खेलग्रामका लागि प्रदेश नं. १ सरकारले धरानलाई दिएको पाँच करोड रुपैया अयोग्यताका कारण फ्रिज तोकिएको स्थानमा खेल सम्बन्धी संरचना बनाउनु पर्र्नेमा व्यक्तिगत स्वार्थ हाबी भएको प्रष्ट

धरान÷धरानमा खेलग्राम निर्माणका लागि प्रदेश नं. १ सरकारले उपलब्ध गराएको पाँच करोड रुपैया धरान उपमहानगरपालिका नेतृत्वको अकर्मन्यताले खर्च नै नभई फ्रिज भएको छ ।
धरानलाई खेलकुद सिटी बनाउने घोषणा प्रदेश सरकार र नेकपा प्रदेश नं. १ का इन्चार्ज एवम् प्रदेश सांसद भीम आचार्यले गरे मुताबिक खेलग्रामका लागि आचार्यकै पहलमा धरान उपमहानगरपालिका मार्फत काम अगाडि बढाउन आर्थिक बर्ष ०७६÷०७७ मा अर्थात चालु आर्थिक बर्षमा पाँच करोड विनियोजित गरी पठाइएको थियो ।
धरान उपमहानगरपालकाका तत्कालीन नगर प्रमुख तारा सुब्बाको निधन पश्चात कावा मेयरको भूमिकामा रहेकी उपमेयर मञ्जु भण्डारीको अयोग्यता र अकर्मण्यताका कारण रकम फ्रिज भइ काम अगाडि बढ्न नसक्दा ५ करोड रकम फ्रिज भएको प्रदेश इन्चार्ज तथा प्रदेश सांसद भीम आचार्य बताउनुहुन्छ ।

यसै सम्बन्धमा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी आचार्यको कुरासँग सहमति हुनुहुन्न । उहाँ भन्नुहुन्छ प्रदेश मन्त्रालयले हामीले गरेको परिपत्र अनुसार निर्णय गरेर पठाउन नसक्दा चालु आर्थिक बर्षमा खेलग्रामका लागि आएको बजेट फ्रिज भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो म अहिले नगरपालिकाको बजेट मिटिङ्गमा छु यस सम्बन्धमा पछि कुरा गरौला ।

तर सांसद आचार्य भन्नुहुन्छ धरान उपमहानगरपालिकाको तत्कालीन उपप्रमुखको अयोग्यताकै कारण फ्रिजमा गएको हो । योग्य भएका भए काम अगाडि बढ्ने थियो । अघिल्लो बर्ष मेरै पहलमा रकम विनियोजन गरिएको थियो । रकम नगरपालिकामा गए पनि खर्च गरेनन् । भर्खरै मैले फेरि पाँच
करोड विनियोजन गरिदिएको छु र आफै कभर्डहल बनाउन ठेक्का लगाउ भनेको छु । पाँच करोड रुपैया सानो रकम होइन यसबाट ठूलो काम हुन्थ्यो त्यसै फ्रिज भयो हैन त भन्ने सम्बन्धमा सांसद अचार्य भन्नुहुन्छ ठूलो रकम हो । योग्यता नभएपछि, बुद्धि नभएपछि कसरी काम हुन्छ ? यो पैसाचाहिँ कस्को मातहतमा खर्च गरिन्छ त भन्ने सम्बन्धमा आचार्य भन्नुहुन्छ यस भन्दा अगाडि तथा मंसिर भन्दा अगाडि मेयर नभएको अवस्थामा उपमेयरले नै कार्यवाहक मेयरको रुपमा हेर्नुपर्ने हो । उनैले ठेक्का लगाउनुपर्ने हो । तर त्यो काम गरिनन् । योग्यता नभएपछि कसरी काम हुन्छ भन्दै आचार्यले भन्नुभयो धरानको रंगशालामा निर्माण गर्नुपर्ने संरचनाका लागि उपमेयर र केही अन्यको मिलीभगतमा धरान १७ स्थित सप्तरंगी पार्कमा निर्माण गर्ने निर्णय गरी प्रदेश मन्त्रालयमा पत्र पठाएपछि त्यो मन्त्रालयले स्विकृत गर्ने कुरै भएन ।
यता प्रदेश नं.े १ का सभामुख प्रदीपकुमार भण्डारी भन्नुहुन्छ रकम फ्रिज हुनुमा धरानको खेल ग्रामको लागि राम्रो होइन । रंगशालाको जग्गा खेलकुद मन्त्रालयको हो त्यहाँ बनाउनु हुँदैन भनेर बुझ्नेले कस्तो बुझाइ हो भण्डारीले भन्नुभयो । रंगशालामा प्रसस्त जग्गा छ त्यही फुटबल मैदान भएका कारण खेल सम्बन्धी अन्य संरचना बनाउँदा सबै कुरा एकै ठाउँमा हुन्थ्यो । पाँच करोड रुपैयाले काम शुरुवात हुने थियो र निरन्तर प्रदेश सरकारबाट त्यसका लागि रकम विनियोजन भइरहने थियो । खेलग्राममा के कस्ता संरचना निर्माण हुने थिए त भन्ने सवालमा सभामुख भण्डारीले भन्नुभयो, स्वीमिङ पुल, कभडकल, वास्केट बल लगायतका सबै प्रकारका खेलका लागि संरचना बन्ने थियो । तर यो पछाडि धकेलिएकोमा उहाँले खिन्नता प्रकट गर्नुभयो ।

यसैगरी नेकपाका जिल्ला सदस्य एवम् समाजसेवी मिनकुमार सुब्बा भन्नुहुन्छ, वास्तविक भन्दा अप्ठेरो पर्न सक्छ । धरानलाई खेलग्राम बनाउन भीम आचार्यको पहलमा रकम छुट्याइएको हो । रकम छुट्याइएको कुरा आचार्याले मलाई पनि फोन मार्फत जानकारी दिनुभएको थियो । उहाँले धरानको अवस्था कस्तो छ। ग्राउण्ड वा जमिन छ छैन भनेर सोध्नुभयो । मैले पनि रंगशालामा प्रसस्त जमिन छ भनेर जवाफ दिएको थिए । यस सम्बन्धमा थप मैले घनश्याम बुढाथोकीसँग बुझे ।

रंगशालाको प्याराफिटको दक्षिण साइडमा बनाउन उचित हुने देखियो । खेल ग्राम बन्ने भयो भनेर खुशी लागेको थियो । पछि स्मार्ट सिटीको कुरा उठ्न थाल्यो । कसैले पाँचकरोड मैले ल्याएको पैसा भनेर हल्ला गर्ने, अर्कोले पनि त्यसै गर्न थाल्यो । नगरपालिकाले १७ नं. वडामा बनाउनुपर्छ भनेर मुख्यमन्त्रीकोमा डेलिगेसन समेत जाने काम भएछ । यसरी कुरा बाझिदा काम अगाडि बढ्न सकेन । केही साथीहरुको व्यक्तिगत सोचका कारण धरानलाई नोक्सान भएको छ । केही दिन अगाडि एउटा बैठक बसेर अब रंगशालामै काम गर्ने निर्णय भएको छ ।
जिल्ला सदस्य सुब्बा भन्नुहुन्छ
धरानमा खेलग्राम बन्नुपर्छ भनेर भिम आचार्यले पाँच करोड रुपैया छुट्याइदिनु भएको हो । यस भन्दा अगाडि खेलकुद विकास समितिका सदस्य सचिव केशव विष्ट हुँदा पनि रंगशालामा केही काम भएको थियो । खेलसँग सरोकार राख्नेहरुले खेलग्राममा खुशी व्यक्त गरेका थिए । केही साथीहरु म भन्ने अवस्थामा हुनुहुन्छ । हाम्रो पार्टीले गरेको भन्दा पनि मैले गरेको भनेर हिडछन् । त्यही सोचले यहाँ विग्रिएको हो । पार्टीभित्र बसेर मैले गरेको हुँ भनेपछि कहाँबाट काम हुन्छ सुब्बाको कथन छ ।

तपाईको प्रतिक्रिया