गाडी पसल खुले : यात्रु ग्राहक छैनन

धरान÷जहिल्यै भीडभाड हुने धरानको भानुचौक बस स्टेन्डबाट दैनिक २२ वटा सम्म माइक्रो काठमाण्डौका लागि छु्टथे । यही हाराहारीमा रात्री बसपार्क धरान १५ बाट डिलक्स, एसी रात्री सेवाका बसहरु छुट्थे । कोरोनाका कारण सरकारले चैत्र ११ गतेदेखि
गरेको लकडाउनका कारण सञ्चालनमा रोक लगाइएको र असोज १ गतेदेखि स्वास्थ्य सम्बन्धी प्रक्रिया पूरा गरेर सञ्चालन अनुमति दिए पनि यात्रुको अभावमा पुन ः माइक्रो, रात्री बस ग्यारेजतिरै फर्कन थालेका छन् ।
बर्षौदेखि रात्री तथा दिवासेवा सञ्चालन गर्दै आउनु भएका यातयात व्यवसायी हिरा उदास भन्नुुहन्छ यातायात सञ्चालनामा आएका छन् तर यात्रु छैनन् । आठ जना, दश जना यात्रु लिएर काठमाण्डौ जाँदा तेल खर्च समेत उठ्दैन । यात्रुहरुमा मनोवैज्ञानिक असर परेको छ । दशैको बेला भएपनि २५ प्रतिशत भन्दा बढी यात्रुले मात्र यात्रा गर्ने उहाँको अनुमान छ । उहाँ भन्नुहुन्छ सबै माइक्रो र रात्री बस चलेका छैनन् । सप्तकोशी माइक्रो काउन्टर धरानका इन्चार्ज सरोज भुजेल भन्नुहुन्छ, पहिला धरानबाट २२ वटा माइक्रो राजधानी जान्थे भने अहिले मुस्किलले १५ वटा जाने गरेका छन् । १५ सिट क्षमताको माइक्रो मुस्किले ८ जना बोक्ने गरिएको उहाँले सुनाउनुभयो । ८ जना बोक्दा खर्च उठ्छ त भन्ने सवालमा भुजेल भन्नुहुन्छ हाल ५० प्रतिशत भाडा बृद्धि गरेर लिन पाउने भएकोले खर्च उठने उहाँले प्रष्ट पार्नुभयो ।
पसल गर्ने व्यवसायीको हालत पनि यातायात व्यवसायीको भन्दा भिन्नै छैन । धरान ९ स्थित स्लिपवेलका प्रोप्राइटर अशोक डाँगा भन्नुहुन्छ पसल त खोलियो तर ग्राहक छैनन् । दिनभरिमा मुस्किलले ५ जना ग्राहक पनि आउँदैनन् । पाँच महिनादेखि घर भाडा दिन सकिएको छैन । १४ जना स्टाफ छन् । कर्मचारी कटौती गरौ भने यस्तो अवस्थामा उनीहरुले कहाँ जाने ? नगरौ स्टाफ राख्न सक्ने अवस्थै छैन । उहाँ भन्नुहुन्छ मानिसमा कोरानाको एक प्रकारको मनोवैज्ञानिक त्रास छ । दशै आएपनि सर्वसाधारण खुलेर बाहिर निस्कन सकेका छैनन्, डागाको बुझाई छ ।

तपाईको प्रतिक्रिया