इटहरी÷चर्चित कलाकार विक्रमश्रीको अथक परिश्रम र मेहनतबाट निर्माण भएको इटहरीको चर्चित काव्य वाटिकामा इटहरी उपमहानरपालिकाको गिद्धे दृष्टि मात्र परेको छैन काव्य वाटिकाको सुन्दर संरचना नै विनास गर्न उत्रिएको छ ।
कला, सँस्कृतिको संरक्षण स्थल काव्यवाटिका यतिबेला इटहरी उपमहानगरपालिकाका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरुले परिषरमा बर्षौदेखि हुकाईका दर्जनभन्दा बढी रुख काटेर तमासा देखाएका छन् । संरक्षणमा उत्रनु पर्ने स्थानीय सरकार नै विनाशमा उत्रिएको कलाकर्मी, साहित्यकारहरुले दुःखेसो पोखेका छन् ।
काव्यवाटिकामा इटहरी उपमहानगरपालिकाले वडा कार्यालय बनाउने निर्णय गर्दै त्यहाँ भएका संरचनामाथि डोजर लगाइएकोप्रति प्रगतिशील लेखक संघ सुनसरीले खेद व्यक्त गरेको छ । संघका अध्यक्ष रामप्रसाद खरेलले आइतबार इटहरी उपमहानगरपालकाले वार्ड कार्यालय बनाउने निर्णय गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । उहाँले काव्यवाटिकाको संरचना नविगार्न सम्बन्धित निकायलाई अनुरोध समेत गर्नुभएको छ । सबै स्रष्टाहरुलाई एक भई काव्य वाटिका संरक्षण अभियानमा लाग्न पनि अपिल गर्नुभएको छ । उहाँले उक्त स्थानलाई कला, साहित्य र सँस्कृतिको केन्द्रको रुपमा विकास गदै स्थापित गर्न सके सहरकै प्रतिष्ठा उच्च हुने छ, वडा कार्यालय अन्यत्र स्थापना गर्दा पनि हुने खरेलले जनाउनु भएको छ ।
काव्य वाटिकामा डोजर चलाएपछि त्यहाँका कलाकृति चोरी भएका छन् । कलाकार विक्रमश्रीले सामाजिक सञ्जालमा कलाकृति चोरी भएकोप्रति अत्यन्तै दुःख व्यक्त गर्नुभएको छ । सञ्जालमा उहाँले लेख्नु भएको छ इटहरी मेर्टि«क्सका कलाकृति चोरी ? यो दष्ुट्याई ?? †† दशकौदेखि चोरीका घट्ना नघटेको मेट्रिक्स परिषरभित्रबाट लाखौ मूल्यका चित्र १८ थान, मूर्ति १० थान, शालिक ६ थान, विद्युतीय उपकरण, कुर्र्सी ४० थान लगायतका सामाग्री चोरी भएका छन् । अनुसन्धान शुरु भएको छ । मेरो सिर्जनासहित प्रदेश १ का विभिन्न क्षेत्रमा रहनु हुने मूर्तिकार चित्रकारका प्रतिनिधि सिर्जना चोरी भएका हुन् । दलको दलदलमा फसेकहरु नबोल्लान् काव्य वाटिकाले सचेतहरुको साथ पाउनेछ अझ नयाँ पुस्ताको साथ पाउने छ ।
