राजनीतिक अस्थिरताले विकास निर्माणका काम रोकियो

धरान÷कोभिड १९ कोरोना र राजनीतिक अस्थिरताका कारण सबै क्षेत्र प्रभावित भएसंगै विकास निर्माण कामहरु समेत ठप्प भएका छन् ।
कोरोनाका कारण समयमै बजेट निकासा नहुदा यस्ता विकास निर्माण प्रभावित भएको हो भने राजनीतिक अस्थिरताले थप जटिलता निम्त्याउँदा यस्ता विकासका निर्माणहरु प्रभावित बनेका हुन् ।
यसको प्रत्यक्ष उदाहरण बनेको धरान ६ पानबारीबाट मोरङको राजारानीसम्म बन्दै गरेको सडक आयोजना । १ हजार ८ सय ४० मिटर दूरीको काममा हालसम्म ३ सय मिटर कच्ची सडक र डे«नको काम सम्पन्न भएको छ । एक बर्षको अवधिमा अर्थात ०७७ असार ३ गते सम्झौता भई काम शुरु भएको ०७८ जेष्ठ २३ गते सम्पन्न गर्ने भनिए पनि कोरोनाका कारण समयमै बजेट निकासा नहँुदा काम रोकिएको थियो । करिब १० लाख रुपैया खर्च भइसकेको बताएइको निर्माणको जिम्मा पूजा निर्माण सेवाले जनाएको छ । १ करोड १८ लाख ५३ हजारमा सम्पन्न हुने भनिएको सो सडक पछिल्लो राजनीतिक घट्नाक्रमले बजेट निकासा नहुदा रोकिएको हो ।
कोरोना संक्रमण र राजनीतिक अस्थिरताका कारण सडक समयमै बन्न नसकेको सडक निर्माण समितिका सचिव राजेन्द्र न्यौपानेले बताउनुभयो । उहाँले सडक निर्माण अलपत्र पारेर ठेकेदार नै लापत्ता भएको बताउनुभयो ।
यता स्थानीयहरु समेत बाटो बन्ला र पानबारी र राजारानी पर्यटकी स्थल हुनेमा ढुक्क थिए । तर अहिले बीचैमा निर्माणको काम रोकिएपछि स्थानीय भैरवबहादुर राना मगर बाटो बन्ने हो या होइन अन्यौलता छाएको बताउनु हुन्छ ।
यता निर्माण कार्य बीचैमा छाडेर गायव भएको पुजा निर्माण सेवाले भने प्रदेश सरकारले बजेट नपठाएकै कारण काम बीचैमा रोकिएको छ ।
शुरुमा कोरोना माहामारीले विभिन्न समस्य निम्त्याएको र पछि राजनीतिक खिचातानीका कारण प्रदेश सरकारले समयमै बजेट नदिदा समस्या भएको निर्माण कम्पनीका कुमार विश्वकर्मा बताउनुहुन्छ ।
पछिल्लो समय कोरोनाका कारण रोकिएका विकास निर्माण कोरोनाबाट सहज बन्दै गएको अवस्थामा पुन देशमा भएको राजनीतक अस्थिरताले विकास निर्माणमा थप समस्या निम्त्याएको छ । राजनीतिक अस्थिरताकै कारण निर्माण शुरु भएका विकास निर्माणका काम भने रोकिनु दुर्भाग्यपूर्ण हो ।

तपाईको प्रतिक्रिया