धरान÷ यस बर्ष दशै विना उत्साह सकिएको छ । नेपालीहरुको दोस्रो चाड तिहार पनि नजिकिदै छ । दशैमा झै तिहारमा समेत सर्वसाधारणमा उत्साह देखिएको छैन ।
चारैतिर अन्यौलता छाएको बेला फूल उत्पादन गर्ने किसानहरुमा समेत अन्यौलतामा नै छन् । अन्यौलता छाएकै कारणले बर्षेनी उत्पादन गरेको फूल विक्री हुने हो वा नहुने हो भन्ने आशंका व्यक्त गर्छन् । बर्षेनी फूल उत्पादन गरेर विक्री गरी गर्जो टार्ने कृषकहरु यसपटक आफूले लगाएको फूल विक्री हुने हो होइन भन्ने चिन्ता रहेकै कारण कतिपय किसानले यस पटक प्रसस्त फूल नै रोपेनन् ।
धरान ५ आपटारका कृषकहरु बर्षेनी तिहारमा समयमा फूल उत्पादन गरेर विक्री गर्ने गर्दथे । तर यसपटक भने कोरोना भाइरस संक्रमण र तिहार ढिलो भएकै कारण कतिपय कृषहरु आफूले उत्पादन गरेको फूल विक्री हुने हो कि भन्ने चिन्तामा छन् कतिपयले यी आशंकाकै कारण प्रसस्त फूल नै रोपेनन् ।
आपटारका फूल कृषक जसकुमार राईले अघिल्ला बर्षहरुका तिहारर्मा १० देखि १२ हजारसम्म फूल विक्री गर्ने गर्नुहुन्थ्यो । फूल विक्री गरेर आएको पैसाले घरको केही गर्जो टथ्र्यो । तर यस पटक कोरोना भाइरसक कारण सर्वसाधारणमा चाडवाडको रौनकता नभएको र तिहार समेत पछाडि परेका कारण तिहारसम्म फूल नरहने हो कि भन्ने कुराले सताएको राई बताउनुहुन्छ ।
कतिपय किसानले यही दोधारकै कारण प्रसस्त फूल लगाएनन् । सोही स्थानकी सरिता राईले विगतका बर्षमा ६ देखि ८ हजार स्म्मको फूल विक्री गर्ने गरेको बताउनुहुन्छ । यसपटक भने कोराना संक्रमणका कारण फूल विक्री हुने वा नहुने दोधार भएकै कारण प्रसस्त फूल नरोपेको बताउनुहुन्छ ।
जसकुमार राइ र सरिता राइकै जस्तो भनाई स्थानीय कृषक मञ्जु खड्काको पनि छ । विश्वमै आतंकित बनाएको कोरोना भाइरसका कारण नेपालमा समेत आतंकित बनाउदा दशैमा सर्वसाधारणमा उमंग नदेखिएको बताउने खड्काले आशंकै आशंकाबीचमा आफूले प्रसस्त फूल नरोपेको बताउनु हुन्छ ।
आपटारमा करिब ५० घर परिवार कृषि पेशामै आश्रित छन् । अन्यबालीसंगै तिहारलाई लक्षित गरी फूल खेति गर्ने गर्दछन् । तर यसटक भने फूल खेतिबाट खासै कमाइ नहुने देखेर सोचेजस्तो फूल उत्पादन नगरेका हुन् ।
तर धरानस्थित कृषि बजार व्यवस्थापन समितिले भने विगतको बर्षभन्दा बढी फूलको कारोबार हुने अनुमान गरेको छ । गत बर्ष तिहारमा ५ करोड बराबरको ३ सय मेट्रिक ट्रन फूलको कारोबार भएको कृषि व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । यस बर्ष भने गत बर्षको भन्दा बढी ७ सय मेट्रिक ट्रन फूलको कारोबार हुने अनुमान बजारले गरेको छ । फूल प्रसस्त फुलेका कारण भारतीय फूलको निर्भर पर्नुनपर्ने व्यवस्थापक भट्टराई बताउनुहुन्छ ।
कोरोनाकै त्रासमा मनाउनुपर्ने तिहारका समयमा उत्साह खासै नदेखिएकैले धरानका कृषकहरुले फूल प्रसस्त उत्पादन नगरे पनि पहाडी क्षेत्रबाट भने फूल प्रसस्त आउने अनुमान कृषि बजारले गरेको छ । यो बजारमा पहाडी क्ष्इोत्र धनकुटा, तेह्रथुम, भोजपुर, सखुवासभाका साथै मोरङ्गका उत्तरी क्षेत्र र सुनसरीमा उत्पादन भएका फूलहरु आउने भट्टराई बताउनुहुन्छ ।
