सनातन धर्म सेवा समितिले गुरु पूर्णिमा मनायो

धरान÷पौराणिक कालदेखि नै गुरुलाई सम्मान गर्ने प्रचलन छ । पछिल्लो समय गुरुलाई सम्मान गर्ने प्रचलन विस्तारै हराउदै गए पनि एक आद्य स्थानमा भने गुरुपूर्णिमा दिन औपचारिक कार्यक्रम गरेर गुरुलाई सम्मान गर्ने गरिएको छ ।
यसै क्रममा सनातन धर्म सेवा समिति सुनसरीले समेत व्यास जयन्ति तथा गुरु पूर्णिमा दिन औपचारिक कार्यक्रम गरेर गुरुहरुको सम्मान गरेको छ
कार्यक्रम धरान २ गीता मन्दिरमा आइतबार सम्पन्न भएको थियो । सनातन धर्म सेवा समितिका सभापति प्रा.डा. गोपाल प्रसाद भण्डारीको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रदेश नं. १ का प्रमुख डा. गोविन्द सुब्बा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुब्बाले परापूर्व कालमा गुरुलाई जुन हिसाबले सम्मान गरिन्थ्यो अहिले नभएको बताउनुभयो । उहाले अहिले गुरुलाई शिक्षकको रुपमा मात्र हेर्ने गरिएको बताउनुभयो ।
कार्यक्रभमा अधिकांश वक्ताले गुरुमा असल चिन्तन रहेको बताउदै गुरुलाई सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा डा. शंकर भट्टराई, डा. भोला नाथ पोखेल, पिण्डेश्वर क्याम्पसकका पाध्यापक डा. चन्द्र नेपाल लगायतले बोल्नु भएको थियो । उहाहरुले गुरु पथ पदर्शक भएकोले समाज परिवर्तन गर्न गूरुहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष डा. महानन्द तिम्सिनाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया