भारतद्वारा कोरोना विरुद्ध लड्न दुई हजार भाइल रेमडेसिभिर उपहार प्रदान

राजधानी÷पछिल्लो दिन नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) सक्रमितको संख्यामा बृद्धिसंगै भारतले नेपाल सरकारलाई सो का विरुद्ध लड्न दुई हजार भाइल रेमडेसिभिर उपहार स्वरुप प्रदान गरेको छ ।
भारत सरकारको तर्फबाट मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २ हजार भाइल रेमडेसिभिर औषधि हस्तान्तरण गर्नुभयो ।
कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौति सामाना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधि हस्तान्तरण गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अघि वैसाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायत अत्यावश्यक औषधि, जेष्ठ ४ गते कोभिड १९ टेष्ट किट (आरटी–पिसिआर) र श्रावण २५ गते आइसियु भेन्टिलेटर जस्ता स्वास्थ्य सामाग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरिसकेको छ । निकटतम छिमेकी राष्ट्रको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारतले नेपाल सरकार र नेपाली जनतालाई साथ सहयोग प्रदान गरिरहको छ ।
अक्सिजन थेरपीमा रहोक मध्यमदेखि गम्भीर प्रकृतिका विरामीहरुको उपचारमा सहयोग गरिने रेमडेसिभिर एक प्रभावकारी औंषधि हो । चिकित्सा अध्ययनका अनुसार यो औषधिको प्रयोगले विरामीहरुको अस्पताल बसाई अवधि र रोगबाट निको हुने समयलाई कम गर्न उल्लेखनीय रुपमा सघाउ पु¥याउछ, दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

तपाईको प्रतिक्रिया