घण्टाघरबाट हेर्दा

घु“डा टेकाएरै छाड्ने रे
जड्याहाले टन्न जाँड धोकेर घर परिवार र छर छिमेकाई तथानाम आमाचकारी गाली गर्दै हिडेझै यतिबेला पर्धानमन्तरी भैसक्या तीन जना सत्ता, भत्ता र पद नपाएर तथानाम फलक्दै हिड्या छन । तिनका छुद्र थुतुनोबाट निस्किएका वाणी सुन्नै नसकिने भएाक छन् । त्यस्ताले पर्धानमन्तरी खप्रआलाई घुँडा टेकाएरै छाड्ने भन्दै कहिले सडकमा पसारिन्छन, कधहिले सडकमै खुट्टा बर्जान, कहिले के गर्छन त कहिले के गछन् । उनेरले त्यसलाई आन्दोलन भन्या छन् अस्तिका दिन विराटनगरमा आएर फलाक्नु फलाकेछन् । अब खप्रओलाई घुँडा टेकाएरै छाडिन्छ । तिन्ना कुरा सुनेर जग नै खित्का छाडेर हास्न थाल्या छ । तिनले खप्रओलाई कसरी घुँडा टेकाउँदा होलान् ? आफै धोती न टोपी भएको हेक्का तिनलाई अझैसम्म रै’नछ । खपओलाई मुन्ट्याएर आफू हालीमुहाली गरमला भन्ने कत्रो धोको थियो । विचराहरु यतिबेला घर न घाटका भा’छन् । कहिले माइतीघरमा हामी यता छम भनेर रोइलो गर्छन्, कहिले बुर्कुसी मारेर पूर्व दर्गुछन्, कहिले पश्चिाम दर्गुछन् । दगुर्दा दर्गुदै विचराहरु सेन्टिÏलाट होलान जस्तो छ ।
बलिदान दिनुपर्छ रे
आयाराम गयाराम उपनाम पाएका ती बाउराम भन्ने मान्छेले अस्तिका दिन भन्या संविधान र संघीयता जोगाउन अब लाखौले बलिदान दिनपर्छ रे । हैन हौ तिन्को बुद्धिको भाँडोमा विर्र्को लाग्या नै हो ? सधै अरुले बदिलान दिएर बाजेलाई सिँढी चढाइदिनुपर्ने ? संविधान, संघीयता, गणतन्त्रले जन्तालाई के लछारपाटो लगाइद्या छ ? यसरी जन्तालाई उल्लु त बनाउनु भएन नि † अरुले बलिदान गर्दिएर आफू सत्ताको भ¥याङ्ग चडुम्ला भन्ने बाजे कम्ता चतुर छन् ? हैन हौ ती बाजेले जन्तालाई भेडै ठान्या छन् कि क्या हो ? अब कसैले बलिदान गर्लान जस्तो छेन । दायाँ बायाँ गोडाचारेक जन पनि नहुने बाजेले अँध्यारो काठोमा बसेर सिहसिलासँग हिस्स हाँसेर अरुलाई उल्क्याउने र पुल्याउने काम अब नगरेकै वेश, कि कसो हौ ?
गनगनेको गनगन
काम धन्दा नगरी बोलेरै पेट पाल्ने, अकूत आर्जन गर्ने, खिलाई पिलाई गरेर नन्दीभृंगीहरुको जमात तयार पारेर गोरस धन्दा चलाउँदै आएका लाँग्रेसका एक जना गनगने काजीले हिजोआज आफ्नो थुतुनो अलि बढी नै बजारको घण्टाघरलाई मात्र हैन अरुलााई नि महसुस हुन थाल्या छ । अब हेरम न अस्तिका दिन तिन्ले काँग्रेसलाई लड्डुमात्र भनेनन् लद्धु पनि भनेछन् । जुन थालमा खायो त्यही थालमा आँची गर्ने प्रवृत्ति त गनगने काजीको स्वभावै हो । काँग्रेस लड्ड र लद्धु भए तिनको अ‍ैसियत पनि त्यस्तै त होला ? अरुलाई चोरी औँला देखाउँदा चारवटा औलाले आफूलाई नि आरोप लगाइ रा’ हुन्छ भन्ने कुरा गनगने काजीले भुसुक्कै बिर्सिएछन् । तिन्लाई नेता, मन्त्री, सांसद त्यही लद्धु काँग्रेसले नै बनाइद्या होला ।
अध्येक्षे पद चैट
सडकबाट अध्येक्षे पद पाएका माकुन्याउको अध्यक्षे पद सडकमै खोसिएको छ । प्रचण्डाउले फुरुक्क पार्न माकुन्याउलाई सडकमा अध्येक्षे बनाइ द्या थे । अध्येक्षे पाएसी’ माकुन्याउका खुट्टा भुईमा थेनन् । बडो गजक्क परेर आफैले आफूलाई कमरेड माधव अध्येक्षे लेखाउथे । सडकबाट अध्येक्षे पाएपछि माकुन्याउले प्रचण्डाउको कम्ता गुनगान गाएनन् । प्रचण्डाउ जस्तो इमान्दार कोही छैनन् भनेर बखान ग¥या ग¥यै गरे विचराको अनुहारको प्रशन्नता, मुस्कान, चुरीफुरी धेरै दिन टिक्नै पाएनन् ।
निर्वाचन आयोगले विचरा माकुन्याउको खुशी, मुस्कान, प्रसन्नता एकाएक अस्तिका दिन खोस्या छ । अर्काले दिएको अध्येक्षे पद वैध हुने कुरै भएन । ३३ दिनमै अध्येक्षे पद खुस्किएसी विचरालाई यतिबेला भाउन्न भएको छ । निर्वाचन आयोगले सबैको खुशी त्यसरी खोस्न मिल्र्दन भनेर माकुन्याउका नन्दीभृंगीहरुले आन्दोलन गर्न बेर छैन ।
जुत्ता प्रहार
गणतन्त्र चलचित्रका नायक प्रचण्डाउमाथि अस्तिका दिन विराटनगरमा उनको डाइलग सुन्न आएकाहरुले जुत्ता प्रहार गरेछन् । प्रचण्डाउमाथि जुत्ता प्रहार हुनु खेदजनक कुरा हो यो गनतन्त्रमाथिकै प्रहार हो । गणतन्त्र चलचित्रमा खेल्ने अन्य कलाकारमाथि पनि अबका दिनमा जुत्ता, ढुंगा, मुढा प्रहार हुन सक्छ । यस्तै अवस्था रहेमा गणतन्त्र चलचित्र Ïलप हुन सक्छ, दर्शहरु घट्दै जान्छन्, गणतन्त्र चलचित्रको भविष्य नै नेपालमा अँन्धकार हुन सक्छ । गणतन्त्र चलचित्र Ïलप हुनु भनेको हजारौ लाखौ कलाकारहरु बेरोजगर हुनु हो । यही चलचित्रले कैयौ कलारहरुले आफ्नो घरजम गरेका छन्, समाजमा उनेरको फूर्तिफार्ति बढेको छ, गाडी घोडा खरिद गरेका छन् । चलचित्र Ïलप भएमा उनीहरुको रोजीरोटी ठप्प हुन्छ, मुलुकमाँ बेरोजगारको संख्या बढ्छ । त्यसैले यसका नायक र अन्य पात्रमाथिको प्रहार राज्यले रोक्नुपर्छ, कि कसो हौ ?
मिलाउने ताकत छ रे
एकता अभियान लिएर झुल्किएका बाउदेउ गोतमको कुरा सुन्दा त्यसै त्यसै कन्सिरी रन्केर आउँछ । हैन आफूलाई तिन्ले तीसमार खाँ नै सम्झन्छन् कि क्या हो ? प्रतिनिधिसभामा कन्दनी सम्म खुस्केर नाँगै भएका गौतम रोइकराई गरेर पछिल्तिरको ढोकाबाट छिरेर राष्ट्रिय सभामा पुग्या छन् । अहिले आएर बडो फूर्ति लगाउन थाल्या छन् । नेकपाको विवाद मिलाउने ताकत मसँग छ भनेर तिन्ले फूर्ति लगाउनु र हुटिट्याउले आफैले सगर थाम्या छु भन्ने भ्रम पाल्नु एउटै हो । मिलाउने औकात भैद्या भए अहिलेसम्म संगुरले पूर्णिमाको जुन टुलुटुलु हेरेझै हेरेर फुइøयाँ बस्या त ? यत्रो रडाको मच्चिएको तिन्का टोड्काले देख्या थिएनन ? कसैले तपाई भनोस कि नभनोस आफै मपाई । फेरि तिन्ले त्यो ताइ न तुईको के को राष्ट्रिय अभियान खोल्या होला ?
फेरि भंग गर्दिन रे
माकुने–प्रचण्डाउ यतिबेला सर्वोच्च अदालतलाई संसद व्युताई देउ कि व्युताई देउ भनेर चिच्याउँदा चिच्याउँदा हिरिक्क भैसकेछन् । तिनको अन्य रोदन देखेर संसद व्यूताइदिए भने खप्रओले फेरि विघटन गर्दिने रे । सर्वोच्च अदालत नि बडो दोधारमा प¥या छ । व्युत्याइ दिउ फेरि खप्रओले विघटन गर्दिहाल्छन्, फेरि बहस कचकरी चल्छ, नविउँताउ माकुने–प्रचण्डाउले सडकमै प्राण छाड्लान भन्ने त्रास । प्राण छाडेभने फेरि अर्को आपत्त † ब्राम्हण अपहत्तेको अवगाल । विचरा न्यायाधीशलाई नि कम्ता टेन्सिन छैन ।
अन्तेमा
नेपालका नेताहरु बेइमान होलान भन्या त नागरिक समाज, ताइ न तुइको बेकामे नागरिक समाज पनि बेइमानका झुण्ड नै रहेछन् । अब हेरम न खप्रओले मात्र अध्येक्षे, प्रधानमन्तरी खायो हाम्लाई दिएन भनेर उत्पात मच्चाएर कामै गर्न नदिएसी संसद भंग भयो । अहिले नागरिक समाज, मानव अधिकारकर्मी माकुने–प्रचण्डाउकै लोलीमा बोली मिलाउँदै तिनैको फुर्को अँठ्याएर दुगर्न थाल्या छन् । उखु किसानले मेहनतको पैसो नपाउँदा एक महिना आन्दोलन गर्दा ती चुइँक्क बोलेनन्, निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा तिनको थुतुनो उघ्रिएन, गंगामायाले छोराका हत्यारालाई कार्वाही गरी पाउँ भनेर यत्तिका दिनदेखि अनसन गर्दा ती घरबाट निस्केनन् । अहिले सडकाँ निस्केर असंवैधानिक कदमको विरुद्धमा भन्दै उफ्रन थाल्या छन् । अस्तिका दिन तिन्लाई ढाँड सोझो हुने गरी बलाल्वाटारमा पानीका फोहोरा हान्दा जन्ताले ख्याल मज्जाले ताली पिटेनन् । सबैका नजरमा जोक्कर बन्दै गएका ती अधिकारकर्मी, नागरिक समाज कस्को इसारामा नाच्न थाल्या
होलान् ?

तपाईको प्रतिक्रिया