अद्धितीय र अनुकरणीय सम्बन्ध रहेको भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको गत हप्ता अर्थात कार्तिक १९, २० र २१ गते भएको तीनदिने औपचारिक भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाइ थप मजबुत बनाएको छ ।
खोक्रो राष्ट्रवादको पगरी गुथेर आत्मरतिमा रमाउने केही भजनमण्डलीहरुले भारतीय सेनाध्यक्ष जनरल नरवणेको भमणलाई लिएर अनेकौ टीका टिप्पणी,सामाजिक सञ्जालमा गरिएका फगत कोरा विरोधले कुनै अर्थ भने राख्दैन । यसरी विरोध गर्नेहरुको दिनचर्या यसैगरी वित्छ । राज्यले समेत जनरल नरवणेको भमणलाई उच्च महत्व दिएको, आम नागरकहरुले समेत उहाँको भ्रमणलाई आपसी भाइचाराको रुपमा लिएको अवस्थामा उत्तरका निकट रहेका र उत्तरलाई खुशी बनाउन गरिएको त्यस्ता विरोध र विरोध गर्नेहरु आफैमा न सामाजिक, न राजनैतिक हैसियत भएका हुन् । उनीहरु कहिले एमसिसीको विरोधमा सडकमा चिच्याउँछन्, कहिले कस्को विरोधमा सडकमा उत्रन्छन् ।
जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको सबैभन्दा सकारात्मक पाटो भनेको दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउनु नै थियो । यो मानेमा उहाँको भ्रमण फलदायी र सफल भएको छ तीनदिने बसाइको क्रममा नेपाल र भारतका सेनाध्यक्षले परम्परागत रुपमा एक अर्का देशको महारथीको दर्जा ग्रहणको निरन्तता थियो । अर्थात दुई बर्ष अगडि नेपालका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले भारतको दिल्ली पुगेर मानार्थ भारतीय सेनाध्यक्षको दर्जा ग्रहण गर्नुभएको थियो भने भारतीय स्थल सेनाध्यक्ष नरवणेले नेपालमा आएर नेपाली सेनाको महारथीको दर्जा ग्रहण गर्नुभयो ।
दुई देशका सेनाको यो नियमति प्रक्रिया हो । उहाँको भ्रमणले एउटा परम्परा धान्ने काम मात्र गरेको छैन अपितु यसले विगत केही समयदेखि स–साना कुरामा सरकार सरकारबीच रहेको सामान्य भतभेदलाई समेत निम्ट्याउन कार्य गरेको छ । यस भन्दा अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर आउनु भएका रिसर्च एनलाइसिस विंसका प्रमुख सामान्त गोयलको भ्रमणले समेत दुई देशबीचको सम्बन्ध सुधारमा कोशे ढुंगाको काम गरेको थियो जसरी भारतले आफ्ना दूतहरु नेपाल पठाएर सम्बन्ध सुधारका यथेस्ट प्रयत्नहरु गर्दै आएको छ त्यो पहल नेपालका तर्फबाट पनि हुनुपर्छ । यसो भएमा सम्बन्ध नयाँ उचाइमा पुग्ने, त्यसले नयाँ आकार लिने निश्चित छ ।
जनरल मनोज मुकुन्द नरवणेले तीनदिन नेपाल बसाइका क्रममा सैनिक मञ्चमा वीर सेनाहरुको स्मारकमा माल्यार्पण गर्दे श्रद्धासुमन अर्पण गर्नु, नेपाली सेनाका लागि अत्याधुनिक एम्बुलेन्स उपचार स्वरुप पदान गर्नु, नेपाली सेनाको मुख्यालयमा रथी र बलाधिकृतहरुसँगको भेटघाट, शिवपुरीमा रहेका नेपाली सनोको तालिम केन्द्रको निरीक्षण र प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीसँगको सोहाद्र्धपूर्ण भेटघाट मुख्य रहेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले नरवणेसँग भएको भेटघाटले आपसी सम्बन्ध मजबुत बनाएको, झिनो मसिना समस्याहरु वार्ताकै माध्यमबाट सल्टाउन सकिने अभिव्यक्ति दिनुले पनि नरवणेको भ्रमण आशातित बढी नै फलदायी भएको प्रष्ट गरेको छ । प्रधानसेनापति पूर्णचन्द थापा र भारतीय सेनाध्यक्ष
नरवणेबीच भएको वार्तामा थापाले आफ्नो भूमि अरु कुनैपनि मुलुकको स्वार्थका लागि प्रयोग हुन नदिने, आफ्नो मुलुकको अखण्डता र सार्वभौमिता रक्षाका लागि कसैसँग सम्झौता नगर्ने सन्देश नरवणेलाई दिनुृ भएको थियो । यहाँ स्मरणीय कुरा के छ भने चिनियाँ राजदूतको सत्तासीन नेतृत्वहरुको घरसम्मको पहुँच, कुटनैतिक मर्यादा विपरीतका गतिविधि, कालापानी, लिपुलेक, लिम्पियाधुरामा चिनियाँ पक्षको उक्सहटमा नेपालले नक्सा जारी गरेको भन्ने सर्वत्र चर्चा भएकोप्रति प्रधानसेनापति पूर्णचन्द्र थापाले नरवणेलाई त्यस्ता सन्देश दिनु भएको हो ।
