प्रेस युनियनले फुडबैंक सञ्चालन गर्दै

धरान÷नेपाली काँग्रेस निकट रहेको सञ्चारकर्मीहरुको संगठन नेपाल प्रेस युनियन सुनसरीले समस्यामा परेका पत्रकाहरुलाई लक्षित गरी फुडबैंक सञ्चालन गर्ने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि नेपालमा निरन्तर लकडाउन जारी रहँदा सञ्चारकर्मीहरु समेत नराम्ररी प्रभावित भएका छन् । अधिकांश सञ्चार गृहहरु बन्द हुन पुगेको, पत्रपत्रिकाहरु नियमित प्रकाशित हुन नसकेको, सञ्चार गृहहरुले सञ्चारकर्मीहरुलाई नियमित पारिश्रमिक उपलब्ध गराउन नसकेको, बेतलबी विदा दिएको र केही सञ्चारकर्मीहरुलाई अवकास समेत दिएको अवस्थामा प्रेस युनियन सुनसरीले फुड बैंक सञ्चालनमा ल्याउन लागेको हो ।
नेपाल प्रेस युनियन सुनसरीको भाद्र ८ गते इटहरीमा बसेको बैठकले राहत संकलन र वितरणको कार्यविधि नै तयार गरेको युनियनका सुनसरी सभापति पवन अधिकारीले बताउनुभयो ।
यसका लागि सुनसरीका अग्रज पत्रकार एवम् प्रेस युनियन सुनसरीका संस्थापक तथा पूर्व अध्यक्ष कृष्ण अधिकारीको संयोकत्वमा एक पाँच सदस्यीय समिति नै बनाइएको सभापति अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो सक्नेले दिने नसक्नेले लाने मान्यता अनुरुप पत्रकारहरुबाटै सकलन गरी पहिलो चरणमा आवश्यक परेका, कोरोना प्रभावितहरुलाई एक महिनाका लागि पुग्ने खाद्यान्न सामाग्री उपलब्ध गराउने छौं । सामान संकलन हिजो मंगलबारबाटै शुरु भएको छ । राहत दिने पत्रकारहरुको नाम सार्वजनिक गर्छो लिनेको नाम सार्वजनिक गर्दैनौं, अध्यक्ष अधिकारीले बताउनुभयो ।
धरान, इटहरी, इनरुवाबाट सञ्चालन समितिमा पत्रकारलाई राखिएको छ जसले गर्दा समस्यामा परेका सञ्चारकर्मीको अवस्था बुझ्न र राहत वितरण गर्न सहज हुने अध्यक्ष अधिकारीले बताउनुभयो । पहिलो चरणमा ५० जना सञ्चारकर्मीहरुलाई राहत वितरण गर्ने लक्ष्य रहेको सुनाउदै उहाँले दोस्रो र तेस्रो चरणमा आफूहरु पनि पर्न सक्ने सम्भावनातर्फ संकेत गर्नुभयो । उहाँले भनुभयो पहिलो चरणमा सञ्चारर्मीबाटै उठाउँदैछौं । व्यापारी तथा अन्य वर्गबाट उठाउँदैनौ । यो अत्यन्तै पारदर्शी रुपमा वितरण गर्ने र नेपालमै युनियनले यस प्रकारको शुरुवात गरेकोे अधिकरीले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया