बराहक्षेत्र नगरपालिकामा सर्पको औषधि उद्योग बन्दै, निर्माण कार्य अन्तिम चरणमा

धरान÷ गर्मी मौसमसंगै नेपालमा सर्पदंशका विरामी बढ्ने गरेका छन् ।
नेपालमा प्रत्येक वर्ष २० हजार भन्दा बढीलाई सर्पले डस्ने गरेको सरकारी तथ्यांकमा पाइएको छरु। तथ्यांक अनुसार देशभर बर्सेनी करिब ५ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । यसैलाई मध्यनजर गरी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ बेलाहा हर्दियामा एन्टिस्नेक भेनम सिरम एण्ड म्यानु फ्याचरिङ उद्योग स्थापना गर्ने उद्देश्य अनुरुप उद्योगको भौतिक
संरचना निर्माण भइरहेको छ । कही कतैबाट बाधा नभए दुई बर्ष भित्रमै औषधि उत्पादन गरेर बजारमा विक्री वितरण गरिने बताइएको छ ।
सर्पको डसाइबाट सर्वसाधारणलाई बचाउन प्रयोग गरिने एन्टिस्नेक भेनम सिरम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ उद्योगले सर्पदंशविरुद्ध एन्टी भेनम नामक औषधि बराहक्षेत्रको बेलाहा हर्दियाबाट चाडै उत्पादन गर्ने तयारीमा छ ।
स्वास्थ्य र उद्योग मन्त्रालयको सिफारिसमा राष्ट्रिय योजना आयोगले ‘राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’ का रूपमा मान्यता दिएको सो उद्योग निर्माण सम्पन्न भई सञ्चालनमा आए नेपालकै पहिलो उद्योग हुने उद्योगका सञ्चालक लक्ष्मीप्रसाद फुयालले दाबी गर्नुभयो । नेपालमो ऐन कानुनमा नतोकेको र विभिन्न बाधा अवरोधका कारण समयमा निर्माण सम्पन्न हुन नसकेको बताउदै कुनै बाधा अड्चन नभए दुई बर्ष भित्रमा औषधि उत्पादन गरेर बजारमा पु¥याउने अध्यक्ष फुयालको भनाई छ ।
स्थापनासंगै उत्पादन गरेर बजार पु¥याउदासम्म ८८ करोड ६३ लाख रुपैया लाग्ने बताउनुभयो । उहाले अहिले नेपालमा औषधि उत्पादन नहुदा भारतबाट वार्षिक ३० हजार भायल एन्टी भेनम खरीद गरेर ल्याउनुपर्ने अवस्था भएको उहाले बताउनुभयो ।
उद्योग सञ्चालनमा आएमा औषधि अभावका कारण अनाहकमा सर्वसाधारणले ज्यान गुमाउनु नपर्ने त छदैछ चार सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । अध्यक्ष फुयालले वार्षिक १५ लाख भाइल ‘एन्टिस्नेक भेनम
सिरम’ उत्पादन गर्ने उल्लेख यो आयातितभन्दा सस्तो बताउनुभयोे । विदेशबाट ल्याइएको औषधि करिब ११ सय रुपैया प्रतिभाइल पर्छ । स्थानीय उत्पादन करिब ६ सय ५० रुपैयामै उपलब्ध गराइने उद्योगले जनाएको छ ।
प्रा.लिका असिस्टेन्ट फर्मालिष्ट सुजित ढुंगेलले औषधि उत्पादनका लागि सर्प र घोडा पाल्नुपर्ने बताउदै सर्प पाल्न विगतमा सरकारले प्रतिबन्ध लगाएको बताउनुभयो । नेपाल सरकारले यस सम्बन्धी ऐन कानून बनाउने तयारीमा रहेको कारण अब भने औषधि निर्माणमा चाडो बाटो खुल्ने आशा व्यक्त गर्नुभयो ।
सर्पदंशकै कारण बर्षैनी औषधि अभावका कारण उपचार हुन नसकी धेरैको उपचार हुने गरेको छ । नेपालमा सर्पदशं सेवा खुलेको भएपनि औषधिको अभावका कारण धेरै समस्या भोग्नुपरेको छ । यसलाई चाडो भन्दा चाडो सञ्चालनमा ल्याउन सके सर्पदंशका कारण सर्वसाधारणले अनाहकमा ज्यान गुमाउनु नपर्ने एकातिर छ भने अर्कोतर्फ स्वदेशी उत्पादनले विदेशमा समेत बजार पाउने निश्चित छ । अब भने सरकार समेत यसतर्फ गम्भीर हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया