धरान÷खानेपानी समस्यामा मेयर तिलक राईले चासो नदिएको भन्दै जनप्रतिनिधिसहित स्थानीयले सोमबार धरान उपमहानगरपालिकाको आठौं नगरसभालाई अवरोध पु¥याएका छन् । उनीहरुले नगरसभा कक्षको मुल ढोकामा घराबन्दी गदै मेयर विरुद्ध चर्को नाराबाजी गरेपछि नगरसभा प्रभावित बनेको हो ।
दिउसो १ बजे सुरु गर्ने भनिएको नगरसभा अवरोधका कारण करिब ३ घण्टापछि सुरु भयो । नगरसभा आउँदो फागुन २१ गते पुनः सञ्चालन गर्ने गरी स्थगित गरियो । एकिकृत शहरी विकास आयोजना अन्तर्गतको धरान खानेपानी बोर्डको आयोजना सम्पन्न भएपनि मेयर राईकै कारण पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको उनीहरुको आरोप छ । धरान १९ का वडा सदस्य राजकुमार राईले ‘मेयरकै कारण खानेपानी समस्या समाधान हुन नसकेको आरोप लगाए । खानेपानीको विषय आउदो फागुन २१ गतेभित्र पूर्ण रुपमा हल गर्ने मेयर राई र आन्दोलित पक्षबीच मौखिक सहमति भएपछि नगरसभा सुरु भएको थियो । मेयर राईले खानेपानी समस्याको विषयमा आफु गम्भिर रुपमा लागिरहेको र यही फागुन २१ गते भित्र जसरी पनि पूरा गर्ने बताउनुभयो । यता आन्दोलित बनेका धरान १९ का वडासदस्य राजकुमार राईले संस्थानलाई बोर्डमा ल्याएर नगरबासीलाई सहज रुपमा खानेपानी खुवाउन पटक पटकको आग्रह बेवास्ता गरेपछि बाध्य भएर आन्दोलित हुनुपरेको बताउनुभयो
