धरान÷ पूर्वको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा लकडाउन खुलेसंगै पर्यटकको चहलपहल बढ्न थालेको छ ।
लकडाउनले सिथिल बनेको भेडेटारमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् । सरकारले लकडाउन खोलेपछि बाह्य पर्यटक नआएपनि अहिले भेडेटारमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोभिड १९ का कारण लामो समयदेखी आर्थिक मारमा परेका व्यावसायिहरु चहल पहल बढेसंगै पहिले कै स्थितीमा फर्कने आसामा छन् उनीहरु ।
लकडाउनका कारण आन्तरिक तथा बाह्य पर्यटक नआउँदा भेडेटारको व्यावसाय ६ महिना ठप्प जस्तै बन्यो । पर्यटनले नै धानेको भेडेटारमा आन्तरिक पर्यटकको चहल पहल बढ्न थालेको
छ । चहल पहल बढेसंगै विगतमा भोगेको आर्थिक भार कम हुनेमा होटल व्यावसायिहरु आसावादी बनेको होटल व्यवसायी राम ढकाल बताउनुहुन्छ ।
चहलपहल बढेसंगै भेडेटारमा प्रदेश नं. १ बाट सर्वसाधारण भेडेटारको मनोरम दृश्य अवलोकन गर्न पुग्न थालेका छन् । भेडेटारमा पहिलाको जस्तो चहल पहल नबढे पनि लामो समयसम्म घुमफिर गर्न पाउदा अत्यन्तै रमाइलो लागेको विराटनगरका सम्झना बुढाथोकी र राम बराल बताउनुहुन्छ ।
भेडेटारमा चैत्र महिनादेखी चहल पहल बढ्ने गर्छ । यो समय व्यावसयिहरुको लागि आर्थिक उपार्जन गर्ने समय हो । तर, लामो समयसम्म लकडाउन भएपछि व्यावसायीहरुले ठुलो आर्थिक भार ब्याहोर्नु प¥यो । व्यावसायीहरुले ६ महिनाको अवधिमा अर्बों घाटा ब्याहोर्नु परेको होटल एशोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । ठप्प बनेको व्यावसायका कारण धरासायस् बनेका होटल व्यावसायीहरु अब भने तङरिने आशा पलाएर आएको उहाँको भनाई छ ।
भेडेटारमा छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट पर्यटक आउने गर्दथे । कोभिड १९ का कारण अझै पनि त्यहाँबाट पर्यटक आउने वातावरण बनिसकेको छैन । आन्तरिक पर्यटकले नै धानेको भेडेटारमा चहल पहल बढेपछि व्यावसायीहरु उत्साहित बनेका छन् । एशोसिएसनका अनुसार भेडेटारमा साना तथा ठुला गरी करिब १ सय ५० वटा होटलहरु सञ्चालित छन् । रमणिय पर्यटकीय स्थल भेडेटार घुम्न आउने पर्यटकहरुले यहाँका होटलहरु प्राय खचाखच भरिने गर्दथे । अब विगतको पर्खाइमा झिनो आसा बोकेर व्यावसायी लागिरहेको अवस्थामा राज्यले यस्ता पर्यटकीय स्थलहरुलाई व्यावस्थित रुपमा सञ्चालन गर्ने वातावरण मिलाउन आवश्यक छ ।
