सांसारिक माया मोह त्याग्न साधु भएको साधुहरुको भनाई

धरान÷ साधु, संस्कृत शब्द हो जसको सामान्य अर्थ ’सज्जन व्यक्ति’ भन्ने हुन्छ । जसले कुनै अर्कों व्यक्तिको कार्य गर्ने गर्दछ, उ साधु हो, भन्ने उल्लेख गरिएको छ । वर्तमान समयमा गेरू वस्त्र धारण गर्नेलाई साधु भन्ने गरिएको छ तर वास्तवमा साधुको मूल उद्देश्य समाजलाई पथप्रदर्शन गर्दै धर्मको बाटोमा हिडेर मोक्ष प्राप्त गर्नु हो । साधु सन्यासी गण साधना, तपस्या गर्दै वेदोक्त ज्ञानलाई संसारमा फैलाएर आफनो जीवनलाई त्याग र वैराग्यमा बिताउ“दै ईश्वर भक्तिमा विलीन हुने व्यक्तिलाई साधु भनिने गरिन्छ । हिन्दू र जैन धर्ममा धार्मिक सन्यासी, भिक्षु वा कुनैपनि पवित्र व्यक्ति जसले सांसारिक जीवनलाई त्याग गरिसकेको छ उसलाई साधु भन्ने गरिन्छ । तर साधु बन्नेहरु प्रायः गर्ेर पारिवारिक अपेहलनाका कारण बनेको बताउने गरेका छन् ।
साधुको अर्थ जे भएपनि जुनसुकै कारणले साधु रुप धारण गरे पनि धेरै जसो पारिवारिक वितृष्ण, सांसारिक मायाजालबाट टाढा बन्नको लागि साधु बनेको स्वयम् साधु रुप धारण गर्नेहरु बताउछन् ।
विगत २८ बर्षकै उमेरमा सबै कुरा त्यागेर साधु बनेका मेहन्त गिरी सार्थकता जीवन जिउनको लागि साधु भएको बताउनुहुन्छ । अहिले ६० बसन्त पार गरिसक्नु भएका उहाँले जीवनमा माया, मोह र लोभले मानिसलाई कहिल्यै मुक्त नदिने र सतातन धर्मको रक्षाको लागि आफू युवा अवस्थादेखि नै साधु बनेको बताउनुहुन्छ ।
कोही पारिवारिक अपहेलनाका कारण बाच्नकै लागि साधु रुप धारण गर्नुपर्ने बताउने गरेका छन । विगत २० बर्ष भन्दा लामो समयदेखि साधु बनेर मन्दिर तथा धर्मशालामा रात विताउदै आउनु भएकी ६३ बर्षीय राधादेवी दाश र ६० बर्षीय अमृत गिरीले भने पारिवारिक अपहेलनाकै कारण बाध्य भएर साधु बनेको बताउनुहुन्छ । साधु हुनुमा आफ्नो कर्मलाई दोष दिनुहुन्छ ।
३० बर्ष भन्दा लामो समयदेखि साधु जीवन विताइरहनु भएका एम गिरीले साधुको जीवनमा एक प्रकार तनावमुक्त हुने बताउनुहुन्छ । उहाँले संसारमा भएका कुनै कुराको प्रवाह नहुने बताउनुभयो । सांसारिक माया मोहलाई त्यागेर नेपाल लगायत
भारतका विभिन्न हिन्दु सनातन मठ मन्दिरमा घुम्ने, दिएको कुरालाई ग्रहण गर्नेबाहेक अर्को उद्देश्य आफूहरुको नहुने उहाँ बताउनुहुन्छ ।
यता लामो समयदेखि साधु जीवन विताउदै आउनु भएका प्रमोद गिरीले भने परिवारमा ठूलो बजपात परेपछि संसारिक माया मोहलाई त्याग्दै साधुको रुप धारण गरेको बताउनुहुन्छ ।
अहिलेसम्म साधुको कुनै संंघ संगठन भएको पाइएको छैन । नेपालमा कति साधु छन् भन्ने कुराको तथ्यांक समेत पाइदैन । साधु जीवन विताउने कुनै न कुनै कारण रहेको उनीहरु बताउछन् । उनीहरुको जीवन कारुणिक भएको उनीहरुकै भनाईबाट प्रष्ट हुन्छ । गर्मी, जाडो, बर्षातको समयमा समेत अत्यन्तै कष्टकर जीवन विताउदै जीवन निर्वाह गरेका उनीहरुका लागि राज्यले समेत त्यस्तो केही सोचेको पाइदैन । युवा अवस्थादेखि उमेर ढल्किन लागेका प्रौढ समुदाय समेत साधु जीवन विताइरहेका छन् । उनीहरु जस्तोसुकै दुख कष्टमा पनि सहन गर्ने शक्ति भगवानले दिएको बताउछन् ।

तपाईको प्रतिक्रिया