन्दा बढी खेलाडीहरु मारमा परेका छन् । खेलाडीहरुले प्लेटफर्मको रुपमा लिदै आएको बुढासुब्बा गोल्डकप नहुँदा खेल करियरमा नै ठुलो असर पुगेको खेलाडी मिलन राई बताउँछन् ।
कोरोना कहरका कारण लामो समय खेलकुदका गतिविधि नहुँदा सर्वसाधारण निराश बनेका छन् । मोफसलकै पुरानो बुढासुब्बा गोल्डकप आयोजना नहुनु आफैमा दुःखद कुरा हो । यसको निरन्तरतामा अब तीन तहको सरकारले सहयोग गरेर सञ्चालन गरे फुटबल खेलमा नै भविष्य देखेको खेलाडीहरुको लागि सहयोग पुग्ने थियो ।
