हतियार देखाएर आतंकित बनाउदै हिड्ने तीन युवालाई धरान प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष २९ को सुजन राई, सोही स्थानका बर्ष १९ बर्षीय सुसन राई र २३ बर्षीय मनिष भुजेल रहेका छन् ।
उनीहरुलाई धरान १५ बगरकोट स्थित सेउती खोलाको पुलमा उनीहरुले खुकुरी चक्कु देखाइ धरान ८ का २४ बर्षीय रोसन विश्वकर्मालाई कुटपिट गरेका थिए । उनीहरुलाई धरान फलामेपुल नजिक खुकुरी र चक्कु बोकी सार्बजनिक स्थलमा समेत आतंकित पारिरहेको अवस्थामा प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । प्रक्राउ परेका उनीहरुलाई अ अभद्र ब्यवहार मुद्धामा म्याद थप गरी अनुसन्धान भै रहेको उहाले जानकारी दिनुभयो ।
