घनघोर दुःख सागर संसार जान भाई
नगरे घमण्ड कहिले मर्नु छ हामीलाई ।
धरान÷नेपाली साहित्यको श्रीवृद्धिमा कविता, आख्यान, नाटक, निवन्ध लगायत चारै विधामा कलम चलाएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औ जन्म जयन्ति धरानमा वर्तमान विषम परिस्थितिमा समेत मनाइएको छ ।
वि.सं. २०१६ सालमा धरानका साहित्यिक अनुरागीहरुको सक्रियतामा स्थापना भएको लक्ष्मी वाचनालयले देवकोटाको ११२ औं जन्म जयन्ति मनाएको हो । मुनामदन, सुलोचना, सकुन्तला कृतिहरु नेपाली साहित्यमा कालजयी र अद्वितीय मानिन्छन् । वि.सं. १९९६ साल कार्तिक २७ गते लक्ष्मी पूजाका दिन जन्मनु भएका देवकोटाको जन्म जयन्ति विगतका बर्षरुमा भव्यताका साथ विविध कार्यक्रम सहित सम्पन्न गरिने भएपनि यस पटक कोरोना महामारीका कारण औपचारिकतामै सीमित भएको थियो ।

लक्ष्मी वाचनालयको आयोजनामा सम्पन्न धरानका प्राध्यापक, साहित्यकार, लेखक, कवि तथा कवियत्रीहरुले धरान लक्ष्मीचौकस्थित देवकोटाको प्रतिमामा माल्यार्पण गरेका थिए । सो अवसरमा देवकोटाको विविध पक्षको बारेमा चर्चा गर्दै कवि तथा राजनीज्ञि भिष्म काफ्लेले भन्नुभयो देवकोटाका जीवनका विविधि पाटोहरुलाई केलाउनै मुस्किल हुन्छ । वहु प्रभिताका धनी देवकोटा वि.सं. २०१० सालमा दार्जिलिङ्गमा भएको साहित्यिक सम्मेलनमा जाँदा खानामा मासु पनि खानु भएछ । आयोजकमध्येका एकजनाले सोधेछन् तपाईले मासु खानुभयो । त्यो मासु के को थाहा छ ? प्रत्यूत्तरमा देवकोटालले सकभर मासु नखाएकै राम्रो खाइसकेपछि के को हो भनेर नसोध्नु । आयोजक रातो पीरो भएछन् । यसैगरी एसियामा भएको एसियाली साहित्यिक सम्मेलनमा देवकोटाले अंग्रेजी र अन्य भाषमा धारा प्रवाह रुपमा साहित्य सम्बन्धी दिनु भएको अभिमतले सहभागी सबैलाई आश्चर्य चकित बनाइदिएको थियो । पछि देवकोटाको प्रतिभाको प्रशंसा गर्दै एसियाको त्यस बेलाको सररकाले उहाँ सम्बन्धी पाँचवटा पुस्तकहरु नै प्रकाशित गरेको थियो ।
यसैगरी प्रा.डा. गोपाल भण्डारीले नेपाली साहित्यमा देवकोटाको योगदानको कसैसँग तुलनै हुन नसक्ने बताउनुभयो । आर्यघाटमा मृत्यु शैøयामा रहँदा देवकोटाले अन्तमा श्रीकृष्ण रहेछन् एक भनेर दिन भएको सन्देशले अध्यात्मले नै मानवको हित गर्ने, अध्यात्मसँग मानिसको अन्तरंग सम्बन्ध रहेको प्रट पार्छ । लक्ष्मी वाचनायलका अध्यक्ष पुष्प ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कवि एवम् साहित्यकार वम देवानले देवकोटाका बारेमा चर्चा गर्देै कविता वाचन गर्नुभएको थियो भने सञ्चालन डा. भवानीशंकर भट्टराईले गर्नुभएको थियो ।
