तलब बृद्धिमा असमनता भएको भन्दै चिकित्सक प्राध्यापक असन्तुष्ट

धरान÷बीपी कोइराला स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत चिकित्सक, प्राध्यापकले आषाढ १५ गते उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले गरेको तलब बृद्धिप्रति असन्तुष्ट जनाएका छन् ।
प्रतिष्ठानको ४३ औं सञ्चालक परिषद्को बैठकबाट प्रतिष्ठानको आन्तरिक स्रोतबाट उपलब्ध गराउन सक्ने भएमा २० प्रतिशत सम्म बृद्धि गर्ने निर्णय गरेको थियो ।
श्रावण १ गतेदेखि लागू हुने गरी बृद्धि गरिएको तलबमा श्रेणीविहीनदेखि सहायक स्तरकसम्मका २० प्रतिशत, अधिकृतदेखि डेपुटी रजिष्ट्रारसम्मको १५ प्रतिशत र सिनियर रेजिडेन्टदेखि पदाधिकारीको १० प्रतिशत मात्र बढाउने निणय उपकुलपति गिरीले गरेपछि चिकित्सक प्राध्यापकहरुले असन्तुष्टि जनाउदै उपकुलपतिलाई भेटेका थिए ।

यसै सम्बन्धमा प्रध्यापक संघका अध्यक्ष विष्णु पोख्रेलको नेतृत्वमा विहान उपकुलपतिलाई भेट्न पुगेका प्राध्यापक, चिकित्सकहरुले ध्यानाकर्षण गरेपछि करेक्सन गर्ने आश्वासन दिएका छन् । अध्यक्ष पोख्रेल भन्नुहुन्छ पाँच बर्षदेखि प्राध्यापकहरुको तलब बृद्धि भएको छैन । सरकारले ७४ प्रतिशत बढाइसक्दा चिकित्सक प्रााध्यापकको पाँच बर्षमा २० प्रतिशत मात्र बढेको छ । उहाँले भन्नुभयो नेपाल सरकारले गत साउनमा १८ देखि २० प्रतिशत बढाउदा हामीले पनि हाम्रो तलब बढ्नु पर्छ भनेर पटक पटक माग गरेका थियौै । सिनेटको बैठकमा समेत हामीले आफनो कुरा राख्यौं । सिनेटले पनि २० प्रतिशत बढाउन सक्ने निर्णय गरेको थियो । तर १५ गते तलब बृद्धि हुँदा चिकित्सक प्राध्यापकको १० प्रतिशतमात्र बृद्धि भयो । त्रुटीपूर्ण भयो भनेर हामीले उपकुलपतिलाई भन्यौ । उहाँले यो विषमा परिस्थितिमा यस्तो निर्णय गरेको हुँ भन्नुभयो । विषम परिस्थिति हामीले पनि बुझेका छांै , पोख्रेलले भन्नुभयो ।
अध्यक्ष पोख्रेलले भन्नुभयो, प्रतिष्ठानलाई कमाइदिने चिकित्सक प्राध्यापक हुन् । भोलि तपाइहरुले भने अनुसार मैले काम गर्दिएको छु काम गर्नु प¥यो भन्न सकिन्छ । डाक्टर प्राध्यापकको मनोबल गिराउनु हुँदैन । हामीले ३०–४० प्रतिशत ट्याक्स तिर्र्छौै । बढेको तलबले ट्याक्स तिर्नु पनि पुगेन भने त्यो बढ्नु र नबढ्नुको औचित्य के हुन्छ ? उहाँले भन्नुभयो हाम्रो मागमा एक घण्टा छलफल भयो । छलफलमा डाइरेक्टर, रेक्टर, कासका पदाधिकारी सबैले करेन्सन गर्न उपकुलपतिलाई सल्लाह दिएका छन् । उपकुलपतिले पुन ः बसेर छलफल गर्ने बताउनु भएको पोख्रेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया