धरान÷ सहरमा फोहोर व्यावस्थापनको दीर्घकालिन समाधान नहुँदा फोहोर फाल्ने स्थानको रुपमा खोला खोल्सीलाई प्रयोग गरिन्छ । धरान उपमहानगरपालिका समेत यो समस्याबाट अछुतो रहन सकेको छैन । उपमहानगरले वर्षौ देखि फोहोर व्यावस्थापन गर्न नसक्दा नगरका अधिकांस खोल्साखोल्सी डम्पिङ साइट बनेका छन् । खोलाखोल्सीमा थुप्रिएको फोहोरले स्थानीयबासीको स्वास्थ्यमा ठुलो असर पु¥याएको छ भने नगरको सौन्दर्यता विगारेको छ ।
पहाड र तराईको संगम स्थल धरान उपमहानगरपालिकालाई पूर्वको सफा अनि सुन्दर सहर भनेर चिनिन्छ । तर, नगर क्षेत्र भित्र रहेका अधिकांस खोला खोल्सीमा जथाभावी फोहोर फालिएको छन् । यसले धरान सहरमा वातावरण प्रदुषित हुनुका साथै सफा सहरको उपमा पाएको धरानको परिचय नै गुम्ने खतरामा छ । खोलाखोल्सीको छेउका स्थानीयबासी अझ धेरै मारमा परेका छन् । नगरको सरसफाइमा उपमहानगरसंगै स्थानीयबासी समेत सचेत नभएको धरान १२ की कल्पना विश्वकर्मा बताउनुहुन्छ । ‘धरान उपमहानरपालिकाले फोहोर व्यवस्थापन गर्ने भन्छ नजिकै रहेको खोल्सामा समेत फोहोर व्यवस्थापन गर्न सकेको छैन । हामी स्थानीयलाई दुर्घन्ध फैलिएर बस्नै गाह«ो भइसक्यो ।’
धरान १३ का स्थानीय कुसुम राई र केसवीर राईको भने फोहोर व्यवस्थापनका सवालमा भिन्दै मत छ । उनीहरुले नगरपालिकालाई दोष दिनुभन्दा पनि स्थानीय सर्वसाधारणहरु नै सचेत नहुँदा दिनप्रतिदिन समस्या थपिदै गएको बताउँछन् ।
नगरलाई प्रदुषित हुनबाट जोगाउन उपमहानगरले विभिन्न अल्पककालिन योजना अगाडी सारेपनि त्यसले सार्थकता पाउन नसक्दा उपमहानगरका लागि यो समस्या दिनानुदिन चुनौत थपिदै गएको छ । यो समस्यालाई मध्यनजर गदै उपमहानगरले सातौं नगरसभाले
वातावरण तथा प्राकृतिक स्रोत ऐन पास गरिसकेको र फोहोर व्यवस्थापनका लागि सोही ऐन अनुसार काम अगाडी बढाउने धरान उपमहानगरपालिकाका वातावरण निरीक्षक राजु चौहान बताउनु हुन्छ ।
धरानमा करिब १ लाख ५० हजार जनसंख्या रहेको छ । धरानको फोहोरले धरानलाई मात्र हैन आसपासका क्षेत्रलाई समेत ठुलो असर पु¥याएको छ । खहरे खोल्सीमा जम्मा भएका फोहोर वर्षातको समयमा बगेर कालाबञ्जार, बकलौरी लगायतका धान खेतीमा क्षति पु¥याउने गरेको छ । यस विषयमा ति क्षेत्रका स्थानीयबासीले पटक–पटक धरान उपमहानगरमा आएर विरोध जनाउदै फोहोर व्यावस्थापनको लागि माग समेत गदै आएका छन् । त्यसैले उपमहानगरले खोला, खोल्सीमा जम्मा भएका फोहोर व्यावस्थापन चाडो गर्न नसके यसले विकराल समस्या ननिम्तिएला भन्न सकिन्न ।
