वानवेल्ट रोडको अवधारण अनुरुप नेपालमा सबैभन्दा बढी चिनियाँ लगानी भित्रिदै ६४ अर्बको लगानीमा झापामा बन्ने नेपाल चीन–फेण्डसिप इण्डष्ट्रियल पार्कको जग्गा अधिग्रहण जारी

धरान÷वान वेल्ट वान रोड (विआरआई) को अवधारणा अनुरुप पछिल्ला दिनमा नेपालमा सबैभन्दा बढी लगानी चीनबाट भित्रिन थालेको उद्योग विभागको तथ्यांकले देखाएको छ ।
उद्योग विभागको तथ्यांक अनुसार आव २०७६÷०७७ मा नेपालमा १० अर्ब लगानी भित्रिएकोमा ९० प्रतिशत लगानी चीनको रहेको देखिएको छ । दश अर्ब मध्ये ९० प्रतिशत अर्थात ९ अर्ब ४९ करोड लगानी प्रतिबद्धता सहित नेपालमा चीनका ६३ वटा उद्योगहरु दर्ता भएको उद्योग विभागको तथ्यांकमा छ ।
चीनले यस भन्दा अगाडि नेपालमा साना तथा मझौला व्यवसाय तथा उद्योगमा लगानी भिœयाउदै आएपनि पछिल्ला दिनमा उसले ठूला उद्योग र ठूला पूर्वाधार आयोजनामा लगानी गर्न थालेको छ । उदाहरणकालागि नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानीमा सञ्चालित होङ्गसि सिमेन्ट, हुवा सिमेन्ट, हाइड्रो पावरहरु, झापाको दकममा निर्माण हुन लागेको नेपाल चीन फ्रेन्डसीप इण्डष्ट्रियल पार्कलाई लिन सकिन्छ ।उद्योग विभागको तथ्यांकलाई हेर्दा चीनले पाँच बर्षको अवधि अर्थात आव् २०७१÷०७२ देखि आव ०७५÷०७६ मा ७७ अर्ब २१ करोड वैदेशिक लगानी नेपालमा भिœयाएको छ । यसले प्रष्ट पार्छ नेपालमा सबैभन्दा बढी लगानी भिœयाउने राष्ट्र चीन भएको छ । चीनको नेपालमा बढ्दो लगानीप्रति यहाँका अर्थविद् तथा विज्ञहरुले उति साह«ो चासो राखेको पाइदैन । कृष्णबहादुर महरा विदेशमन्त्री हुँदा चीन भ्रमणका क्रममा दकमका औद्योगिकपार्क निर्माणको चिनियाँ सरकारसँग सहमति भएको थियो । सोही सम्झौता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाका भूभाग समेटेर औद्योगिक पार्क निर्माणको प्रक्रया अगाडि बढेको हो ।
नेपाल चीन फ्रेन्डसीप इण्डष्ट्रियल पार्कमा चीनले ६४ अर्ब रुपैयाँ लगानी गर्ने गौरादह नगर पालकाकी प्रमुख मेनुका काफ्लेले बताउनुभयो । वि.सं. २०७६ साल भदौ १३ गते लगानी बोर्डले औद्योगिक पार्क निर्माणका लागि लगानी स्विकृत
गरेसँगै पार्कलाई आवश्यक पर्ने जग्गा अधिग्रहण समेत अगाडि बढेको प्रमुख काफ्लेले बताउनुभयो । अधिग्रहणका लागि दमकमा कार्यालय नै खोलिएको, बीच बीचमा केहीले मुआब्जाका विषयलाई लिएर अवरोध गरेपनि हालसम्म औद्योगिक पार्कका लागि १६ सय विघा जग्गा स्वामित्वमा आइसकेको पनि उहाँले बताउनुभयो ।


रतुवा खोला किनारको झण्डै चारसय विघा पहिला नै औद्योगिक पार्कका नाममा कायम गरिसकेको र बाँकी अन्य जग्गा खेतियोग्य र खेति अयोग्य गरी अधिग्रहण गर्दै लगिएको काफ्लेले बताउनुभयो । अधिग्रहणका लागि हाल दोस्रो चरणको प्रक्रिया अगाडि बढेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
उता दमक नगरपालिकका प्रमुख रोमनाथ ओली भन्नुहुन्छ, लकाउन शुरु भएयता औद्योगिक पार्कका सम्पूर्ण काम कार्वाही ठप्प छन् , लकडाउन भन्दा अगाडि चाइनिजहरुको टिम बीच बीचमा अवलोकनका लागि आउने गर्थै । पार्क निर्माणलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा पटक पटक अन्तरक्र्रियाहरु हुने गरेका थिए । तर अहिले सबै काम
रोकिएको छ । जग्गा अधिग्रहणका लागि सरकारले हालसम्म कति रकम उपलब्ध गराइसक्यो त भन्ने सवालमा उहाँले भन्नुभयो ठ्याक्कै अंक त भन्न गाह«ो छ तर दुई अर्ब भन्दा बढी उपलब्ध गराइसकेको हुनुपर्छ । उहाँले भन्नुभयो नेपाल चीन फ्रेन्डसीप इण्डष्ट्रियल पार्क प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्ट हो ।
उद्योग विभागको तथ्यांक हेर्ने हो भने चीनले नेपालमा लगानीको पहिलो प्राथमिकतामा ऊर्जालाइ राखेको देखिन्छ । नेपालमा चीनले ऊर्जाको क्षेत्रमा ४१ अर्ब ४५ करोडको लगानीको प्रतिबद्धता जनाएको छ । चिनियाँ नागरिकहरु पछिल्ला बर्षहरुमा अधिकत्तम भ्रमणमा आउन थालेसँगै पर्यटन क्षेत्रमा पनि उसले २० अर्ब ५० करोड, उत्पादन क्षेत्रमा १२ अर्ब ४८ करोड, सेवा क्षेत्रमा १८ अर्ब, कृषिमा ४ अर्ब ३४ करोडर खनिज क्षेत्रमा ४ अर्ब ९९ करोडको प्रतिबद्धता गरेको छ । वि.सं. २०७१ देखि ०७७ असोज सम्ममा चिनियाँ लगानीकर्ताहरुले १ खर्ब ४ अर्ब लगानीको प्रतिबद्धता गरेको देखिन्छ । चीनको लगानी २०६२÷०६३ साल पछि क्रमिक रुपमा बढ्न थालेको उद्योग विभागको तथांकले देखाएको छ । ०६२÷०६३ भन्दा अगाडि नेपालमा लगानीका झन्झटिला प्रक्रिया, लोड सेडिङ्गको विकराल अवस्था भएकोले लगानी प्रतिबद्धता कम आएको एकथरिको बुझाइ भए पनि अर्काथरिको मत भारतका हरेक गतिविधिलाई निकटबाट बुझ्न समेत उसले लगानीमा बृद्धि गर्दै लगेको हो ।
औद्योगिक पार्क निर्माण स्थल
नेपाल–चीन फ्रेन्डसीप इण्डष्ट्रियल पार्क निर्माण स्थल नेपाल भारत सीमास्थल भन्दा करिब १२ किमी उत्तरमा रहेको छ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार पार्कले तीन वटा स्थानीय तहलाई छुने भएको छ । दमक नगरपालिका वडा नं. १०, कमल गाउँ पालिका वडा नं. ७ र गौरादह नगरपालिका वडा नं. ५ का भूभाग समेटेर पार्क निर्माण हुनेछ । आजभन्दा तीन बर्ष अगाडि अर्थात सन् २०१७ मा चीनबाट आएको एउटा टोलीले पार्क निर्माण स्थलको काम अगाडि बढाएको र यसका लागि २१ सय विघा जग्गा आवश्यक पर्ने पधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
के कस्ता उद्योगहरु रहन्छन्
औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक पार्कमा चीनमा रहेका वहुराष्ट्रिय कम्पनीहरु समेत आउने छन् । उहाँका अनुसार चीनमा भएका सवारी साधन उत्पादन सम्बन्धी उद्योग, मोवाइल फोन, विद्युतीय सामाग्री उत्पादन सम्बन्धी कम्पनी, खाद्यान्न सम्बन्धी कम्पनी लगायत दर्जनौ कम्पनी आउनेछन् ।
औद्योगिक पार्क एक किमी चौडाई र ९ किमी लम्बाइको हुनेछ । औद्योगिक पार्कबाट उत्पादन भएका समान भारतसँगै तेस्रो मुलुक निर्यातको लागि भारतको कोलकत्ता बन्दरगाह प्रयोग गर्न उसले
भारतको भूमिका खोज्ने पनि उनले बताए । अध्यक्ष थापाको कथन छ औद्योगिक पार्क निर्माण गर्न १० बर्षको समायावधि राखिएको, निर्माण सम्पन्न भएपछि ४० बर्ष सम्म चीनले नै सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने सम्झौतमा उल्लेख छ ।
चिनिया कम्पनीसँग सम्झौता
नेपाल सरकारले जमिनमात्र उपलब्ध गराउने र बाँकी सम्पूर्ण खर्च चिनियाँ सरकारले गर्ने गरी झापाको दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कका लागि लगानी बोर्ड र चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलमेन्ट जोन जिङ्गपिङ्ग ज्वाइन्ट कस्ट्रक्सन कम्पनी बीचमा ०७६ असोज १६ गते विहीबार अर्थात सन् २०१९ अक्टोबर ३ तारेखका बीच सम्झौता भएको थियो ।
नेपालमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको उपस्थितिमा सम्झौता भएको थियो । समझदारी अनुसार चीनको ल्हासा इकोनोमिक कम्पनीले ६४ अर्ब खर्च गर्ने सहमति समझदारीमा हस्ताक्षर भएको छ ।
कागजी प्रक्रिया मात्र अगाडि बढ्यो
नेपाल सरकारले औद्योगिक निर्माणकालागि लगानीको अनुमति दिए पनि जग्गा अधिग्रहण, मुआब्जा विवाद र पछिल्लो समय कोरोना भाइरसको संक्रमणले उब्जाएको
परिस्थितिले कामले गति लिन सकेको छैन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ६४ अर्बको लगानी ०७६ साउन १८ गते नै स्विकृत गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय झापाले ०७६ फागुन १४ गते नै सूचना प्रकाशित गरी मुआब्जा माग दाबीको निवेदन आवहान गरेको थियो । औद्यागिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा जग्गा कायम हुनुपर्ने भएकोले यसको प्रक्रिया समेत सँगै अगाडि बढेको छ ।

तपाईको प्रतिक्रिया