घण्टाघरबाट हेर्दा

खप्रओ बालाई मान्नैपर्छ
हाम्रा पर्धानमन्तरी खप्रओ बा औतारिनै हुन कि क्या हो ? सत्य, द्वापर, त्रेता र कलियुगका सबै कुरा फटाफट भन्दिन्छन् । तर वा अलि कपटी गर्छन् । १५–२० बर्ष अगाडि नै भन्नुपर्ने कुरा यतिबेला आएर भन्छन् । हुन त वालाई प्रमाण जुटाउन समय लाग्या होला । राम नेपालको ठोरीमा जन्मेको हो भनेर प्रमाण जुटाउन बाले सफल भएपछि प्वाक्क बोल्दिए । अहिले बाको भनाईले धेरैलाई गलपासो लाग्या छ । विना प्रमाण त हाम्रा पर्धानमन्तरी बोल्दै बोल्दैनन् । अहिले अरुका जन्मकुण्डली केलाउने कार्यमा बा लाग्या छन् रे । कुनबेला बाले महात्मा गान्धी
विराटनगरमा जन्मेको, सुभाषचन्द्र बोस झापामा जन्मेको, मोदी त झन नेपालमै जन्मी हुर्की तराईतिर चिया बेच्दै हिड्या थिए भनेर स–प्रमाण बोल्न बेर छैन । विरगञ्जको ठोरी नै आयोध्या हो भनेर खप्रओ बाले सुँघेरै पत्ता लगाइदिए ।
रावण, हनुमान, श्रीकृष्ण सबै नेपालकै नेपाली थिए भनेर बा गहिरो खोजीमा लाग्या छन् रे । सुनसरीको श्रीलंका टप्पु रावणको राज्य श्रीलंका थियो, हनुमान नगरमा हनुमानको जन्म भएको थियो भनेर कुन दिन बाले कुरा खोल्ने हुन् ।
बेकामे विभाग व्यूताउ“दै पद भनेसी चप्रासीको समेत नछोड्ने स्वभाव भएका बुढानिलकण्ठे स्यालबहादुर काजी फेरि लाँगेसको सभापति हुन धमाधम सकुनीले पासा फालेझै फाल्न थाल्या छन् । हात खुट्टा बस्न लाग्या छन्, बोलीले राम्रोसँग काम गर्दैन, तर नि पद भनेसी ¥याल चुहाउने स्यालबहादुरले नेप्लिज लाँग्रेसको १४ औं महाधिवेशनका प्रतिनिधिलाई आफ्नो पकडमा पार्न अहियै देखि उद्युम मच्चाउन अस्तिका दिन त स्यालबहादुर जेष्ठ नागरिकसभा समेत व्यूताएछन् । जीवनभरि संघर्ष गरेर थाकेका, घरैमा थन्किएकाहरुलाई भटाभट केन्द्रीय सदस्यमा मनोनित गरेपछि विचरालाई फुरुङ्ग भएर स्यालबहादुरकी जय भन्दै जयगान गाउन थाल्या छन् । यसो भएसी चौधौ महधिवेशनमा स्यालबहादुरले जित्ने पक्का जस्तै भएसी तनहुँतिरका ब्राम्हणमा पारो चढ्न थाल्या छन् । त्यसै स्यालबहादुर मौका चौका हान्न तिन्लाई कस्ले भेट्ने ?
ओम्नीस“गको व्यापारिक धन्दा
कोरोनाको कहरले जन्ता भुटभुटिएका छन् तर कोरोनाकै नाममा स्वास्थ्ये मन्तरी भानुभक्त ढकालको व्यापार भने गज्जबले फस्टाएको छ । काकताली परेर स्वास्थ्ये मन्तरी भाका ढकालले ओम्नी ग्रुपसँग मिलेर औषधिको व्यापार थालेछन् । अरबौ घोटला गरेको भन्दै अख्तियारमा उजुरी प¥या छ, लेखा समितिले दोषी ठहर ग¥या छ । तर तिन्लाई अख्तियारमा उजुरी परोस कि लेखाले दोषी देखाओस बाल मतबल छैन । कुनै ठाँगाले नै छुएको छैन । अख्तियारका मुखियाहरु आफन्तै परे, फाइल खोल्ने, असुरेको ओकल्न लगाउने, कारबाही गर्ने काम गर्लान भनेर विश्वासै छैन । त्यसमाथि वाल्वाटारको आर्शीवाद तिनकै थाप्लामा भएपछि वातै खलास । कोरोना जस्ता माहामारी आइदिइरहे हुन्थ्यो भनेर ढकाल बा हिजो आज धुपधुवाँर गरिराख्या होलान् ? कि कसो हौ ?
कोरोना आउने फिक्स टाइम
नेपालका अन्य ठाममा मानिसलाई कोरोनाले जुनसुकै बेला पनि एटाक गर्न सक्छ तर धरानमा भने अन्य ठाउँको जस्तो जतिबेला मन लाग्यो त्यतिबेला एटाक गर्न नसक्ने भएको छ । धरान उपमहानगरपालिकाले अस्तिका दिन यस्तो चाँजोपाँजो मिलाएको हो । नगर पालिकाका मुखियाले सुनसरीका प्रहरी, प्रशासन, डाक्टर, व्यापारी, राजनीतिक गर्ने सबैलाई भेला गरेर धरानमा विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म कोरोना बजार पस्छ त्यसपछि फर्किएर जान्छ । बेलुका पाँच बजेपछिमात्र फेरि बजारमा आउँछ ।
कोरोना आउने समय नै पत्ता लगाएर लकडाउनको निर्णय गरेपछि वातै खलास । मुखियाले त्यत्रो तामझाम गरेर फाइफुई र फुई फुई गरेर काम देखाएका थिए । यसो गोडाचारेक दिन मान्दिया भए नि त इज्जत रहन्थ्यो । निर्नयले सार्थकता पाउथ्यो । त्यत्रा निर्नय गरेको बहादुरी त रहन्थ्यो सब पानीमा छाडेको अपानवायु जस्तै भयो ।
उपिन्दरको बकबक
अस्तिका दिन उपिन्दर जादवले भन्या आउने निर्वाचनमा काँग्रेस र नेकपा मधेशबाट बढारिन्छन् रे । चुनाउमा कस्लाई बढार्ने भन्ने निर्नय त मधेशकै जन्ताले गर्ने हुन् । मधेशमा जन्ता अहिल्यैदखि हातमा कुचो लिएर बस्या छन् । यत्रो बाढी पहिरोले वित्याँस बनायो न मधेशमा न पहाडका जन्ता पीडितको घरमा पुग्या छन्, मधेशीहरुलाई नै उल्लु बनाएर काठमाण्डौ छिरेका उपिन्दर जादव मन्तरी छउन्ज्याल कहिल्यै फर्किएर गएनन् बरु विदेशतिर महिनामा तीन खेप सम्म हान्निए । थोपडा र बोली मिल्दैमा मधेशी जन्ताले यिन्का निधारमा चुनाउनमा ड्याम ड्याम स्वस्तिक बजाउलान भनेर घण्टाघरलाई फुट्टीकौडी विश्वास छैन । पहिला पहिला के के न लछारुला झै गरेर महिनौ सम्म मधेशका जन्तालाई सडकमा उफारे । कैयौलाई शहीद बनाए कैयौलाई अंगभंग बनाए । कसैलाई उपिन्दरले फुट्टीकौडी द्या होइनन् । अहिले नेकपा र काँग्रेसको पत्तासाफ हुन्छ भन्दै कुर्लन थाल्या देख्दा कुरी कुरी लगेर आउँछ ।
चैट बनाउने धम्की
बाघ भन्या बाघ हो । भोको भए नि त्यसले स्यालको जस्तो रुन्चे आवाज निकाल्दैन र कहिल्यै घाँस खादैन भन्थे बूढापाकाहरु तर राजनीतमा कुनै बेलाको बाघ अहिले स्याल भएको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । अब हेरम न उद्योग वाणिज्य तथा आपूर्ति मन्तरी लेखराज भट्टरलाई । यतिबेला उनी लुगलुग काँप्न थाल्या छन् । जनयुद्धको नाममा मान्छेलाई मान्छे नै नगन्ने सिध्याई हाल्ने, अरुको सम्पत्ति लुटपाट गर्ने भट्ट यतिबेला लगलगी काँपेको देख्दा घण्टाघर पनि आश्चर्यमा प¥या छ । एमसिसी पास गर्न सहमति जनाएमा विचरा भट्टलाई सिध्याउने नै धम्की आयो रे । बुरा कामका बुरा नतिजा भन्छन् । यिनीहरुले गर्ने काम राम्रो भए पो जन्ताले फूलमाला लगाइदिन्थे । उधो बगाएर उँभो खोज्न जानुपर्ने व्यहोरा भएपछि धम्की त दिने नै भए । त्यत्रा सुरक्षा घेराभित्र बसेका भट्टलाई लत्तरो कस्ले छुन सक्ने ? कस्ले सिध्याउने धम्की द्या हो भन्ने कुरापनि तिन्ले भन्न सक्या छैनन् । क्या गज्जब छ गाँठे ।
गोफ्लेको हु“कार
हात लागी सक्या ७० करोड समेत पचाउन नसक्दा पदै छोड्न पुगेका पर्धानमन्तरी खप्रओ घरका
हेरालु गोप्ले बास्कोटाले अस्तिका दिन बेइमान गर्न राजनीतिमा आएको होइन भनेर खोकेछन् । बेला बेलामा तिन्ले राम्रै खोक्छन् । विचारलाई ७० करोड थन्क्याउन नपाएकोमा जीवनकै सबैभन्दा ठूलो पछुतो लाग्या होला । त्यसभन्दा अगाडि सट्याक–सुटुकसँग अरबौ थन्क्याउँदा कसैले थाहै पाएनन् । त्यो ७० करोड नै विचराको गलगाँडो भयो । त्यसैले पद गयो, प्रतिष्ठा गयो । हिजो आज त उसले विचारलाई भाउ नै दिन छोडेछन् । हुन त सबै बलेकै आगो थाप्ने त हुन नि । निभेको आगोमा राप भएको ताप्नु ? भन्न पनि कस्तो अलिकति कुरी कुरी नलाग्या होला ? बेइमान बन्न
राजनीतिमा आएको होइन रे । हैन हौ ती कहिले चाहि इमान्दार थिए हँ ?
अन्तेमा
हाम्री राष्ट्रपतिले कोरोना कालमा एक करोडको गलैचा फेरिन, १८ करोडको गाडी फेरिन, पर्धानमन्तरीले ड्याम्मै किड्नी फेरिदिए । बाउरामले थर फेरिदिए । देशको नक्सा फेरियो । विचारा जन्ताले यत्रो महामारीमा एउटा मुखौटो माने मास्क फेर्न सक्या छैनन् । स्थानीय सरकार र प्रदेश सरकारको कामै छैन यताको बजेट उता सा¥यो, उताको बजेट यता सा¥यो अन्तेमा आफ्नै भुँडी भ¥यो ।
कोरोनाको हाउगुजी देखाएर लाखौ लुट मच्चायो । यसैलाई भन्छन् भगवान चाहे तो छप्पर फाडकर देखा है । बाह« बर्षपछि खोलो पनि फर्कन्छ भन्छन् । त्यसबेला भगवानले यिन्का के के फाडेर लिन्छन् पत्तै हुँदैन । फेर अहिल्यै के के फेर्नु छ, कि कसो हौ ?

तपाईको प्रतिक्रिया