मोरङ÷ बिराटनगर–१७ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा PASMO-PROXYVON१६९ ट्याब्लेट, NITRAVET १५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC२० बोतल लागुऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका लामिछानेका विषयमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
