घण्टाघरबाट हेर्दा

खड्को टरेछ
यस पटक हाम्रा पर्धानमन्तरीको ठूलै ग्रहदशा रा’न । प्रचण्डाउ नामको ग्रहले तिन्लाई दुई तीन महिनादेखि गाँज्या गाँज्यै थियो । पण्डित विष्णु पौड्याल, सुचने आच्या सुभाषचन्द्र नेम्बाङ्गहरुले झारफुक गरेर दश दिनलाई पर सार्दिएका छन् । हुन त हाम्रा पर्धानमन्तरी खप्रओ कुन कामका छन् र ? न स्वास्थीलो ज्यान, न देश बनाउने ध्यान, न शैक्षिक ज्ञान, केवल जनता हँँसाउने उखानै उखान । यस्ता पर्धानमन्त्री भएसी प्रचण्डाउ ग्रहले न गाँज्ने कुरै भएन । विचारा खप्रओ हायलकायलै भए । पर्धानमन्तरी खुस्कने डरले विचरा निन्द्रामा पनि बर्बराउँथे । त्यसमाथि प्रचण्ड ग्रहले १७ बुँदे अभियान नै अगाडि सारेपछि त सानो वित्याँस प¥या थिएन । धन्न पण्डितहरुले खड्को टार्दिया छन् । अस्थायी रुपले नै भएपनि खड्को
टरेसी’ वाल्वाटाराँ खप्रओलाई रामै्र निन्दा लाग्न थाल्या छ रे ।
रेशम फिरिरी या·छी
नेपाली गीत रेशम फिरिरीमा कम्मर मर्काई मर्काई ठुन्का लगाउन सिपालु चिनियाँ राजदूत होउ याङ्गछीको दौडधूप र हस्याङ्ग फस्याङ्गले नेपालाँ राम्रै चर्चा पायो । ठुन्का लगाएर नाच्न पोख्त होलिन भन्या त चीरा पर्न आँट्या नेकपालाई सुपरग्लु दलदाल पारेर ट्याँस्स टाँसिदिन पनि ती माहिरै रैछिन् । हुन त नेक्पा फुट्या भए तिन्लाई ठूलो अपसजस आइलाग्थ्यो । आफनो आफ्नो गरिखाएका पूर्व माउवादी र पूर्व झालेमोलाई एकै ठाममा खडा गर्ने तिनै याङ्गछी नै थिइन् । त्यसका निमित तिन्ले कम्ता पापड बेल्नु परेन, कम्ता अपमान सहनु परेन । तर विचरीले कुनै प्रवाह गरिनन् । घरेलु र जंगली दुवैलाई मिलाएरै छाडिन् त्यत्रो मेहनता गरेर मिलाइएकाहरु ङ्यार्र ङयार्र गर्न थालेसी’ तिन्ले कहिले बाल्वाटारे खप्रओलाई सम्झाइन् कहिले भैसेपाटी पुगेर मन्त्र फुकिन् । यसपटक पनि तिन्लाई कम्ता भनेनन् । कुटनीतिक मर्यादा नाघेर लखर लखर गर्न पाइदैन सम्म भने । आखिरी याङ्गछिन न ठहरिन् ।
पर्तिपक्षीका मुखिया
पतिपक्षी दलका नेता बूढालनिलकण्ठे स्यालबहादुर मुखिया हिजोआज प्रति छाडेर सत्तापक्षीय नेता जस्ता भा’छन् । सत्ता पक्षले गरेका जस्तासुकै नराम्रा काम पनि स्यालबहादुर आँखा चिम्लेर सही जनाउँछन् । सत्ता पक्षले जतिसुकै भ्रष्टाचार गरुन ज्यान गए बोल्दैनन् । वाल्वाटार बेचून कि औषधि खरिदका नाममा लुटून तिनी आँ सम्म गर्दैनन् । आफ्ना कार्जेकर्ताले खप्रओका अरिंगालले चिल्दा नि मुख खोल्दैनन् । सडकमा त सकेनन् सकेनन् संसदमा समेत चाइचुई गर्दैनन् । जे होस् सत्तापक्ष र प्रतिपक्षको मेलको प्रशंसा गर्नैपर्छ । खप्रओले वाल्वाटार बोलाए भने आज्ञाकारी बालक झै टुप्लुक्क पुग्छन् । संसारका कुनैपनि प्रजातान्त्रिक देशमा स्यालबहादुर जस्तो शालिन, भद्र पर्तिपक्षी पाउन दुर्लभ हुन्छ । त्यसैले यदाकदा खप्रओ भन्ने गर्छन् प्रचण्डाउभन्दा देउवा साह«ै असल । कि कसो हौ ?
लखेट्छन् कि क्या हो ?
हिजो आज सडकमा दैनिक जस्तो बाक्ला नारा लाग्न थाल्या छन् । राजा आउ देश बचाउँ । भ्रष्टहरुलाई पाता कस । तिन्ले लुटेको सम्पत्ति राष्ट्रियकरण गर । पहिला पहिला दुई चार जनाले छिटपुट लगाउने नारा अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लाग्न थाल्या छ । ढुंगा हानेर ल्याइएको गनतन्त्र ढुंगा हानेरै लखेट्ने छनक देखिन थाल्या छ । सडकमा नारा लगाउनेहरु युवा पुस्ताका छन् । बाह्र चौक बर्ष अगाडि गनतन्त्र ल्याउन मालिकको आदेशमा हिजोका टकनटाँक अहिलेको साहु महाजन नेता भनाउँदाहरुले कम्ता उत्पात मच्चाएका थिएनन् । पम्फादेवीको सम्पत्ति स्विजरल्याण्डबाट ल्याएर सबलाई धनी बनाइदिने, गनतन्त्र आएसी सुनको बर्ष गरिदिने आश्वासन बाँड्या थिए । अहिले आएर गनतन्त्र जनतालाई भालुको कन्पट भएको छ । संसार लुटेको अँग्रेजले समेत लुट्न नसकेको देशलाई हात्तीछाप पड्काएर काठमाण्डौ छिरेकाले मिलीजुली सधै टुलुटुलु हेर्ने कुरा पनि भएन क्यारे ?
मानव नभएका नरबा“दर
कमाउनिस्ट लेखक भनेर चिनिएका संग्रौला थरका एक जना लेखकले अस्तिका दिन एउटा लेख लेखेछन् । उन्ले देशाँ राजा चाहिन्छ भने जतिलाई गम्भीर आरोप लगाएछन् । राजा चाहिन्छ भन्नेहरु नरबाँदर हुन् रे, मानव बन्न नसकेकाहरु हुन रे । घण्टाघरलाई तिन्को गिदीको विचार देखेर दया लाग्नु स्वभाविकै हो । गनतन्त्रमा कसैले फलानो चाहिन्छ, फलानो चाहिँदैन भनेर बोल्नै नपाइने भए काइते गनतन्त्र केका लागि । हुन त ती संग्रौला थरको अनुहार हेर्दा अण्डामै बिग्रिएजस्तो नरबाँदरकै जस्तो देखिन्छ । ती हिजो न मनुवा हुन सक्या थेनन् । अहिले पनि मनुवा हुन सक्या छैनन् । भविष्यमा पनि मनुवा होलान भन्ने आशा छैन । कहिले ती जंगलीको मलद्वारलाई हरिद्वार देखेर पुराण वाचन गरेर भट्याउथे, कहिले हालका वाल्वाटारेको स्तुती गान गरेर थाक्दैनन् थिए । हिजो आज दुवैतिर बाट जोर लात्ती बजारिएछ कि क्या हो । कागले धेरै बाठो हुँदा विष्टा खान्छ भन्ने हो कि क्या हो ?
यस्तै हो देशा“
अस्तिका दिन एक जनाले साह«ै गतिलो गफ गरे । आखिरी गणतत्रमा सरकारदेखि जनतासम्मले गर्नै भन्या गफै त हो । देशाँ यतिबेला कोरोनाले सबैलाई हायल कायल बनाएको छ, कोरोनाले जनतालाई गाँज्दा अस्पतालमा न भेन्टिलेर हुन्छ न विरामी पसार्ने शैøया हुन्छ । माने भेन्टिलेटर र शैøयाको अभावमा जनता मर्ने देशलाई नेपाल भनिन्छ । जनता मारेर आफ्ना नन्दी, भृंगी, अरिंगाल पोस्नेलाई नेकपा भनिन्छ । नेकपाका झल्ला भलुले सर्प पाल्न राज्ये कोषबाट ७२
करोड चप्काएछन् । उन्ले ७२ करोडको भेन्टिलेटर किनेर जनता बचाउँ भन्न सकेनन् । यस्ता नेतालाई साम्यवादी नेता भनिन्छ । कुर्सी बचाउनलाई राष्ट्रको ढुकुटी सक्ने गफाडीलाई केपी ओली भनिन्छ । क्या गज्जब छ । यस्ता
बीरगाथाले यतिबेला इतिहास भरिभराउ हुन थाल्या छ । वाल्वाटार बेच्नेलाई ढुकुटीको तालाचाबी द्या छ । नेकपाको राष्ट्रपतिलाीई सबैले मान्दिनु प¥या
छ । यस्तै हो हाम्रो गणतन्त्रे देशाँ । कि कसो हौ ?
पि“धमा पुल्ठो झेसेछन्
नेकपा भित्रको केन्द्रमा भएको कुस्तिको रिहर्षल अब गाउँ गाउँमा पुगेछ । नेपाली जन्ताले अब नेकपाभित्रको कुस्तीको मज्जा आफ्नै गाउँमा बसी बसी हेर्न पाउने भएका छन् । केन्द्रमा दुई अध्येक्षे भिड्दा भिड्दा थाकेर दश दिनको आराममा बसेपछि यसको निरन्तरता गाउँ गाउँमा भएको छ । अस्तिका दिन आफ्नै घर आफ्नै निर्वाचन क्षेत्र पुगेका नेकपाका स्थायी कमिटी सदस्य, पूर्व अरथ मन्तरीको पिँधमा आफ्नै कार्जेकर्ताले पुल्ठोे झोसेर लघारेछन् । आफनै कार्जेकर्ताले पिँधमा पुल्ठो झोसेपछि सुरेन्द्र पाण्डे हार गुहार गर्दै लापत्ता भएछन् । पाण्डेको पिँधमा पुल्ठो झोस्दा स्थानीयले ख्याल रमाइलो मानेनन् । यस्ता रमाइला गतिविधि हुनै पथ्र्यौ । चितौनका खप्रओका अरिगालहरुले आफ्नैबाट शुरु गरेका छन् । आफ्नाले पुल्ठो झोसेकाले सबै तै तूप मै चूप छन् । अरुले त्यसरी झोस्द्या भए अहिलेसम्म उत्पातै हुन्थ्यो । सडकमा टायर बलिन्थे, रेलिङ्ग भाचिन्थे, गगनभेदी नारा लाग्थे । धन्न आफ्नैले झोसेकाले कुनै उत्पात हुन पा’छैन ।
अन्तेमा
आची गर्नेलाई भन्दा देख्नेलाई लाज भनेर हाम्रा बाउ बाजेले त्यसै भन्या होइनन् । सत्तामा बसेर माखो मार्न नसकेसी’ हिजो आज कमाउनिस्टका मन्तरीहरु जताततै आँची गर्न थाल्या छन् । अस्तिका दिन पर्यटन तथा नागरिक उड्यान मन्तरी योगेश भट्टराईले पूर्व राजाको दरबाराँ गएर राम्रैसँग आँची गरेछन् । माने पूर्व स्व. राजा वीरेन्द्र शाहको श्री निवास सर्वसाधारणलाई हेर्न खुल्ला गरिएको भन्दै उद्घाटन गरेछन् । श्रीनिवासको उद्घाटन गर्नुपर्ने आवश्यकता नै थिएन । नयाँ बन्या हो र उद्घाटन गर्नु ? फेरि कमाउनिस्टका मन्तरीहरु विचरा काम नपाएर बरालिएका छन् । कहिले कमाउनिस्टकी राष्ट्रपति रानी पोखरीको उद्घाटन गर्न पुग्छिन् । रानी पोखरी अहिले कमाउनिस्टले बनाएका हुन् र ? अरुले बनाएको
संरचना उद्घाटन गरेर किन जोकर भा’ होलान् ? हुन त आफूले बनाउन नसकेसी’ अरुले बनाएकै संरचना उद्घाटन गरेर फुई लडाउनु परेन
त ? कि कसो हौ ?

तपाईको प्रतिक्रिया