धरान÷नेपालको औपचारिक भ्रमणको क्रममा भारतीय विदेश सचिव हर्षबद्र्धन सृगलाले मंसिर १२ गते काठमाण्डौस्थित (AIDIA (Asian Institute of Diplomacy and International Affairs) ले आयोजना गरेको नेपाल–भारत सम्बन्धमाथि प्रकाश पार्नुभएको थियो ।
सम्बोधनका क्रममा उहाँले दुई देश बीचको सम्बन्धको वहुआयामिक शक्ति तथा यसलाई अगाडि बढाउने अवधारणाका बारेमा चर्चा गर्नुभएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । दुतावासले एक विज्ञप्ती प्रकाशित गरी सचिव हर्षबद्र्धन सृंगलाले मंसिर १२ गते नै गोरखा जिल्लाको भ्रमण गर्नुभएको र भारतीय सहयोगमा पुनः निर्माण भएका तीनवटा विद्यालयहरु महालक्ष्मी, रत्नलक्ष्मी र श्रीताराको नेपाल सरकार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाको उपस्थितिमा संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । वि.सं. २०७२ सालको महाभुकम्पले यी तीनवटै विद्यालयहरु पूर्ण रुपले क्षतिग्रस्त भएका थिए । ती तीनवटा विद्यालयमा करिब १६ सय विद्यार्थीहरु अधययनरत रहेका छन् । नव निर्मित भुकम्प प्रतिरोधात्मक भवनका लागि भारत सरकारले ५० मिलियिन अमेरिकी डलर खर्च गरेको थियो । अन्य नौ जिल्लामा पनि ७१ वटा शैक्षिक संस्था निर्माण भइरहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएका छ । भारतीय सहयोगमा लाभान्वित हुने नौवटा जिल्लाहरुमा गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रे पलान्चोक, धादिङ्ग र काठमाण्डौ रहेका छन् ।

विद्यालय उद्घाटनका क्रममा सचिव सृगलाले राज्यका लागि शिक्षामा गरिने लगानी सर्वोत्कृष्ट लगानी भएको बताउनु भएको थियो । उच्च प्रभाव समुदाय विकास परियोजना (High Impact Community Development Project) योजना अन्तर्गत नेपाल सरकारले उक्त क्षेत्रमा गरेका प्रयासलाई सघाउन भारत सरकारले सन २००३ देखि नेपालभरि करिब २७० शैक्षिक संस्थाहरुको निर्माण गरिसकेको छ । विदेश सचिव सृगालले भारत सरकारले प्रदान गर्ने ३००० भन्दा बढी छात्रवृत्तिको फाइदा लिन, आफ्नो देशको विकासमा योगदान पु¥याउन र भारत–नेपाल साझेदारीलाइ थप मजबुत बनाउन नेपाली विद्यार्थीहरुलाई प्रोत्साहन समेत गर्नुभएको थियो ।
नेपालमा भुकम्प पछिको पुर्ननिर्माण सहायता कार्यक्रम अन्तर्गत गोरखा र नुवाकोट जिल्लामा ४६,५०० भन्दा बढी घर लाभग्राहीहरुलाई हस्तान्तरण गरी भारत सरकारले आवास क्षेत्रमा गरेको प्रतिबद्धतालाई पूरा गरेको हो । यसका साथै ५० मिलियन अमेरिकी डलर अनुदानमा नेपालका १० जिल्लामा १४७ वटा स्वास्थ्य चौकी, अस्पताल र थप ५० मिलियन अमेरिकी डलर अनुदान सहयोगमा ८ जिल्लामा २८वटा साँस्कृतिक सम्पदा स्थलहरुको पुर्ननिर्माणका लागि भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ भारतीय विदेश सचिव सृगलाले स्वदेश फर्कनु भन्दा अगाडि मनाङ्ग जिल्लाको श्रीखर्क गाउँ पालिकामा निर्मित टाशोप (तारे) गोम्पा गुम्बाको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो । सो ग्ुम्बाको निर्माण दुई देश बीचको विविध द्विपक्षीय विकास एवम् साँस्कृतिक सहकार्यको घोतकको रुपमा रहेको छ । उद्घाटन समारोहमा नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल बौद्ध महासंघका अध्यक्ष रेम आचार्य लामा नोर्व शेर्पा लगायत खाङ्गसार सेवा समितिका प्रतिनिधिको सहभागिता रहेको थियो । सचिव कोइरालाले मनाङ्ग जिल्लामा प्राचीन गुम्बाको पुनस्र्थापना र हिमाली भेगका बौद्ध सम्प्रदायलाई संरक्षणका लागि सहयोग गर्न भारत सरकारले खेलेको भूमिकाको सह्राना गर्नुभएको थियो । खाङ्गसार गाउँका स्थानीय र सम्बन्धित निकायको अनुरोधमा भारत सरकारको अनुदानमा उच्च प्रभाव सामुदाय विकास परियोजना अन्तर्गत उक्त गुम्बाको पुर्नस्थापना गरिएको हो ।
