नियमित भ्रमणका क्रममा भारतीय विदेश सचिव हर्षबर्धन सृगला नेपाल आउदै उच्चस्तरीय भेटघाटसगै विस्तृत द्विपक्षीय सहयोग सम्बन्धमा सचिव सृगलाले छलफल गर्ने

धरान÷नेपालका परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणमा भारतीय विदेश सचिव हर्ष बर्धन सृगलाले विहीबार र शुक्रबार नेपालको दुई दिने औपचारिक भ्रमण गर्नु हुने भएको छ ।
पछिल्लो केही समय यता नेपाल र भारतबीच देखिएको कुटनीतिक तहको संवादहीनतालाई यस भन्दा अगाडि भारतका रिसर्च एण्ड एनालाइसिस विंसका प्रमुख सामन्त कुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द
नरवणेको भ्रमणले चिर्ने काम गरेको थियो भने विदेश सचिव सृगलाको भ्रमणले त्यसलाई थप सुदृढ बनाउने ेदेखिएको छ ।
भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ती प्रकाशित गरी सृगलाको नेपालको दुई दिने औपचारिक भ्रमण हुन लागेको जनाएको थियो । विदेश सचिवको जिम्मेवारी सम्हालेपछि सृगलाको पहिलो भ्रमण भएको जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ भ्रमण दुई देश बीचमा रहेको नियमित र उच्च स्तरीय आदान प्रदान हो । भारतीय विदेश मन्त्रालयले दिल्लीबाट जारी गरेको विज्ञप्तीमा भनिएको छ भारतले नेपालसँगको सम्बन्धलाई सदैव उच्च प्राथमिकतामा राखेको र भ्रमण उच्च स्तरीय आदान प्रदानको नियमितता मात्र हो । कार्तिक २५ गते नै भारतका सञ्चारमाध्यमहरुले सृगलाको दुई दिने नेपाल भ्रमण हुन लागेको समाचार प्रकाशित गरेका थिए । उनीहरुले विगत केही समय यता नेपाल भारत बीचको कुटनीतिक तहमा देखिएको संवादहीनताको अवस्थालाई सुधार्न पनि सृगलाको भ्रमणले महत्वपूर्ण कदम चाल्ने उल्लेख गरेका थिए ।

नेपालको दुई दिने भ्रमणका क्रममा सृगलाले उच्च स्तरीय बैठकमा सहभागी जनाउनु हुने नेपालको परराष्ट्र स्रोतले जनाएको छ । उच्च स्तरीय वैठकको नेपाली पक्षको नेतृत्व नेपालका परराष्ट्र सचिव भरत राज पौड्यालले गर्नुहुने भएको छ भने भारतीय पक्षको नेतृत्व भारतीय विदेश सचिव सृगलाले गर्नुहुने जनाइएको छ । उच्च स्तरीय वैठकमा नेपाल भारत सम्बन्धको विविध पाटोमाथि गहन छलफल हुने, भारतीय लगानीमा नेपालमा सञ्चालित महत्वपूर्ण परियोजनाहरुको बारेमा गहन मूल्यांकन हुने, काठमाण्डौ–रक्सौल रेलमाग लगायतका परियोजनाहरुका बारेमा छलफलको एजेण्डा बनाइएको नेपालको परराष्ट्र स्रोतले जनाएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने आज भन्दा दुई बर्ष अगाडि अर्थात वि.सं. २०७५ साल चैत्रमा नेपाल–भारत परराष्ट्र सचिव स्तरमा भएको बैठकपछि नेपाल र भारतका बीचमा उच्च तहमा बैठक, वार्ता हुन सकेको थिएन । सृगलाको भ्रमणका क्रममा अन्य द्विपक्षीय सहयोग सम्बन्धमा वार्ता हुनुका साथै विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ सम्बन्धी सहयोग सामाग्रीहरु समेत नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र सोतले जनाएको छ ।
सन २०२० जनवरी २९ गते अर्थात वि.सं. २०७७ माघ २८ गतेदेखि भारतीय विदेश सचिवको रुपमा कार्यभार सम्हाल्दै आउनु भएका हर्ष बर्धन सृगलाले यस भन्दा अगाडि अमेरिकाको राजदूत, बंगलदेशको हाइकमिस्नर, थाइलण्डका
राजदूतका साथै फ्रान्स, इजराइल, दक्षिण अफ्रिकामा समेत कुटनीतिक तहमा रहेर काम गरिसक्नु भएको छ । नेपाली भाषाको अत्यन्तै राम्रो ज्ञान बटुल्नु भएका सृगला नेपाली स्पष्टसँग लेख्न र बोल्न सक्ने दख्खल राख्नुहुन्छ । नेपालस्थित भारतीय राजदूतावासले समेत एक विज्ञप्ती प्रकाशित गरी सचिव सृगलाको भ्रमणलाई नेपाल र भारतबीचको नियमित उच्च स्तरीय आदान प्रदानको निरन्तरता भएको स्पष्ट गरेको छ । सचिव सृगलाको भ्रमणका क्रममा सचिव स्तरीय बैठक सम्पन्न भएपछि बाउन्ड्री पार्किङ्ग ग्रुप र नेपाल भारत संयुक्त बैठक समेत बस्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया