धरान÷ विश्वभर कोरोना महामारी बढ्दै जादा लक्षणसहितको कोरोना संक्रमित विरामीहरुको संख्या समेत थपिदै गएका छन् । जति जति संक्रमितको संंंख्या थपिदै गएको त्यति त्यति अस्पतालहरुमा आइसियु र भेन्टिलेटर नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिका वडा नं. १४ ले वडा कार्यालयकै मातहतमा रहको आधारभूत स्वास्थ्य केन्द्रलाई तीन लाख बराबर्को स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
वडाका वडाबासीहरुलाई कोरोनाका कारण कुनै समस्या नहोस् भनेर धरान उपमहागर पालिका वडा नंं १४ वडा कार्यालयले सजग अपनाउदै वडाबासीलाई भैपरी आउदा आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
कोभिडको विरामी बढ्दै जादा अस्पतालमा विरामीले वेड नपाउने र बेड पाइहाले पनि अक्सिजन नपाइने अवस्था सिर्जना भएपछि अस्पतालमा सहज उपचार नहुन्जेलसम्मका लागि प्राथमिक उपचारका रुपमा सहयोग पुगोस् भनेर सर्वसाधारणको सहजको लागि त्यस्ता सामाग्री वडा कार्यालयको आधारभूत स्वास्थ्य केन्द्रमा राखेको वडा कार्यालयले जनाएको छ ।
वडाका स्वास्थ्यकर्मीबाट सञ्चालन गरिने गरी दुईवटा अ्िक्सजन कन्सल्टेन्टर, एउटा नवुलाइजर मेसिन, अक्सिजनको मात्रा चेक गर्ने पल्स अक्सिमेटर, स्ट्रिम गन, माक्स, पिपिइ लगायतका सामाग्री वडाबासीलाई समस्या भएको समयमा तत्काल उपलब्ध गराउन सकिने गरी वडामै राखिएको धरान उपमहानगरपालिकाका वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।
सो सामाग्रीले कोठाको सेनिटाइजरसंगै, संक्रमित विरामीको शरीरको अक्सिजनको मात्रा चेक गर्न, बच्चा तथा वृद्धाहरुलाई चीसोका कारण हुने निमोनियाबाट बचाउन प्रयोग गर्न सहयोग पुग्ने उहाले बताउनुभयो ।
वडाको आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थकर्मी चन्द्रकला राईले अहिले लक्ष्मणसहितको कोरोना संक्रमित विरामी बढ्न थालेसंगै विरामीलाई अक्सिजनका कारण समस्या भोग्नुपर्ने अवस्थाको न्यूनिकरण गर्दै्, वडामै अस्पतालमा हुने प्राथमिक उपचार गराउन यो उपकरणले सहज हुने बताउनुभयो ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै जादा मृत्युदर समेत बढेसंगै वडाले पूर्व तयारी स्वरुप यी सामाग्री वडामै राखेको हो । कोरेना संक्रमणको त्रासमा बाचेका वडाबासीहरु समेत वडाले राखेको उपकरणबाट अहिले ढुक्क छन् । वडामै राखिएका उपकरणले आफूहरुलाई धेरै सहज हुने अपेक्षा समेत राखेका छन् ।
