भारतद्वारा नेपाली सेनालाई दश वटा आइसियु भेन्टिलेटर उपहार प्रदान

राजधानी÷विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले पछिल्लो समय नेपाललाई समेत उच्च जोखिमको अवस्थामा पु¥याएको छ । कोभिड १९ का विरुद्धमा लड्न सहयोग पुगोस् भन्ने उद्देश्यले भारतीय सेनाले नेपाली सेनालाई आइतबार दशवटा भेन्टिलेट प्रदान गरेको छ ।
उपहार स्वरुप प्रदान गरिएका ती भेन्टिलेटरहरु नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले सुकिर्तिमय राष्ट्रदिपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुसोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जंगी अड्डाामा आयोजित कार्यक्रममा प्रदान गर्नुभएको हो ।
एड्भान्स इन्भेसिभ तथा नन इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि ती भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । ती भेन्टिलेटरहरु अस्पतालका आइसियिु, वहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसियु कक्षमा विरामीको हेरचाहका लागि प्रयाृेग गर्न सकिने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यसका अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने विरामीहरु ओसार पसारमा ती भेन्टिलेरहरु सहज र उपयोगी हुनेछन् ।
मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीका रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग प्रदान गर्दै आएको छ । दुई दशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । भेन्टिलेटर हस्तान्तरणका क्रममा भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ विरुद्धको लडाईमा विजयी प्राप्तिका लागि नेपाली जनतालाई सबै प्रकारको आवश्यक सहयोग पु¥याउन भारत सरकार प्रतिबद्ध रहेको जनाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया