धरान, २९ मंसिर प्रत्येक वर्ष तिहारमा छिमेकी मुलक भारतबाट आयातीत फुलले नेपाली बजार पिट्दै आएको थियो । कोरोनाको कहरका कारण यस वर्ष भारतबाट फुल आयात ठप्प हुँदा नेपाली बजारमा स्वदेशमै उत्पादीत फुलले बजार पाएको छ ।
गत वर्ष छिमेकी मुलुक भारतबाट सुनसरीको धरानस्थित कृषि उपर बजारमा १ सय मेट्रिकटन फुल भित्रिएको थियो । तर, यस वर्ष भने कृषि बजारमा भारतीय फुल भित्रिएन । कोरोना कहरका कारण आयात ठप्प हुँदा भारतीय फुल भित्रिन नपाएको हो । कृषि बजारमा स्वदेशी उत्पादीत फुल मात्र भित्रिएको छ । गत वर्ष स्वदेशी फुलले मुल्य नपाउँदा कृषक तथा व्यापारीहरुले निराश बन्दै फुल फालेका थिए । गत वर्ष सयपत्री फुल खुद्रा मुल्य प्रति मुठ्ठा बढीमा १० रुपैयाँले बिक्री भएको थियो । तर, यस वर्ष सयपत्री फुलको मुल्य ह्वत्तै बढेर खुद्रा मुल्य प्रति मुठ्ठा ८० देखी ९० रुपैयाँसम्म कारोबार हुदै छ । कृषि बजारमा विहानै फुलको खरिद गर्नेको भिड लागेको थियो । आफुले उत्पादन गरेको फुलले सोचे भन्दा बढी मुल्य पाएको सागुरीगढी ६ धनकुटाका कृषक दानबहादुर मगर बताउछन् ।


उनले भने ‘ तिहार ढिलो भएका कारण फूल बोटमै सुक्यो, जति बेच्न पाइयो त्यसले भनेभन्दा राम्रो मूल्य पाए“ ।’
कोरोनाका कारण कमाई नभएको र तिहारमा फूल समेत महंगो बन्दा उपभोक्ता भने मारमा परेका छन् । धरान १३ की सीता मगरले गत बर्षको भन्दा यस बर्ष फूलमो मुल्य दोब्बर तेब्बर भएको बताइन् । उनले भनिन्– पोहोर यही फूल १० रुपैया मुठा पनि फाली फाली पाइन्थ्यो, यस बर्ष ८० रुपैया हालेर किन्नुप¥यो ।’
यता कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम कटुवालले पनि उपभोक्तालाई मार परे पनि कृषकले भने भनेजस्तो मूल्य पाएको बताउछन् । उनले भने–‘गत वर्षको तुलनामा यस वर्ष स्वदेशी फुलले राम्रो मुल्य पाएको छ, कृषकले सोचेभन्दा राम्रो मूल्य पाएका छन् ।’
कृषि उपज बजारमा गत वर्ष तिहारमा ३ सय मेट्रिकटन अर्थात ५ करोड बराबरको फूलको कारोबार भएको थियो । तर, यस वर्ष करिब ७ सय मेट्रिक टन बढी फूलको कारोबार हुने अनुमान गरिएको छ । धरानमा धनकुटा, तेह्रथुम, भोजपुर, सखुवासभा र मोरङ्गको उत्तरी क्षेत्रबाट फुल भित्रिने गरेको छ ।




