दुई करोडको लगानीमा धरानमा सुविधा सम्पन्न होटल धरान किचेन सञ्चालनमा

धरान÷आन्तरिक एवम् वाह्य पर्यटकसँगै परिवारलाई समेत लक्षित गरी धरानमा दुई करोडको लागतमा सुविधा सम्पन्न होटल धरान किचेन सञ्चालनमा आएको छ ।
होटल व्यवसायी कृष्णप्रसाद पाठक सञ्चालक रहेको होटल धरान किचेनले यस भन्दा अगाडि धरानका दुई स्थानमा भिन्न स्वाद र परिकारको एकै नामको होटल धरान किचेन सञ्चालनमा ल्याइसकेको छ । धरानको भानुचौकमा सञ्चालित पारिवारिक जमघट र खानाका लागि सञ्चालनमा रहेको छ भने धरानको बगरगाछीमा रहेको पेय पदार्थ र सेकुवाको लागि चर्चित रहेको छ ।
माघ १० गते शनिवारदेखि विधिवत सञ्चालनमा ल्याइएको तेस्रो होटल धरान किचेन धरानको सबैभन्दा सुविधा सम्पन्न होटलको रुपमा रहेको छ । सञ्चालक कृष्णप्रसाद पाठकले दिनुभएको जानकारी अनुसार हाल सञ्चालनमा आएको होटल किचेनमा दुईवटा भिआइपी रुम, चारवटा डिलक्स रुम, १० वटा स्टेन्डर्ड रुम र ६ वटा नर्मल रुम रहेका छन् । यसका अलावा होटलमा दुई वटा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, पार्टी प्यालेस, सबै रुममा एयर कन्डिशन, टेलिभिजन, २४ सै घण्टा तातो चीसो पानीको व्यवस्था, प्रत्येक कोठामा पानी तताउने जग, तुथ पेष्ट, टुथ ब्रस, नुहाउने साबुन, प्रत्येक कोठामा इन्टरकम टेलिफोन, पाहुनाहरुका लागि ल्याउने र लैजाने सवारी साधनको व्यवस्थासँगै विवाह, जन्मोत्सव, वैवाहिक बर्षगाँठ र साँस्कृतिक कार्यक्रम गर्नका लागि उचित प्रबन्ध मिलाइएको छ ।
यस भन्दा अगाडि दुईवटा होटल सञ्चालनमा एकै नामबाट ल्याइसक्नु भएको छ । तेस्रोको आवश्यकता किन महसुस गर्नुभयो त भन्ने सवालमा सञ्चालक पाठक भन्नुहुन्छ धरान पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्य स्थल हो । आन्तरिक तथा वाह्य पर्यटकहरु बस्नका लागि सुविधा सम्पन्न होटलको आवश्यकता महुस गरेरै हाल सम्पूर्ण पूर्वाधर सहित यो होटल सञ्चालनमा ल्याएको हो । उहाँले भन्नुभयो होटलमा आवासीय सुविधासहित नेपाली, चाइनिज, इण्डियन, इटालियन, कन्टिनेन्टल लगायतका खाना उपलब्ध गरहेका छन् । होटल किचेनमा सिटिइभिटीबाट मान्यता प्राप्त, होटल म्यानेजम्यान्ट अध्ययन गरी २० औं बर्ष तारे होटलहरुमा काम गरिसकेका दक्ष र अनुभवि कुक, वेटरबाट पाहुनाहरुका लागि सेवा उपलब्ध गराउनुका साथै नयाँ वेटर, कुकका लागि तालिमको व्यवस्था समेत होटलले उपलब्ध गराएको सञ्चालक पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया