शिलगुडी (पश्चिम बंगाल, भारत)÷ममता वनर्जीको तृणमुल काँगेसको वर्चस्व रहँदै आएको पश्चिम बंगालको चैत्र १४ गते देखि अर्थात मार्च २७ देखि अप्रिल २९ सम्म गरी आठ चरणमा हुने निर्वाचनमा यसपटक भारतीय जनता पार्टीले बाजी मार्ने आंकलन गरिएको छ ।
यतिबेला ममता वनर्र्जीको पार्टीका दिग्गज नेताहरु, चर्चित गायकहरु, फिल्म क्षेत्रका अभिनेताहरु धमाधम विजेपी पार्टीमा प्रवेश गरिरहेका छन् । यसपटक भारतीय जनता पार्र्टीले पश्चिम बंगालको विधानसभाको निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय पनि बनाएको छ । उसले ममता वनर्जीको खिलाफमा ठूलै दाउ लगाएको छ । वंगालको चुनावी रणनीतिलाई लिएर भाजपाले तीन लोकसभा सांसद र एक जना राज्य सभाका सांसदलाई मैदानमा उतारेको छ ।
आइतबार मात्र भारतीय जनता पार्टीले पश्चिम बगालको तेस्रो र चौथो चरणको निर्वाचनका लागि आफना ६३ जना उमेद्वारको सूचि सार्वजनिक गरेको छ । मुख्यमन्त्री समेत रहेकी ममता वनर्जीलाई मात दिन भारतीय जनता पार्टीले कुनै कसर बाँकी राखेको छैन । भाजपाले लगातार ममता वनर्जीका निकस्टहरुलाई पार्टीमा प्रवेश गराइरहेको छ । भाजपाका महासचिव अरुण सिंहले आइतबार सञ्चारमाध्यमलाई सम्बोधन गर्दै भन्नुभयो केन्द्रीय मन्त्री वावुल सुप्रियो समेत विधानसभाको निर्वाचन लड्दै हुनुहुन्छ । सुप्रियोलाई बंगालको टाँलिगंज क्षेत्रबाट उमेदवार बनाइने भएको छ । त्यही सांसद लाँकेट चटर्जी चुरचुरा क्षेत्रबाट निर्वाचन लड्दैछिन् । दिनहाता सिटबाट भाजपा संसद निसीथ प्रमाणिकलाई चुनावी मैदानमा उतारेको छ । जबकि भाजपा राज्यसभा सांसद स्वपन दाश गुप्ता तारकेश्वरबाट चुनाव लड्दै हुनुहुन्छ । रोचक कुरा त के छ भने भाजपाको चुनाव लड्ने लिष्टमा कैयौ सांसद, अभिनेता तथा अन्य कलाकारहरु रहेका छन् ।

बाबुल सुप्रियोकै कुरा गर्ने हो भने उहाँ प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमा क्यावनेट मन्त्री र असनसोलबाट भाजपा सांसद हुनुहुन्छ । पार्टीले उहाँलाई टाँलिगंज विधानसभाबाट उमेद्वार बनाएको छ । टाँलिगंज विधानसभा क्षेत्र दक्षिण २४ परगना जिल्ला र जावेदपुर संसदीय क्षेत्रको अधिनमा आउँछ । यो क्षेत्र तृणमुल काँगेसको वर्चस्व रहेको क्षेत्र हो । यहाँबाट हालसम्म तृणमुल काँग्रेस अस्तित्वमा आएदेखि उसैले निर्वाचन जित्दै आएको छ । ममता वनर्जीका नजिकका विश्वास पात्रहरुले पछिल्ला तीन चुनाव यहीबाट जित्दै आएका छन् । यसपटक पनि अर्थात चौथो पटक पनि यस क्षेत्रबाट चुनाव जित्नेमा उनीहरु अशावादी रहेका छन् । यस क्षेत्रमा ममता वनर्र्जीको तृणमुल काँग्रेस र कम्युनिस्ट बीचमा चुनावी प्रतिष्पर्धा हुँदै आएको थियो तर यस पटक यस क्षेत्रबाट निर्वाचन जित्नु उनीहरुका लागि फलामको च्युरा चपाउनु सरह हुने देखिइसकेको छ । किनकी यस क्षेत्रबाट अत्यन्तै लोकप्रिय भारतीय जनता पार्टीका बाबुल सुप्रियो चुनावी मैदानमा उत्रिएपछि अब उक्त क्षेत्रमा त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ ।
एउटा कुराचाहिँ भन्ने पर्ने हुन्छ टाँलिगंज विधानसभा क्षेत्र बंगाली फिल्म उद्योगको केन्द्रको रुपमा मानिन्छ । जसका कारण आजसम्म तृणमुल काँग्रेसका लागि उक्त क्षेत्र सुरक्षित रहको थियो । यही कारण भारतीय जनता पार्टीले सांसद बाबुल सुप्रियोलाई उक्त क्षेत्रबाट उमेद्वार बनाएको हो । उनलाई यस क्षेत्रबाट चुनाव लड्न किन पनि सहज छ भने उनी बंगाली फिल्मका अत्यन्तै चर्चित गायक समेत हुन् । अर्कोतर्फ कमरहाटी लोकसभा सिटबाट भाजपा सांसद लाकेट चटर्जी रहनु भएको छ । लाकेट चटर्जीसँगको प्रतिष्पर्धा तृणमुल काँग्रेसका विद्यायक आसित मजुमदारसँग हुँदैछ । लाकेट चटर्जी सांसद भएर पनि विधान सभाको निर्वाचनमा टिकट दिएर प्रत्यासी बनाउनु भाजपाको चुनावी रणनीति नै हो । लाकेट चटर्जीको छवि अत्यन्तै प्रभावशलाी रहेको छ । यस्तो उमेद्वारलाई चुनावी मैदानमा उतारेपछि तृणमुल काँग्रेसका लागि निर्वाचन जित्न सहज देखिदैन ।
यसका अलावा कुच विहार क्षेत्राट भाजपाका सांसद निसिथ प्रमाणिकलाई भाजपाले दिनहाट विधानसभा सिटबाट प्रत्यासी बनाएको छ । दिनहाट विधानसभा सिट निसिथ प्रमाणिकको लागि अत्यन्तै सहज देखिदै आएको छ । कुचविहार क्षेत्र अत्याधिक मुस्लिम बाहुल्य क्षेत्र भएपनि यसपटक त्यहाँका मुस्लिमहरु तृणमुल काँग्रेसलाई मत नदिने पक्षमा उभिएका छन् । त्यसै पनि निसिथ प्रमाणिकका लागि आफनै संसदीय क्षेत्र पनि हो । पश्चिम बंगालका लागि यहाँबाट निर्वाचन जित्नु ठूलो कुरा मानिन्छ । एक समय यो अल इण्डिया फारवर्ड ब्लांकको गढ मनिने गथ्र्यो । तर २००६ मा टिएमसीले यहाँबाट निर्वाचन जितेको थियो । त्यसैबेलादेखि यो क्षेत्र टिएमसीको कब्जामा रहँदै आएको छ । भाजपाले ममता वनर्जीको क्षेत्रमा चुनौति दिन आफ्ना राज्यसभा सांसद स्वप्न दाश गुप्तालाई बंगालको तारकेश्वर विधानसभा सिटमा उमेद्वार बनाएको छ । यो क्षेत्र तृणमुलको २०११ पछि मजबुत क्षेत्रको रुपमा मानिदै आएको छ । यहाँबाट रचापाल सिंहले सन २०११ देखि लगातार जित्दै आएका छन् । यसपटक पनि हेट्रिक लगाउन उनी त्यही क्षेत्रबाट उठ्दैछन् ।
