धरान÷ सुनसरीको तरहरादेखि धरान सम्मको सडक ४ लेन बनाउन चारकोसे जङगलका एक हजार ४ सय रुख काटिने भएको छ । धरान–विराटनगर ६ लेन सडक अन्र्तगतको यो परियोजनाको काम सडक विभागले निर्माण कार्य सुरु गरेको छ ।
विराटनगरको जोगवनीदेखि तरहरा सम्म ६ लेन सडक निर्माण गरिदै आएपनि धरान देखि तरहरा सम्मको चारकोजे जङगल क्षेत्रमा भने सडक ४ लेन मात्र निर्माण गरिने भएको छ । चारकोसे जङगल क्षेत्रमा सडक विस्तार गर्नका लागि रुख कटान थालिएको छ । चारकोसे जङगल क्षेत्रमा बढी रुख काट्नु पर्ने भएकाले सकडको मापदण्ड ४ लेन बनाईको सडक आयोजनाका प्रमुख वद्रीप्रसाद शर्माले बताउनुभयो । सडकको वीच भागदेखि दायाँ बायाँ साढे ११ मिटर क्षेत्रफलमा सडक विस्तार गरिने उहाँले बताउनु भयो ।
जोगवनी–धरान ६ लेन सडक निर्माणको काम छ बर्ष अगाडी थालिएको भएपनि सडकले हालसम्म पूर्णता पाउन सकेको छैन् । सुनसरीको दुहबी बजारमा विवादका कारण सडक निर्माणको काम अगाडी बढ्न सकेको छैन । निर्माण गरिएको अधिकांश स्थानमा पनि ६ लेनको मापदण्ड भन्दा कम क्षेत्रफलमा सडक निर्माण गरिदा सडकको सौन्दर्यता विग्रएको छ ।
