बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रगतको अभाव

धरान÷ कोरोना संक्रिमित विरामी समुदाय स्तरमै फैलिएपछि रक्तदान हुन नसक्दा देशभरका अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ ।
कोरोनाको संक्रण बढ्दै जादा कोरोना अस्पतालमा समेत बेड नपाउने अवस्था भएपछि यसको प्रत्यक्ष प्रभाव भने अन्य विरामीलाई पर्ने गरेको छ । कोरोना संक्रमण फैलिने डरले विभिन्न संघ संस्थाले रक्तदान कार्यक्रम नगर्दा अन्य विरामीको विभिन्न प्रकारका शल्यक्रिया समेत प्रभावित हुन थालेका छन् । यो अवस्था धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा समेत रहेको छ ।
धरानका प्रवीण श्रेष्ठ रगत अभावकै ्का्रण दिदीको शल्यक्रिया गर्न ढिलाई भएको बताउनुभयो । डेलिभरि अगाडि नै बढी रगत गएर पेटमै बच्चा खेर गएको उहाको दिदीलाई शल्यक्रिया गर्न ७ पिन्ट चाहिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरको रक्त सञ्चार सेवामा रगत अभाव भएपछि उहाको दिदीलाई शल्यक्रिया गर्न गाहूो भएको हो । अहिले भने साथीभाइहरुसंग सहयोग मागेर बल्ल बल्ल रगत उपलब्ध गराएको र अब भने शल्यक्रिया हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रवीण श्रेष्ठमात्र हैन अहिले प्रतिष्ठानमा उपचारका लागि आएका सबै विरामी रगत अभावमा सहज ढंगबाट उपचार पाउनबाट बञ्चित हुनुपरेको छ । एकातिर मुलुकमा कोरोना माहामारीका समयमा अस्पतालमा सहज उपचार हुन नसक्नु र अर्कोतर्फ रगत अभावले तड्पिनु पर्दा झनै समस्या विरामीले भोग्नु परेको छ ।
कोरोनाको संक्रमण समुदाय स्तरमै बढ्न थालेपछि जोखिम न्यूनिकरणलाई ध्यान दिएर विभिन्न संघ संस्थाले रक्तदान गर्न छाडेपछि रगतको अभाव चुलिएको रक्त सञ्चारा सेवाका इन्चार्ज सुवास सिंहल बताउनुभयो ।
रगत अत्याधिक माग हुन थालेपछि विरामीका आफन्त तथा उज्यालो समाज, तथा युथ फर ब्लडका युवाहरुलाई अनुरोध गरेर समस्या समाधान गर्ने गरेका बताउनुभयो ।
बीपीमा अहिले बी पोजेटिभको थोरै पिन्ट रगत बाहेक ए पोजेटिव, बी पोजेटिव, ए नेगेटिव, एवी पोजेटिव, एवी नेगेगित लगायतका आठ प्रकारका ग्रुप रगत नै अभाव भएको उहाले बताउनुभयो ।
प्रतिष्ठानमा एकिन यति नै रगत आवश्यक भएको तथ्यांक नभए पनि सदरदर दैनिक ४० देखि ५० पिन्ट आवश्यक पर्ने इन्चार्ज सुवास सिंहले बताउनुभयो । उहाले विरामीको समस्यालाई मध्यन नजर गरेर सामाजिक संघ सस्थालाई सामाजिक दूरी कायम गरेर रक्तदान गरेर सहयोग पु¥याउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले यस्तो विषम परिस्थितिमा रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्न आग्रह गर्नुृभएको छ ।
यस्तो विषम परिस्थितिमा अस्पतालहरुले कारोना विरामीलाई प्राथमितामा राखेर उपचार गर्ने गरेका कारण समस्या आएको विरामी तथा विरामीका आफन्तहरु बताउने गर्छन् । कोरोनासंगै अन्य विरामीको उपचारमा समेत सहज बनाउदै रगतका कारण विरामीले अकालमा ज्यान गुमाउन सक्ने परिस्थितिको सिर्जना नहोस् भन्दै सबैलाई यसतर्फ ध्यानाकर्षण समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया